केशव गाहा ‘पाल्पाली’
बन्दूक बोक्छु कलम बोक्छु नरोक मलाई
शोषक ठोक्छु दलाल ठोक्छु नरोक मलाई
गरीब दुःखी शोषित लाई जगाउँदै देशमा
अन्याय रोक्छु शोषण रोक्छु नरोक मलाई
न जीती युध्द फर्किन्न आमा आशीष देउ है
झुकेर तिम्रो पाउमा ढोग्छु नरोक मलाई
सकिन्न बाँच्न सहेर सधै दुष्टको अन्याय
यो ज्यान मैले युध्दमा झोंक्छु नरोक मलाई
देशले मेरो बलिदान खोजे सहर्ष स्वीकारी
पसीना पोख्छु रगत पोख्छु नरोक मलाई ।
।।