- खिमराज चालिसे,चंडीगढ़
झुक्नै नहुने हार्दै नहार्ने वीचारलाइ सलाम।
तुफानलाइ पनि रोक्ने अडानलाइ छ सलाम।।
ज्वारभाटा चिर्दै वढिरहेको दर्शनलाइ सलाम।
पत्थर भन्दा गह्यो ठोस सिद्धांत लाइ सलाम।।
काप्दै नकाप्ने हर्दय को स्कन्दन लाइ सलाम।
दृढता का अदभूत पदचापलाइ छ सलाम।।
अदम्य हिम्मतका निर्भिक विचार लाइ सलाम।
दुश्साहास चिर्ने विष्लेशणलाइ मेरो सलाम।।
अन्धकार चिर्ने प्रतिभालाइ छ मेरो सलाम।
स्पात भन्दा सुदृढ घनिभुत स्तम्भ लाइ सलाम।।
संसार वदल्ने साहित्यिक रचनालाइ सलाम।
शिखर चुम्ने अटल ती हातहरुलाइ सलाम ।।
दिव्य दृष्टिको जस्तै तार्किकतालाइ सलाम।
हरपल हरक्षण अलौकिक दक्षता लाइ सलाम।।
शव्दै कोर्न नसक्ने व्यक्तित्व लाइ मेरो सलाम।
ज्ञानको अमृत वर्षारुपी माक्र्सवाद लाइ सलाम।।
अवसरवाद विरुद्बका आवाजलाइ सलाम।
रक्षाकवच वन्ने सवै हातहरुलाइ सलाम।।
विलक्षण प्रतिभा रुपी दर्शनलाइ छ सलाम।
चम्किरहने धर्तिको रातो तारालाइ छ सलाम ।।