नारी : जात, वर्ग या उत्पीडित लिड्ड ?

0
271
  • एभलिन रिड
               नारी जातिबीचको बहिनित्व र पुरुषहरुको भातृत्व प्रणालीको मातहत एउटा लिड्डले अर्को लिड्डको र एउटा वर्गले अर्को वर्गको शोषण गर्ने सम्भावना नै थिएन । स्वास्नी मानिसहरुले जीवनका आवश्यकताहरुको उत्पादन गर्ने र नयाँ जीवनको सिर्जना पनि गर्ने भएकोले उनीहरुको भूमिका अग्रगण्य हुन्थ्यो । तर यसले गर्दा उनीहरुबाट पुरुष उत्पीडित हुँदैनथे । उनीहरुको सामूहिक समाजमा लिड्डजन्य, जातिजन्य या वर्गीय तानाशाही रहँदैनथ्यो ।
                  एङ्गेल्सले भन्नुभएजस्तै नीजि पूँजी, एक विवाह, पितृसत्तात्मक परिवार आदिको विकाससँग–सँगै समाज र पारिवारिक सड्डठन दुवैमा नयाँ सामाजिक शक्तिको उदय भयो र यसले समाजमा नारी जातिले पाएको मूलभूत अधिकारलाई ध्वस्त पार्‍यो । जोडा परिवारको सामान्य सहवासबाट एक विवाहको निश्चित तथा वैधानिक प्रणाली जन्मन पुग्यो । यसले स्वास्नी र छोराछोरीमाथि लोग्नेको पूर्ण अधिकार स्थापित गर्‍यो । लोग्नेले परिवार आफ्नो नाममा चलाउने र आश्रितहरुको जीवन र भाग्य निर्धारित गर्न लाग्यो ।
                  एकताका समूहभित्र दिदी–बहिनी जसरी बस्ने, काम गर्ने र सामूहिकरुपमा आफ्ना बालबच्चाको भरणपोषण गर्ने स्वास्नीमानिसहरु अब व्यक्तिको स्वास्नीको रुपमा यत्रतत्र छरिएर घरभित्र रही आफ्ना मालिक प्रभुहरुको सेवा गर्न लागे । नारी–पुरुषबीचको पुरानो समानस्तरीय श्रमविभाजनको साटो स्वास्नीमानिसका निम्ति समय बिताउने श्रमप्रणाली विकसित भएर आयो । यसरी समाजको ‘संरक्षक’ रहेका स्वास्नीमानिसहरुलाई पुरुषको बच्चाको हेरचाह गर्ने र घरको मुख्य नोकर्नीको रुपमा वर्गसमाजले पतित तुल्यायो ।
                   नारीजातिको यो स्तर गिरावट दासकालदेखि सामन्तवाद हुँदै पूँजीवादसम्मका तिनवटै वर्गीय समाजको विशेषता रही आएको छ । स्वास्नीमानिसले सम्पूर्ण समूहको उत्पादनप्रक्रियाको नेतृत्व गरेसम्म या त्यसमा सहभागी भएसम्म उनीहरुको सम्मान एवं आदर थियो । जब उनीहरुलाई छुट्टा–छुट्टै पारिवारिक एकाईको रुपमा सदस्यताच्यूत गरियो र घर तथा परिवारभित्र नोकरको स्थानमा पुर्‍याइयो, उनीहरुको इज्जत, प्रभाव तथा शक्ति सबै गुम्यो ।
                      लिड्डहरुको बीचमा यस्तो आकस्मिक सामाजिक परिवर्तनले जन्माउन पुगेको तीव्र एवं दीर्घकालिन शत्रुतामा अचम्म मान्नुपर्ने कुनै कारण छ त ?  एंगेल्स भन्नुहुन्छ : “इतिहासमा एक विवाहको प्रवेश विवाहको सर्वोच्च ढाँचाको रुपमा त कुरै छाडौं, पुरुष र स्त्रीबीच सहमतिको आधारमा समेत भएको थिएन । यसको ठीक विपरित एउटा लिड्डमाथि अर्कोको उत्पीडनको रुपमा त्यस समयसम्मको इतिहासमा कतै नभएको लिड्ड शत्रुताको घोषणाको रुपमा भएको थियो । इतिहासमा देखिएको पहिलो वर्गशत्रुता एक बिवाहमा स्त्री तथा पुरुषबीच विकास भएको शत्रुताको रुपमा देखापरेको थियो र सबभन्दा पहिलो वर्गीय उत्पीडन पुरुषले नारीमाथि लादेको  उत्पीडन थियो” (परिवार, निजी पूँजी र राज्यको उत्पत्ति)
                       यहाँनेर नीजि पूँजी प्रणालीअन्तर्गतको एक वैवाहिक पारिवारिक जीवनमा नारी जातिमाथि लादिने दमनका दुई स्तरहरुबीचको भिन्नता केलाउनु आवश्यक हुन्छ । औद्योगिक कालपूर्वको खेतीजन्य उत्पादक परिवारमा नारी जातिको स्तर माथिल्लो हुन्थ्यो र आजको हाम्रो शहरी जीवन, पारमाणविक परिवारकालको भन्दा त्यतिबेला उनीहरुको बढी इज्जत हुने गर्दथ्यो ।
                     जबसम्म कृषि र कुटीर उद्योगको अर्थतन्त्रमा प्राधान्य रह्यो, परिवार, जुन ठूलो या ‘विस्तारित’ हुने गर्दथ्यो, सक्षम उत्पादन इकाई रहिरह्यो ।  परिवारभित्रका सबै सदस्यहरुले आफ्नो उमेर र लिड्ड सुहाउँदो काम  महत्वपूर्ण रुपमा गर्दथे । स्वास्नीमानिसहरु जमिनमा खेती गर्न सघाउँथे, घरेलु उद्यम र केटाकेटी हुर्काउने काममा व्यस्त हुन्थे । केटाकेटी र बुढाबुढीहरु पनि आफ्नो क्षमताअनुरुप उत्पादनप्रक्रियामा संलग्न हुन्थे ।
                   औद्योगिक तथा एकाधिकार पूँजीवाद अनि सानो परिवारको अभ्युदयसँग–सँगै यो बदलिए गयो । एकैपटकमा थुप्रै मानिसहरु आफ्नो भूमि तथा कुटीर उद्योगबाट बञ्चित भए र कारखानाका मजदुरहरुमा रुपान्तरित भए । उनीहरुसँग आफ्नो जीविका धान्न पूँजीवादी मालिकहरुको सामुन्ने बच्नको निम्ति आफ्नो श्रमशक्तिबाहेक केही बचेन । यस्ता मजदुरहरुका स्वास्नीहरु आफ्नो पुरानो खेती तथा घरेलु उद्यमसम्बन्धी उत्पादक श्रमबाट बञ्चित हुनाका साथै आफ्नो र बालबच्चाको जीवनयापनका लागि समेत लोग्नेहरुमाथि बढी आश्रित भए । लोग्नेहरु जति जति मालिकहरुमाथि आश्रित हुँदै गए, स्वास्नीहरु त्यत्तिकै लोग्नेमाथि निर्भर रहँदै गए ।
               मात्रात्मकरुपमा हेर्दा स्वास्नीमानिसहरुको आर्थिक आत्मनिर्भरता खोसिंदै गएपछि उनीहरुको सामाजिक मर्यादा पनि घट्यो । वर्गसमाजको शुरुमा उनीहरुलाई सामाजिक उत्पादन र सामाजिक नेतृत्वबाट हटाइयो र घर तथा परिवारको निम्ति लोग्नेमार्फत काम गर्ने खेतीहरु उत्पादक परिवारभित्र सीमित पारियो भने उत्पादक कृषि परिवारको विस्थापन भएर औद्योगिक शहरी जीवनको सानो परिवारको स्थापनापछि नारीजातिबाट ठोस भूमिका खेल्ने आफ्नो अन्तिम आधार पनि खोसियो ।
                      स्वास्नी मानिसका सामु दुई वटा वेकम्मा राखियो । उनीहरुले या त अन्नदाता लोग्ने खोज्नुपर्ने भयो र शहरका साना घर तथा कोठाहरुभित्र कुंजिएर घरबुढी भएर ज्यालामा काम गर्ने ज्यामीको बथान बढाउनुपर्‍यो या सबभन्दा गरीब र सबभन्दा अभागी भएर मिल तथा कारखानाहरुमा आफ्ना छोराछोरीहरुसमेत बहुतै कम ज्यालामा काम गरेर आफ्नो अत्यधिक शोषण गराउनुपर्‍यो ।
                         गएको पुस्ताका महिला ज्यालादारहरुले आफ्नै श्रमिक सङ्घर्ष चलाउनुको साथसाथै पुरुषसँग मिलेर बढी ज्याला तथा उचित सुविधाका निम्ति पनि सङ्घर्ष सञ्चालन गरेका छन् । तर गृहणीको रुपमा रहेका स्वास्नीमानिसहरुसँग त सामाजिक सङ्घर्षको यस्तो कुनै उपाय नै छैन । छोराछोरी र लोग्नेसँग आफ्नो दु:ख कष्टबारे गुनासो या झगडाबाहेक अरु केही गर्न उनीहरु सक्दैनन् । नारीहरुको पूर्ण परनिर्भरता र पुरुषहरुको पूर्ण दासत्वको सँगसँगै लिड्डजन्य प्रतिस्पर्धा तीव्र भएर गयो ।
                 नारी जातिलाई शाब्दिकरुपमा “पुज्यमाता” या कुशल गृहनिर्माता जस्ता ओठे विशेषता गुथाइएतापनि पूँजीवादमा नारी जातिको स्तर सबभन्दा तल खस्न गयो । गृहणीहरुले बजारका निम्ति कुनै वस्तुको उत्पादन पनि नगर्ने र मुनाफाखोरहरुको निम्ति कुनै अतिरिक्त मुनाफा पनि ननिकाल्ने भएकोले पूँजीवादी प्रक्रियाको केन्द्रविन्दुमा उनीहरु परेनन् । यस प्रणालीअन्तर्गत नारी अस्तित्वको सम्भावित कारणहरुमा जम्मा तीनवटा मात्र रहन्छन् : जन्माउने यन्त्रको रुपमा, घरायसी नोकर्नीको रुपमा र परिवारको उपभोक्ता बस्तु खरीदकर्ताको रुपमा ।
                      धनी महिलाहरुले त आफुलाई अल्छी लाग्ने काम गर्न नोकर राख्न सक्छन् । गरीबहरु भने सधैभरी त्यसको मारमा पर्दछन् । उनीहरुको चाकरीको पराकाष्ठा तब पुग्छ, जब परिवार धान्न उनीहरुले अर्काको नोकरी समेत गर्नुपर्दछ । एउटा मात्र नभएर एकैपल्ट दुईवटा जिम्मेवारी बोक्नुपर्दा उनीहरु “दोहोरो शोषण” को मारमा पर्दछन् ।
                  आफ्नो आर्थिक फाइदाका बावजुद पश्चिमी विश्वका मध्यमवर्गीय गृहणीहरुसमेत पूँजीवादको शिकार बनेका छन् । उनीहरुको जीवनको एक्लिएको एकाड्ढी तथा तुच्छ परिस्थितिले जसरी भएपनि “छोराछोरीसँग बाँच्न” प्रक्रियामा पुर्‍याउँछ र यस्तो सम्बन्धले आजका कतिपय परिवारहरुमा जन्मेका विकृतिहरुलाई बढावा दिंदै आएको छ । आफ्नो दिकदारी हटाउन खोज्ने यस्तासँग खेलवाड गर्ने र शिकार बनाउने प्रक्रियामा उपभोग्य बस्तुका मुनाफाखोरहरुलाई मौका मिल्दछ । पुरुषहरुलाई साधनको रुपमा शोषण गर्ने परिपाटिको एक अभिन्न अड्डको रुपमा उपभोक्ताको स्थानमा शोषणप्रक्रिया जन्मेर आउँदछ ।
                     सानो परिवारको प्रशंसाका पूँजीवादी कारणहरु थुप्रै छन् । घरजग्गा खरीद्–विक्री एजेन्टदेखि लुगा धुने पाउडर र सौन्दर्य प्रसाधनका सामान उत्पादकसम्म सबैखाले यातायातको साटो व्यक्तिगत प्रयोगको निम्ति स–साना मोटरहरुको उत्पादन गरिएजस्तै ठूला व्यापारिक संस्थाहरुले व्यक्तिगत लुगा धुने मेसिन रेफ्रेजरेटर र यस्तै अन्य सामानहरुले समेत सम्पन्न भएका स–साना नीजि घरहरु थुप्रै परिवारलाई बेचेर प्रशस्त नाफा कुम्ल्याउन सक्दछन् । थोरै भाडा आउने ठूला र सामूहिक घरहरुको निर्माण र सामुदायिक सेवा र बाल हेरचाहगृहको विकास गर्नुभन्दा यसमा उनीहरुलाई बढी नाफा हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here