डम्बर भण्डारीलाई स्वदेश विदाई

0
320

युएई । रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय कलाकार डम्बर भण्डारी अप्रचित व्यक्ति भने होइनन् । उनले रक्तिमद्वारा निर्मित पूजा, जवाफ लगायत कैयौं गिति नाटक र गिति एलवम्हरुमा काम गरिसकेका छन् ।

देशमा रोजगारको अभावले विदेशिने युवाहरुको समस्याबाट भने उनी बच्न सकेनन् । विदेशीने युवाहरुको लर्कोमा थपिंदै खाडी मुलुक दुबै पुगेका भण्डारी विदेशमा लागेर भने बसेनन् । दुबै बसाईमा उनले नेपाली एकता समाज युएईमा संगठित भई आफ्नो राजनीतिक यात्रालाई पनि साथसाथै अगाडि बढाए ।

क्तिम साँस्कृतिक अभियान युएईका अध्यक्ष डम्मर भण्डारी दुबैको बसाई पछि पुन: नेपाली फर्किएका छन् । उनलाई २ फरवरीका दिनु नेपाली एकता समाज युएईले विदाई गरेको छ । भानु शर्माको सन्चालन, कलाधर सापकोटाको अध्यक्षताबाट अगाडि बढेको सो विदाई समारोह एकता समाजका भुतपुर्ब अध्यक्ष कृष्ण केसी, वरिष्ठ सल्लाहकार कृष्ण भुसाल, एकता महिला समाजका प्रतिनिधिहरु लगायत विभिन्न संघ संस्थाहरुको व्यापक उपस्थिति थियो ।

भण्डारीले विदाई समारोह पश्चात आफ्नो फेसबुक वालमा लेखेका छन्: “लामो समयको दुबईको बसाइमा थुप्रै आत्मीय साथिहरुसँग रहेर युएई नेपाली एकता समाज अन्तर्गत रक्तिम साँस्कृतिक अभियान युएईमा काम गर्ने अबसर मिल्यो । यसै क्रममा थुप्रै उतार चढाब भए तर पनि मेरा आदरणीय साथिहरुको माया हौसला प्रेणा बोकेर नेपाल मै साँस्कृतिक आन्दोलनमा लाग्ने साहास लिएर नेपाल जादै छु । युएई नेपाली एकता समाजले जुन सम्मान दिएको छ त्यो मेरो जीवनको मार्गनिर्देशक बन्ने छ । बिदाइ कार्यक्रममा उपस्थित हुनुहुने सम्पुर्ण मा साथै एकता समज ,महिला बिभाग रक्तिम युएई मा हार्दिक धन्यवाद ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here