तिमी जस्तो मिलिटेन्ट, अनुशाशित र क्रान्तिकारी मित्र पाउनु विरलै हुँदो रहेछ

1
458
  • सागर कुँवर

प्रिय सखा किशोर आचार्य, न्यानो क्रान्तिकारी सलाम ! तिम्रो सम्झनामा, तिम्रो पर्खाईमा १३ वर्ष वितिसकेका छन । कतै बाट तिमि आउँछौं कि भन्ने आशा अझै जिउँदै छ तर तिमिलेे मेरो त्यो तिम्रो पर्खाईको प्यास कहिले मेटाउने छौ त्यो यकिन गर्न सकेको छैन ।

प्रिय मित्र किशोर छिट्टै आउ है तिमि न्याय, समानता, स्वतन्त्रता, जनतन्त्र र सिंगो सर्वाहारा वर्गको मुक्ति आन्दोलनलाई अगाडि बढाउन आउ । तिमिसँगै वसेर बनाएका योजनाहरू जुन तिम्रो अभावमा अगाडि बढाउन गार्हो भएको छ, ति योजनालाई विपनामा उतार्न आउ । आउ प्रिय मित्र किशोर आउ । तिम्रो यादमा हाम्रो दिनहरू कठिनताका साथ वितेका छन ।

अखिल(छैठौं) ले संविधानसभाको चुनावको सुनिश्चितता, राष्ट्रियताको रक्षा र संघीयताको खारेजीको लागि २०६४ सालको पुर्वार्धमा संचालन गरेको “मेचि महाकाली साइकल मार्च-२०६४” अभियानबाट फर्कने क्रममा वेपत्ता हुनुभएका मेरा प्रिय मित्र किशोर आचार्यको पर्खाईमा दिनहरू वितिरहेका छन तर अफ्ठ्यारो असजिलोको महसुस भएको छ । देश र जनताको स्वतन्त्रताको लडाईमा एउटा इमान्दार देशभक्त्त क्रान्तिकारी व्यक्तिको अभाव हुनाले आन्दोलनलाई अगाडि बढाउन मुश्किल पर्दछ । त्यस्तै महसुस हुन्छ अहिले पनि र उनको सम्झनाले सताइरहन्छ । त्यो वेलाको क्याम्पस जीवनमा हाम्रो सम्बन्ध नङ र मासुको जस्तै थियो व्यक्तिगत रूपमा पनी र वैचारीक तथा सैद्धान्तिक रुपमा पनि ।

यात्रामा थुप्रै साथिहरु आउँछन तर प्रिय मित्र तिमी जस्तो मिलिटेन्ट, अनुशाशित र क्रान्तिकारी मित्र पाउनु विरलै हुँदो रहेछ । एउटा साथीको अभावमा थुप्रै व्यवहारिक अभाव र वाधाहरू उत्पन्न हुँदोरहेछन । हो, त्यही अभाव र वाधाहरूलाई समाप्त गर्नको लागि यो पर्खाईको घडि मेटाइदेउ प्रिय मित्र किशोर । मेरो विन्ति सुनिदेउ किशोर । हिजोको दिनमा संविधानसभाको चुनावको सुनिश्चितताको लागि चलेको आन्दोलनमा  तिमीले पुर्याएकाे योगदान अविश्मरणीय छ नै । अहिले नयाँ संविधान निर्माण पश्चातकाे वर्तवान अवस्थामा पनि राष्ट्रियताको रक्षाको लागि र संघीयताको खारेजीको अान्दाेलनमा तिम्राे अावश्यकता झनै खड्किरहेकाेछ । जनताको न्याय प्राप्तिको आन्दोलनमा तिमी जस्ता लाल योद्धाको खाँचो परेको छ । बिखण्डनवाद, जातिवाद तथा क्षेत्रीयतावादकाे विरूद्धको संघर्षलाई अगाडि बढाउन तिमी जस्तै राष्ट्रवादी क्रान्तिकारीको हुनु अनिवार्य भएको छ । यो हाम्रो मुक्ति आन्दोलनलाई अगाडि बढाउन आउ है किशोर ।

(कुँवर अखिल छैठाैंका पूर्व केन्द्रीय सदस्य हुनुहुन्छ)

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here