काठमाडौं । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अन्तर्गत रक्तिम अभियान उत्तर भारत क्षेत्रीय विभागका संयोजक नविन बस्याल र अनेरास्ववियु (छैठौं) की नेतृ चमेली चौधरी (जश्मीन) वैवाहिक सम्बन्धमा बाधिएका छन् ।
सो वैवाहिक कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसीको प्रमुख आतिथ्यता रहेको थियो । केसीले नव वरबधुलाई शुभ कामना दिंदै समाजमा पुराना वुर्जुवा सामान्ती संस्कारको अन्त्यको निम्ती सर्बहारा आन्दोलनका बाटोमा लागेका योद्धाहरुले यो बाटो अपनाउनु माक्र्सबादी दृष्टिकोणको पहिलो प्राथामिकता रहेको बताउनु भएको थियो ।
अखिल नेपाल महिला संघ केन्द्रीय समितिकी अधक्ष्य तथा पूर्व सांसद मीना पुनले वर–वधुलाई शुभ कामना दिदै दाईजो प्रथाको अन्त्य र छोरा–छोरी दुबईको पैतृक सम्पत्तीमा समान अधिकारको तथा वुर्जुवा समाजलाई नयाँ आयामसँग जोडने सन्देशको रुपमा प्रगशिल विवाहलाई बुझ्नु पर्ने बताइन् ।
नविन प्युठान स्वर्गद्वारी नगरपालीका २ निवासी स्व. रामपाल बस्याल र खिमा बस्यालका जेठा छोरा हुन् भने चमेली (जश्मीन) दाङ्ग राप्ती गाउापालीका ३ मसुरिया निवासी हनुमान चौधरी र रामकला चौधरीकी जेठी छोरी हुन् । हनुमान चौधरी अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष हुन् ।
रक्तिम अभियानका हेमराज आश्रमले कार्यक्रमको सञ्चालन गरेका थिए भने, वधुकी भाउजु शानिपा चौधरीले अध्यक्षता गरेकी थिइन् । उक्त वैवाहिक कार्यक्रममा सहभागिहरुलाई वधुका दाजु तारा चौधरीले स्वागत गरेका थिए ।
राजोमाका नेता कृष्ण अधिकारी, अखिल नेपाल बुद्धिजीबि संघका समीर सिंह, अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष तिलक थापा, अखिल नेपाल युवक संघका महासचिव अनिल किशोर घिमिरे, उच्चन्यायालयका अधिवक्ता पदम रोका, अखिल नेपाल राष्ट्रीय स्वतन्त्र बिद्यार्थी यूनियन (छैठौ)का केन्द्रीय अध्यक्ष बिमल पोखरेल, अखिल नेपाल ट्रेड् यूनियनका अध्यक्ष नारायण सापकोटा, राजमोका काठमाडौंका आनान्द शर्मा, लाल बहादुर थापा, पर्यटन खेलकुद संघका अध्यक्ष पृथ्वी थापा, रक्तिम अभियान केन्द्रीय सदस्य गिता थापा, हाँक साप्ताहिकका प्रकाश थापा, शोभा राणा, लक्ष्मी चौधरी, गिता ठकुरी लगायतले वर वधुलाई वधाई तथा शुभकामना दिएका थिए ।
कार्यक्रममा वरका तर्फबाट भाई धूर्ब बस्याल, बाबुराम सुनार, कमल घर्ती बिन्दु परियार, शान्ती पुनको सहभागिता थियो भने वधुका तर्फबाट दाजु तारा चौधरी, बैनीहरु राधा चौधरी उषा चौधरी तथा निर्मला महतो, बिक्की महत कल्पना धामी, दिब्य देउवा, जिबराज बस्नेतको उपस्तिथी रहेको थियो ।
बस्याल दलित समुदायका हुन् भने वधु जनजाति समुदायका । उनीहरुले समाजमा भएको छुवाछुत तथा रुढीवादी परमपरालाई चुनौति दिंदै प्रगतिशिल विवाह गरेका छन् । २०७४ फागुन ३० गते राजधानी स्थित हार्दिक होटेलमा उनीहरुको प्रगतिशिल विवाह भएको हो ।
नव विवाहित वर नवीनले मुक्तकद्वारा प्रतिवद्धता व्यक्त गरेका थिए I
जीवनका धेरै खुट्कीलासँगै पार गर्ने निर्णय गरियो
दीन–दुःखीका सपना साकार गर्ने निर्णय गरियो
सर्बहारा बर्गको मुक्तिको लडाई निर्देशन बीच लडी
निमुखा बीचको समान सरकार चलाउने निर्णय गरियो I
इमिशन खबर परिवारको तर्फदेखि नव वरबधुलाई शुखद दाम्पत्य जीवनको हार्दिक शुभकामना ।