नागपुर, ३ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत नागपुर नगर समितिको छैठौं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलले गर्नुभएको थियो । पौडेलले उद्घाटन मन्तव्यमा प्रबासी नेपालीहरु माथि पर्ने विभिन्न समस्याको समाधान गर्ने संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मात्र रहेको बताउनु भयो । “भारत भरी लोकप्रिय संगठन मूल प्रवाह एकता समाजले श्रमजिवी नेपालीहरुको अबिभावकीय भूमिका निर्वाह गर्दै आएको छ ।”
कार्यक्रमको सञ्चालन मङल बहादुर पुनले र अध्यक्षता वीर बहादुर पुनले गर्नुभएको थियो । महिला विभाग नागपुर समितिकी रजनी पुन, बिद्यार्थी सृष्टि पुनले सम्मेलन सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।
सम्मेलनले रुपलाल जिएमको अध्यक्षतामा ११ पुर्ण ४ बैकल्पिक र ६ सल्लाहकार गरि २१ सदस्यीय नागपुर समिति चयन गरेको छ । जसमा: उपाध्यक्ष– हस्त बहादुर पुन, सचिव– मंगल बहादुर पुन, सहसचिव– इन्द्रलाल घर्ती र कोषाध्यक्ष– ललित जङ चन्द रहेका छन् । त्यस्तै सदस्यहरुमा: तेज बहादुर पुन, ईश्वर पुन, होम बहादुर घर्ती, वीर बहादुर पुन, आज्ञा राना, जित सिंह ठाकुर, बैकल्पिक सदस्य बिक्रम रोका, दिलिप पुन, तुला थापा र रजनी पुन रहेका छन् । सम्मेलनले सल्लाहकार सदस्यमा: मिना पुन, रमिता जिएम, बबिता रोका,चन्द्रकला घर्ती, मनमा पुन र जयकला पुनलाई चयन गरेको छ । नवनिर्वाचित समितिको घोषणा क्षेत्रीय समितिका सह सचिव भिम बहादुर थापाले गर्नुभएको थियो ।
प्रमुख अतिथि रामप्रसाद पौडेल, रक्तिम केन्द्रीय बिभागबाट झलक पुन, समता क्षेत्रीय बिभागबाट वीर बहादुर बिक, बर्धा नगर समितिबाट शेर बहादुर खडका, जन सम्पर्क समिति नागपुरका डम्मर सिंह भण्डारी, समाज सेबि चम्पा शर्माले नवनिर्वाचित समितिलाई बधाई दिनुभएको थियो ।
घोषणा सभाको सञ्चालन तेज बहादुर पुनले र अध्यक्षता मंगल बहादुर पुन एवं स्वागत भाषण रुपलाल जिएमले गर्नुभएको थियो । रक्तिमका कलाकारहरुले भव्य साँस्कृतिका कार्यक्रम प्रस्तुत गरेका थिए ।