तारकेश्वरमा युवकहरुको नगर भेला सम्पन्न

0
396

काठमाडौं, चैत्र १० । अखिल नेपाल युवक संघ, काठमाडौं जिल्ला सम्मेलनको पुर्व सन्ध्यामा तारकेश्वरको प्रथम नगर भेला मुड्कुमा संघका केन्द्रीय सचीव रमेश पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

अमृत आचार्यको अध्यक्षता तथा सुमन आचार्यको सञ्चालनमा सम्पन्न उक्त भेलामा उपस्थित युवाहरुलाई युवक संघका केन्द्रीय सचीव रमेश पौडेल, संघका काठमाडौं जिल्ला इन्चार्ज संजाल शर्मा, संघका काठमाडौं जिल्ला संयोजक भक्त बि.क., राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य मन्जु आचार्य, राजमो तारकेश्वर नगर अध्यक्ष बिनोद फुयालले भेला सफलताको शुभकामना दिनु भएको थियो ।

भेलाले अमृत आचार्यको अध्यक्षतामा ९ सदस्यीय नगर समिति गठन गरेको छ । जसमाः सचिव– सुमन आचार्य, कोषाध्यक्ष– दिपेस आचार्य र सदस्यमा सुस्मिता आचार्य, बिनोद फुयाल, सुजन आचार्य, राजेन्द्र फुयाल, अनिस आचार्य, उत्तम फुयाल रहनु भएको छ । समितिको वैकल्पिक सदस्यको एक स्थान हाललाई रिक्त राखिएको छ ।

नव निर्वाचित समितिलाई राजमोका स्थानीय नेता सानुबाबु आचार्यले बधाई दिनु भएको थियो ।

देशव्यापी युवक सङ्घको भेला सम्पन्न

तौलिहवा । अखिल नेपाल युवक सङ्घ कपिलवस्तुको प्रथम भेला २०७४ चैत्र ६ गते केन्द्रीय कोषाध्यक्ष बाबुराम आचार्यको प्रमुख आतिथ्यतामा गोरुसिङ्गेमा सम्पन्न भएको छ ।

भेलाले मान बहादुर नेपालीको अध्यक्षतामा नौ सदस्यीय जिल्ला समिति कपिलवस्तु पुनर्गठन गरेको छ । समितिको सचिवमा विजय पोख्रेल र कोषाध्यक्षमा मोहन चौधरी रहनु भएको छ । त्यस्तै, सदस्यहरुमा विमला भुसाल, भोज बहादुर घर्ती, होम बहादुर विक, कमल बिसी, दिपक भुसाल र ओमकार चौधरी रहनु भएको छ ।

भेलामा राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य बासु पोख्रेल, राजमो प्रदेश नम्बर ५ का सदस्य हिमलाल वाग्ले, जिल्ला अध्यक्ष दधिराम आचार्य, अखिल नेपाल किसान सङ्घका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, नेकपा (मसाल) का जिल्ला प्रवक्ता छबिलाल गैरे, महिला सङ्घ जिल्ला सदस्य सरस्वती अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम विजय पोख्रेलको स्वागत मन्तव्य, मान बहादुर नेपालीको अध्यक्षता र गणेश खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

कुश्मा । युवक सङ्घ पर्वतको जिल्ला भेला चैत्र ३ गते फलेवासमा केन्द्रीय सदस्य कृष्ण क्षेत्रीको विशेष उपस्थितिमा सम्पन्न भएको छ । भेलाको अतिथि रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय कोषाध्यक्ष भरत श्रेष्ठ लगायत हुनु हुन्थ्यो ।

भेलाले डोलराज भुसालको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति चयन गरेको छ, जसको उपाध्यक्षमा बाबुराम विक, सचिवमा शिव भुसाल, सहसचिवमा सुदिप पराजुली र कोषाध्यक्षमा प्रदिप भुसाल रहनु भएको छ । त्यसैगरी समितिको सदस्यमा केशव भुसाल, रामजान खान, कृष्ण भुसाल, अशोक परियार र समुद्र पुरी रहनु भएको छ भने समितिको तीन स्थान रिक्त राखिएको छ ।

हेटौंडा । चैत्र ३ गते नै युवक सङ्घ मकवानपुरको जिल्ला भेला पालुङमा सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चा मकवानपुरका अध्यक्ष निर बहादुर सिन्तानको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सचिव गीता कार्की, शिक्षक सङ्घ मकवानपुरका अध्यक्ष कृष्ण बहादुर विष्ट, शिक्षक महासङ्घ मकवानपुरका दिपक कार्की, राजमो मकवानपुरका सचिव दिनेश विष्ट, रक्तिम सांस्कृतिक अभियान मकवानपुरका अध्यक्ष शोभा गोपाली लगायतको पनि आतिथ्यता रहेको थियो । भेलाको अध्यक्षता युवक सङ्घका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला अध्यक्ष दिलराज मुक्तानले, सञ्चालन पुण्य प्रसाद तिमिल्सिना (कुमार) ले र स्वगात मन्तव्य दिपक केसीले राख्नु भएको थियो ।

भेलाले दिलराज मुक्तान अध्यक्ष रहेको सात सदस्यीय जिल्ला समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा पुण्य प्रसाद तिमिल्सिना (कुमार), सचिवमा दिपक केसी, सहसचिवमा सन्तोष लुइटेल र कोषाध्यक्षमा पर्शुराम कार्की रहनु भएको छ भने सदस्यमा दिनेश थोकए र आनन्द श्याम बस्नेत रहनु भएको छ ।

फिदिम । सोही दिन युवक सङ्घ इलामको जिल्ला भेला सम्पन्न भएको छ ।
युवक सङ्घका राष्ट्रिय परिषद् सदस्य तथा १ नं. प्रदेश सचिव आशिष जबेगु लिम्बु र अखिल (छैठौा) का केन्द्रीय सदस्य बबिन राईको विशेष उपस्थितिमा सम्पन्न सो भेलाले आशिष जबेगु लिम्बुको अध्यक्षतामा नौ सदस्यीय जिल्ला समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा उदय तुम्सा, सचिवमा बुद्धरानी लिम्बु, सहसचिवमा सन्देश लिम्बु र कोषाध्यक्षमा हर्क बहादुर लावती रहनु भएको छ । समितिको सदस्यमा सुजन काफ्ले र सन्तोष सम्बाहाम्फे रहनु भएको छ भने सदस्यकै दुई स्थान हाललाई रिक्त राखिएको छ ।

वीरगञ्ज । चैत्र ३ गते नै युवक सङ्घ पर्साको जिल्ला भेला सम्पन्न भएको छ । भेला युवक सङ्घका केन्द्रीय सदस्य तथा २ नं. प्रदेश इन्चार्ज योगेन्द्र पौडेल र युवक सङ्घकै केन्द्रीय वैकल्पिक सदस्य तपसी रावत थारुको विशेष उपस्थितिमा सम्पन्न भएको थियो ।
भेलाले जगमोहन गौरोको अध्यक्षतामा सात सदस्यीय जिल्ला समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुधिर चौधरी, सचिवमा सन्तोष महत्तो र कोषाध्यक्षमा जय नारायण पासवान रहनु भएको छ भने सदस्यहरुमा नुर आलम, नरेन्द्र चौधरी र. ओम प्रकाश तरायल रहनु रहेको छ ।
सिमरा । सोही दिन युवक सङ्घ बाराको जिल्ला भेला सम्पन्न भएको छ । युवक सङ्घका केन्द्रीय सदस्य तथा २ नं. प्रदेश इन्चार्ज योगेन्द्र पौडेल, राष्ट्रिय जनमोर्चा बाराका अध्यक्ष कर्ण चौधरी, उपाध्यक्ष शेर बहादुर कार्की र तराई मधेश जनवादी मोर्चाका दिपक चौधरीको विशेष उपस्थितिमा सो भेला सम्पन्न भएको हो ।

भेलाले कुल प्रसाद आचार्यको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा नारायण आचार्य, सचिवमा गोविन्द आचार्य र कोषाध्यक्षमा शान्तराम खनाल रहनु भएको छ । सदस्यहरुमा नवराज पौडेल, सुदिप झा, मनोज शाह, सुनिल कुमार चौधरी, दिपक यादव, निरभिक थापा र शन्तराम चौधरी रहनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here