दिल्लीदेखि बुटवलहुँदै गुल्मी तम्घास बस सेवासुचारु

0
676
सुबास बस्नेत,
नयाँ दिल्ली । सालिमे रेसुंगा टुर एंड ट्रावल्सले विजया दशमी २०७५ को पुर्वसन्ध्यामा भारतको राजधानी दिल्लीदेखि बुटवल हुँदै गुल्मी तम्घास बस सेवा सञ्चालन गरेको छ । जाने आम नेपालीहरुलाई सुबिधा होस् भन्ने मनसयाले शुरु गरिएको ट्राभल्सले दशैंको अवसरमा करिब पाँचसय भन्दा बढी सवारीलाई सुविधा प्रदान गरिसेकेको जनाइएको छ ।
                पश्चिम नेपाल बस ब्यबसायी संघ गुल्मीमा दर्ता प्रक्रिया चलिरहेको र छिट्टै नै दशैं लगत्तै तम्घास देखि सिधा दिल्लीको लागि हप्तामा ३ भन्दा बढी बस सञ्चालनमा ल्याउने सालिमे रेसुंगा टुर एंड ट्रावल्सका संचालक खुमबहादुर अधिकारी र योगराज अर्यालले जानकारी दिए ।
               नाफा कमाउने उदेश्यले खोलिएका कयौं ट्रावल्स कम्पनिहरुले तोकिएको भन्दा बढी भाडा लिने, यात्रुलाई आराम दाइ र भरपर्दो सेवा नदिने, बीच बाटोमा अलपत्र पार्ने, कहिंकतै गाडी दूर्घटनामा पर्दा सम्बन्धित व्यक्ति लुक्ने, समयमा नपुग्ने जस्ता यावत गैह्रजिम्मेवारी कार्यहरुले गर्दायात्रुहरुमा बिश्वास समेत गुमिसकेका छन् ।
                  हेरौं यी समस्यालाईहरुलाई सालिमे रेसुंगा टुर एंड ट्रावल्सले कसरी सामना गर्दछ वा समस्यालाई अवसरको रुपमा लिएर श्रमजिवी नेपालीहरुको सुखद यात्राको सहयात्री बन्दछ त्यो उसको कार्यक्षमता र सक्रियताले नै भविष्यमा प्रमाणित गरिदिने छ ।
             आवश्यक सम्पर्कका लागि करिश्मा महत ९८७१८२०४०९, योगराज अर्याल ९९५८२९८४४३ मा सम्पर्क गर्न सक्नु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here