निर्मला पन्तको हत्यारालाई पक्रन सरकारलाई नै हम्मेहम्मे 

0
282

एसपी दिल्लीराज बिष्ट निलम्बनमा परे

भदौ ९, काठमाडौं । निर्मला पन्तको हत्यारालाई पक्रन सरकारलाई समेत हम्मेहम्मे परेको छ । गत साउन १० गते साथी रोशनी बमको घरमा पढ्न जाँदा निर्मला पन्तको बलात्कार तथा हत्या भएको थियो । यो घटनाको अनुशन्धानमा लापरबाही गरेको आरोपमा गृह मन्त्रालयले एसपी दिल्लीराज बिष्टलाई निलम्बन गरेको बताइएको छ ।
              गृहमन्त्रालयका अनुसार छानबिन अवधिभरका लागि बिष्टलाई निलम्बन गर्ने निर्णय भएको हो । शनिबार गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले सो जानकारी दिएका हुन् । हत्याका मुख्य अभियुक्तलाई उनले जोगाउने प्रयास गरेको आशंकामा एसपी बिष्टलाई दुई दिनअघि कञ्चनपुरबाट हटाइएको थियो ।
                प्रारम्भिक प्रतिवेदनका आधारमा अनुसन्धानमा प्रहरीको गम्भीर लापरबाही रहेको देखिएपछि एसपी बिष्टलाई निलम्बन गरिएको हो । निर्मलाको बलात्कार तथा हत्यामा उनका निकट व्यक्तिको संलग्नताको आशंका गरिएको छ ।
               त्यस्तै डिएसपी ज्ञानबहादुर सेठी र इन्सपेक्टर एकेन्द्र खड्कालाई पनि छानबिनका लागि मुख्यालय बोलाइएको छ । अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली प्रहार गर्दा एक जनाको मृत्यु भएपछि गृह मन्त्रालयमाथि चुनौति थपिएको हो ।
                   प्रहरीले पन्तको बलात्कार तथा हत्या आरोपमा स्थानीय दिलीपसिंह बिष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । तर, घटनामा उनको संलग्नताको प्रमाण दिन सकेको छैन । सो घटनाको छानविनका लागि गृहमन्त्रालयले सहसचिवको नेतृत्वमा जिल्लामा टोली पठाइसकेको छ । सुरुदेखि नै प्रहरीले शंकास्पद व्यवहार देखाएको भन्दै स्थानीय प्रहरीप्रति आक्रोशित भइरहेका छन् ।
               प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा शुक्रबार महेन्द्रनगर, भगतपुरका १४ वर्षीय सन्नी खुनाको मृत्यु भएको थियो । शुक्रबारको घटनामा प्रहरीको गोली र लाठीचार्जबाट २४ जना घाइते भएका थिए । गोली प्रहारप्रति चौतर्फि आलोचना भइरहेको छ ।
गृहमन्त्रालयले शुक्रबार राति नै बिज्ञप्ती जारी गरि सरकारी सम्पत्तिमाथि आक्रमण हुन थालेपछि गोली प्रहार गर्नुपरेको बताएको छ ।
                उच्च स्तरीय छानबिन समितिले काम सुरु गरिसकेकाले घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारवाही गर्नमा सबैलाई सहयोग गर्न अनुरोध गरेको छ ।

प्रहरीले सार्वजनिक गरेको व्यक्ति नक्कली अपराधी भएको आरोप

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here