नारनौलमा मूल प्रवाहको संगठन विस्तार

0
218

नारनौल, १९ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्यपश्चिमोत्तर क्षेत्रीय समिति द्वारा सञ्चालित नारनौल नगर समिति अन्तर्गत गणेश कालोनी टोल समितिको गठन गरिएको छ । दीपक जिएम र श्याम विकको सकृयता तथा क्षेत्रीय सह सचिव ईश्वरी आचार्य, क्षेत्रीय सदस्य झमन सिंह थापा र नगर अध्यक्ष कौशल बहादुर सोनीको विशेष उपस्थितिमा भारत स्थित नेपालीहरुको समस्या र संगठनको भूमिकाको बारे विस्तृत छलफल पश्चात ए स्थान रिक्त रहने गरी ९ सदस्यीय गणेश कालोनी टोल समिति गठन गरिएको छ । जसमाः अध्यक्ष– दीपक जिएम, सचिव– नवीन पुन, कोषाध्यक्ष– श्याम विक, सदस्यहरुमाः पूरन पुन, खिमन घर्ती, गोवर्धन पुन, अमर पुन र प्रकाश घर्ती रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here