“देशमा प्रतिगमन र पृथकतावादको खतरा बढेको छ” – शर्मा

0
288

चैत्र १६, नवलपुर । ने.क.पा. (मसाल)का पूर्व प्रवक्ता एवं वामपन्थी नेता विमल शर्माले देशमा प्रतिगामी र पृथकतावादीहरु को खतरा बढेर गएको बताएकाछन । शनिवार नवलपुरको रजहरमा सम्पन्न राष्ट्रिय जनमोर्चा जिल्ला सङ्गठन समिति नवलपुरको चौथो जिल्ला भेलालाई सम्बोधन गर्ने क्रममा शर्माले उक्त कुरा बताएका हुन । नेता शर्माले भारतीय विस्तारवादले नेपालका पृथकतावादीहरुलाई प्रयोग गरेर नेपाललाई टुक्राउन लागेको आरोप लगाएका छन । उनले सरकार र सिके राउतसँगको भएको सम्झौता भारतीय विस्तारवादको ईसारामा भएको बताएका छन ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा राष्ट्रिय परिषद् सदस्य चन्द्र सापकोटा, राजमो जिल्ला सल्लाहककार रामप्रसाद सापकोटा, अखिल नेपाल ट्रेड यूनियन के. उपाध्यक्ष सालिकराम सापकोटा, तराई मधेश जनवादी मोर्चा केन्द्रीय सदस्य रूप नारायण महतो, अखिल नेपाल युवक सङ्घ जिल्ला अध्यक्ष लाल सिंह मल्ल, अखिल नेपाल महिला सङ्घ जिल्ला अध्यक्ष विष्णु पाण्डे, अखिल नेपाल जनजाति सम्मेलन जिल्ला अध्यक्ष कला राई, रक्तिम जिल्ला अध्यक्ष भक्त बहादुर उचई, समता समाज गण्डकी प्रदेश संयोजक रन बहादुर रिजाल, राष्ट्रिय जनमोर्चा गैंडाकोट न.पा. १६का वडा अध्यक्ष गणेश ज्ञवाली, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन छैठौँ जिल्ला अध्यक्ष कमला क्षेत्री, किसान सङ्घका पूर्व महासचिव भागिरथ भट्टराईले भेला सफलताको शुभकामना दिएका थिए ।

जिल्ला अध्यक्ष दिपक पाण्डेको अध्यक्षतामा सम्पन्न भएको उक्त भेलाको उद्घाटन बयोबृद्ध नेता डिलाराम कंडेलले गरेका थिए । यसैगरी विकाराम चौधरीले स्वागत र मन बहादुर रानाभाटको संचालनमा भेला सम्पन्न भएको थियो ।

भेलाले आगामी २०७६ वैशाख २८ गते चौथो जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । भेलाले जिल्लामा रहेका विभिन्न नगरपालिका र गाउँपालिकाहरूमा सम्मेलन गर्ने, सङ्गठन निर्माण र सदस्यता वितरण अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ । जिल्ला भेलाले तेईस सदस्यीय सम्मेलन व्यवस्थापन मूल समिति, एक सय एक्काईस सदस्यीय सम्मेलन प्रचार-प्रसार समिति, सात सदस्यीय आर्थिक समिति र पाँच सदस्यीय सांस्कृतिक समिति समेत गठन गरेको अध्यक्ष दिपक पाण्डेले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here