नरपानीमा ‘पर्यटन सम्भावना र चुनौती’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

0
274
मंसिर ७, अर्घाखाँची । नर्तनाचलक पर्वतको काखमा अवस्थित नरपानीमा ‘पर्यटन सम्भावना र चुनौती’ विषायक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नरपानी रेसोर्टमा सम्पन्न सो कार्यक्रम यमकला थापाको अध्यक्षता र पृतम केसीको सञ्चालनमा अगाडि बढेको थियो ।
                 अन्तरक्रिया कार्यक्रम नगर प्रमुख श्री कमल प्रसाद भुसालको प्रमुख आतित्थ्यता तथा प्रमुख जिल्ला श्री खिमराज भुसालको विशिष्ट आतित्थ्यता रहेको थियो ।
                 अतिथिहरुले कार्यक्रममा मन्तव्य दिंदै पर्यटन नेपालमा सबैभन्दा ठूलो उद्योग र विदेशी मुद्रा र राजस्वको भण्डार जम्मा गर्न सक्ने श्रोत रहेको बताएका थिए ।
                     कार्यक्रममा प्रहरी नायव उपरिक्षक नवराज मल्ल, प्रशिक्षक प्रहरी निरिक्षक गम्भीर केसीले पनि अतिथिको आसन ग्रहण गर्नुभएको थियो । त्यस्तै नारायण प्रसाद खनाल, हिन्दू धर्म रक्षा परिषद नेपालका भिमकान्त पन्थी, बाबा योगराज (धार्मिक तथा संरक्षक), प्रवकार सागर महत, वडा अध्यक्ष कृष्ण आचार्य, वडा सदस्यहरु रमेश खड्का, मिना सुनार, लिलबहादुर दर्लामी, वडा सचिव थान बहादुर महत्रा, विद्यालय प्रअ लिला बहादुर महत्रा लगायत अन्य अतिथिहरुले आसन ग्रहण गरेका थिए ।
                     नरपानी क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माणमा कोशेढुंगा सावित हुने गरि फुलबारी पार्क (कर्मचारी सहिद पार्क) निर्माणका लागि केन्द्रीय संसद पूर्वाधार विकास कोषबाट ५० लाख, ५ नम्बर प्रदेशको पर्यटन मन्त्रालयबाट १० लाख, गंगा सरोवर सौन्दर्यकरणका लागि ४ लाख रुपैयाँ बिनियोजनका लागि पहल र भूमिका खेल्ने टोप बहादुर रायमाझी, रामजी घिमिरे, चेत नारायण आचार्य, चन्द्रबहादुर खड्का लगायतका जनप्रतिनिधिहरुले यसभन्दा पहिले नै बताइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here