टोपी दिवस दिल्लीमा पनि मनाइने

0
1147

ढाका टोपीको विशेषता:
श्रदय लोक गायीका तारादेवीले गाएको “काली पारे दाई कति राम्रो, ढाका टोपी काँधैमा गल्बन्दी” बोलको यो गितको स्थायी जम्मा ९ शब्दहरु र २२ अक्षरहरुले बनेको छ । गितको अन्तरात्मालाई बुझ्दा कति धेरै राष्ट्रिय पहिचानलाई खाँदी खाँदी एक ठोस बस्तु जस्तै बनेको छ ।

ढाका टोपी ढाकाको कपडाबाट बनेको पुरूषहरूले लगाउने पहिरन टोपी हो । यो मुख्य रूपले नेपालको पहाडी भू–भागमा बसोबास गर्ने प्राय सबै थरीका मानिसहरूले परम्परागत रूपमा लगाउने गर्दछन् । ढाका टोपी नेपालको राष्ट्रिय पोशाक पनि हो । ढाका टोपी घरेलु तानमा हातले बुनेको कपडाबाट बनाइएको हुन्छ । ढाका टोपी पुरूषहरूले मात्र प्रयोग गर्छन् । प्राय दौरा सुरूवालको साथमा ढाका टोपी लगाउने गरिन्छ । ढाकाटोपीले नेपाली जातिको पहिचान जनाउँछ । पाल्पाली ढाका टोपीलाई देशकै उत्कृष्ट ढाका टोपी मानिन्छ ।
टोपी दिवस–धोती दिवस बारे :

सन् २०१४ देखि अंग्रेजी पात्रो अनुसार नयाँ वर्ष जनवरी १ तारिक पारेर नेपालमा अन्तर्राष्ट्रिय टोपी दिवस मनाउन थालिएको छ । संस्थापक द्वय डा. लेखनाथ काफ्ले, ताइवान र शंकर बण्जाडे, नेपालको पहलमा “नेपाली टोपी, नेपालीको शान, मान र पहिचान” भन्ने नाराका साथ हरेक वर्ष जनवरी १ मा पनि अन्तर्राष्ट्रिय नेपाली टोपी मनाउने गरिको हो । त्यसो गर्दा अन्तर्राष्ट्रियरुपमा नेपालीपनको प्रबर्द्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रबर्द्धन र प्रसार गर्न मद्दत पुग्ने संस्थापकहरु बताउँछन् ।

नेपाली टोपी नेपाली र नेपाली मूलका नागरिक भएका सबै देश र स्थानहरुमा समग्र नेपालीहरुको साझा र मौलिक पहिचानको चिन्ह हो । शताब्दीऔं देखि प्रयोग भैरहेका बिभिन्न प्रकारका नेपाली टोपीहरुको प्रयोगलाई अझै व्यापक र बिश्वमय बनाउने उद्देश्यले २०१४ जनवरी १ बाट संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाईदै आएको छ । यो अभियानमा हरेक बर्ष जनवरी १ मा विश्वव्यापीरुपमा जनसहभागिता सहित संचार माध्यमहरुमा चर्चा बढ्दै गएको छ ।

नेपालको पहाडी भू–भागमा बसोबास गर्ने प्राय सबै थरीका मानिसहरूले परम्परागत रूपमा नै लगाउने हुनाले टोपी दिवस मनाउँदै आएको परिवेशमा मधेशी समुदायले भने धोती दिवस मनाउन थालेको छ । मधेशी समुदायले सन २०१६ देखि धोती दिवस मनाउन थालेको हो ।
भारतमा टोपी दिवस:

यो वर्ष नेपाली देशभक्त आवाजले भारतमा टोपी दिवस मनाउने जानकारी गराएको छ । भारतको राजधानी नयाँ दिल्लीमा चर्चित एरिया इंडीया गेट परिसमा १ जनवरी २०१८ का दिन टोपी दिवस मनाउने कार्यक्रम रहेको सो संस्थाका संस्थापक बाबु रोकाले जानकारी दिएका छन् । रोकाले आफ्नो फेसबुक वालमा स्टाटसमार्फत उक्त कार्यक्रममा सहभागि हुनका लागि अपिल समेत गरेका छन् ।

प्रस्तुत छ नेपाली देशभक्त आवाजको अपिल: “नेपाली देशभक्त आवाज पुर्व मेची पश्चिम महाकाली उत्तर हिमालय र दक्षिण तराइको एउटा जिम्मेदार राष्ट्र प्रेमीहरुको आवाज हो बिशेष गरि नेपाल र नेपालीहरुको हितका निम्ति सकारात्मक सोच र बिकासको साथ–साथै नेपाली भूमिको हृदयदेखि नै संर्वाङगिण विकास चाहाने हरेक नेपाली युवा–युवतीहरु र विभिन्न क्षेत्रमा परिचय बनाई सकेका स्वोदेश तथा बिदेशी भूमिमा रहेका नेपाली सच्चा जिम्मेदार राष्ट्र प्रेमीहरु बिच प्रारम्भिक भेला र छलफल गरि परिकल्पना गरिएको एउटा सामाजिक संस्था हो ।

सम्पूर्ण मित्रहरुमा नमस्कार मित्रहरु पछिल्लो केही दशक देखि अंग्रेजि बर्ष मनाउने बहानामा आफ्नो संस्कृति मुल्य मान्यता हराउँदै जान लागेको छ हामी नेपालीहरुमा केही बिकृती फैलिदै गएको छ यसको मध्यनजर राख्दै नेपाली देशभक्त आवाज ले समाजमा नौलो परिवर्तन ल्याउन र नेपाल र नेपालीहरुको हकहितमा काम गर्ने प्रतिबद्धता जाहेर गर्दै “नेपाली पन नेपाली मन हाम्रो अभियान हाम्रो ढाका टोपी हाम्रो गौरव हाम्रो पहिचान” भन्दै गत बर्ष जस्तै यस पटक पनि भारतको राजधानी दिल्ली स्थित इन्डिया गेट सर्कलमा चौथो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन गैरहेको सबै देशप्रेमी मित्रहरुमा यसै फेसबुक मार्फत जानकारी गराउँदछौ टोपी लगाएर टोपी दिवसमा समाबेस हुन चाहने इच्छुक मित्रहरुले संस्थाका पदाधिकारीहरुसँग सम्पर्क गरि १ जनवरी २०१८ सोमबारको दिन ठिक एक बजे इन्डिया गेट सर्कलमा उपस्थिति हुन अनुरोध गरेको छ ।”


को हो नेपाली देशभक्त आवाज:
देशभक्त आवाज २०७३ मा स्थापना भएको हो एक रजिस्टर्ड सामाजिक संस्था हो । यो संस्थाको संस्थापक बाबु रोका मगर हुन् । प्रत्येक महिनामा बैठक तथा भेला हुने यो संस्थाले हालसम्म दिल्ली एनसिआर क्षेत्रबाट अलपत्र परेका तथा बेचिएका २९ महिलाहरुको उद्दार गरिसकेको आफूहरुसँग डाटा तथ्यांक रहेको बताएको छ । संस्थाले कला/संकृतीको जगेर्ना गर्नुका साथसाथै खेलकुद अनि नयाा प्रतिभालाई प्रोत्साहन दिदै आएको संस्थापक बाबु रोकाले बताए ।
हालै २४ डिसेम्बर २०१७ का दिन हरि रोका मगरको अध्यक्षतामा नयाँ दिल्लीस्थित इण्डिया गेटको सर्कलमा नयाँ कार्यकारी समितिको गठन गरेको थियो ।

संस्थामा को को छन् ?
१) बाबु रोका मगर (संस्थापक), २) हरि रोका मगर (अध्यक्ष), ३) निरन्जन मलहोत्रा (उपाध्यक्ष), ४) अर्जुन थापा (महासचिव), ५) माधव बेल्वासे (सचिव), ६) शान्ता परियार (सह–सचिव), ७) हुमलाल भुसाल (कोषाध्यक्ष), ८) कासिराम आचार्य (कानुनि सल्लाहकार), ९) भस बहादुर विश्वकर्मा (प्रवक्ता), १०) बिष्णु प्रसाद बेल्वासे (बरिष्ठ सल्लाहाकार), ११) प्रदिप बेल्बासे (वरिष्ठ सल्लाहकार), ११) राहुल अधिकारी (सल्लाहाकार) त्यस्तै सदस्यहरुमा क्रमश: बिर बहादुर पुन मगर, अनिशा रोका मगर, अमृता बराल, सन्तोष पोख्रेल, केन्जु लामा, माया लामा, पदम गाहा मगर, नबिन जोशी, अरुणा ढकाल, कमल जोशी, बिष्णु बन्जाडे, श्री कृष्ण घर्ति मिरे, राम कुमार रोका मगर, नारायण भुसाल रहेका छन् ।
महिला समितिमा: अध्यक्ष– डोल्मा लामा, महासचिव– अमृता बराल र सचिव– सानु मगर रहेका छन् । सो संस्थाको कानुनी सल्लाहकार कासिराम आचार्य रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here