सुमन थापा, काठमाडौं
तिमिले बालेको आगो
ताप्नेहरु को भिड्मा
तिमि नै
चिस्यानमा छौ
एउटै धर्ती
तिम्रो अनि मेरो
फरक कहिँ छैन
तिमिलाई देख्दा दुखी भएर
गराहरु चर्केको अनुभव गर्दैछुतिम्रो मुठ्ठीले कसेर
तिम्रो नङ्ग्राहरुले कोरेको
मीठो फल चाख्नेहरु को लहरमा
तिमी त जुठ्यानमा
आफुलाई बचाई रहेकाछौ
तिम्रो मुठ्ठीले कसेर
तिम्रो नङ्ग्राहरुले कोरेको
मीठो फल चाख्नेहरुको लहरमा
तिमी त जुठ्यानमा
आफुलाई बचाई रहेकाछौ
के फरक छ ?
तिमी अनि अरुमा
फेरि पनि देख्छु
तिमिले सिलाएका लुगा
लगाउनेहरुको जमातमा
तिमी त …
जड्यौरिमा सजिएको छौ
आकाश उही छ
धर्ती उही छ
चिर्बिर चराहरुको
स्वर उही छ
जन्म लिएको कोखको
ममता उही छ
फरक यति छ
तिमिले खन्ने खेत अरुको छ
तिमिले सिउने लुगा अरुको छ
तिमिले बाल्ने चुल्हा अरुको छ
खुसी देखिन्छ्यौ तिमी
तिमी निदाउने धर्ती र
तिम्रो पाखुरिको सिरान
अरुका कैयन सुख भन्दा
कम छैनन तिम्रो निम्ति
फेरि पनि आउ बदलिउँ
तिम्रो नलेखिएको कथा
तिमी आफै लेख्नु छ
तिम्रो परिश्रम को मूल्य
तिमी आफैले पाउनु छ
तिम्रो कथाहरु चद्मभेषमा
लेखेर नबेचुन कसैले
तिम्रो उत्सर्ग हरुमा तिमी रमाउनु छ
तिम्रो बिहानिलाई तिमिले सजाउनु छ ।