नयाँ युग

0
178
प्रताप पौडेल

युगको प्रवाहसँगै
समयको गतिसँगै
यात्रा गरिरहेछ शोषणले ।
आजको युगमा पनि
वर्गरहित समाज निर्माणार्थ
संघर्षरुपि तस्बिरहरु रंगिदैछन ।
त्यही तस्वीरहरुको लडाइबाट
आउने सुन्दर बिहानी १
पक्कै पनि एकदिन
मन्थन हुनेछ सत्यको,
गन्थन हुनेछ न्याय र समानताको
उहिलेको आदिम साम्यवादी युग
स्थापनाका स्वरहरु
गडगडाइरहेकाछन नयाँ ढंगले १
चुसिखान पल्केका विरुद्ध
उठदैछन चुसिएका जनहरु ।
गरिबको रगत र पसिनाको समुन्द्रमा
जहाज सवार सामन्तहरु हो
जब फल्नेछन वर्गसंघर्षका बिजहरु
तब बिस्फोट हुनेछन तिम्रा साम्राज्यहरु ।
क्रान्तिको खातिर१
सतिसाल बनेर उभिनेछन
थिचिने र मिचिनेका स्वरहरु
शोषित वर्गका बिचारहरु ।
हुनेछ बर्गयुद्द,
चल्नेछ लडाइ
शोषकका बिरुद्ध
संघर्ष(संघर्षको मैदानबाट
आउनेछ नयाँ युग १
त्यो युग
हुनेछ समाजवादको,
उदाउँदो साम्यवादको
अन्धाकाररुपी बादल चिरेर
फेरि पनि उदाउनेछन
नयाँ चन्द्र र सुर्य,चम्किलो बिहानी ।
२०७५(०४(१३

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here