नेकपा परित्याग गरी राजमोमा प्रवेश

0
1684

बागलुङ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरी लक्ष्मी घर्ती विक र सन्तोष थापाले राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नु भएको छ । नव प्रवेशीलाई राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले सदस्यता प्रदान गर्दै अबिरले स्वागत गर्नु भएको थियो ।

यसैबीच, २०७५ भाद्र २३ गते राष्ट्रिय जनमोर्चा काठेखोला गाउँपालिका वडा नं. ४ तङ्ग्रामको वडा भेला धारा मावि तङ्ग्राममा सम्पन्न भएको छ । भेलाको उद्घाटन प्रमुख अतिथि तथा राजमो बागलुङका अध्यक्ष अमर थापाले मैनबत्ती बालेर गर्नु भएको थियो । भेला सफलताको शुभकामना दिनेहरुमा अखिल नेपाल युवक सङ्घका पूर्व अध्यक्ष तथा केन्द्रीय सल्लाहकार तिलक थापा, युवक सङ्घका केन्द्रीय उपाध्यक्ष लक्ष्मण पुन, राजमो काठेखोला गाउँपालिकाका सचिव तथा काठेखोला गाउँपालिकाको कार्यपालिका सदस्य टिकासङ्गम विक, राजमो काठेखोला गाउँपालिकाका उपाध्यक्ष पूर्ण बहादुर थापा, अखिल नेपाल महिला सङ्घ काठेखोलाकी अध्यक्ष सीता किसान लगायत रहनु भएको थियो भने युवक सङ्घ काठेखोलाका अध्यक्ष प्रदिप पुन, अखिल नेपाल किसान सङ्घ काठेखोला गाउँपालिकाका अध्यक्ष दिल बहादुर पुन लगायत हुनु हुन्थ्यो ।

विष्णु काडेलको अध्यक्षता, कृष्ण विकको सञ्चालन र उपाध्यक्ष थिर बहादुर रानाको स्वागत मन्तव्यमा सो भेला सम्पन्न भएको थियो ।

सोही भेलाले विष्णु काडेलको अध्यक्षतामा १३ पूर्ण र चार वैकल्पिक गरी १७ सदस्यीय राजमो काठेखोला गाउँपालिका वडा नं. ४ वडा समिति गठन गरेको छ । समितिको उपाध्यमा थिर बहादुर राना, सचिवमा सस बहादुर विक, सहसचिवमा थमन पुन र कोषाध्यक्षमा शशिमाया थापा चयन हुनु भएको छ । सदस्यहरुमा टिका सङ्गम विक, दिल बहादुर पुन, हरिभक्त थापा, कुल प्रसाद छन्त्याल, दिलमाया किसान, पूर्ण बहादुर थापा, कमला पुन, नर बहादुर थापा रहनु भएको छ भने वैकल्पिक सदस्यहरुमा मनु विक, मन बहादुर पुन, दिल बहादुर थापा र कर्ण बहादुर पुन रहनु भएको छ ।

भेलाले अध्यक्ष विष्णु काडेलद्धारा प्रस्तुत सङ्गठनात्मक तथा आगामी कार्यक्रम सम्बन्धी प्रस्तावलाई पारित गर्नुका साथै २०७५ असोज १२ गते तङ्ग्राममा हुन गईरहेको राजमो काठेखोला गाउँपालिकाको प्रथम गाउँ सम्मेलन र मङ्सिर २१ र २२ गते गल्कोट हटियामा सम्पन्न हुन गइरहेको राजमो बागलुङको अखिल (छैठौं) जिल्ला सम्मेलनलाई भव्य रूपमा सम्पन्न गर्न बिभिन्न निर्णय समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here