जैमिनीको कुईधाङमा श्रद्धान्जली सभा सम्पन्न

0
1520
जैमिनी । जैमिनी नगरपालिका ७ कुईधाङ निवासी भुमिस्वर शर्माको १३ औं दिनको पुन्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । देछाको चौर स्थिति कालिगण्डकि कोरिडोरको कुनामा असोज १८ गते मृत अवस्थामा भेटिएका शर्माको संझनामा परिवारको तर्फबाट आयोजना गरिएको हो, श्रद्धाञ्जली सभामा जैमिनी नगर पालिकाका प्रमुख इन्द्रराज पौडेल, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपाका नेता कर्याकर्ता एवं स्थानीयले मन्तव्य सहित श्रद्धाञ्जली अर्पण गरेका थिए ।
          मृतकको सम्झनामा १ मिनेट मौनधारणाबाट सुरु भएको उक्त कार्यक्रममा सहभागिहरुले पालैपालो फूलमाला र अविर माल्यार्पण गर्दै श्रद्धाञ्जली ब्यक्त गरेका थिए । मृत भुमिस्वर शर्माको जिवनी उनका भान्जा सुशील पौडेले बाचन गरेका थिए ।
                  श्रद्धाञ्जली सभामा बोल्दै जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले भुमिस्वर शर्माको हत्याको घटनाले दुखित रहेको बताए । “म नगरको जिम्मेवार ब्यक्तिको हैसियतले भन्नू पर्दा, प्रहरी प्रशासनलाई हत्याराको खोजीका लागि अनुरोध गर्दछु ।” पौडेलले अगाडि भने– “गल्ती गर्ने ब्यक्ति जोसुकै होस्, त्यसलाई कानुनले छोड्ने छैन, मैले पनि सम्बन्धि निकायमा कुरा राख्ने छु ।” पौडेलले नगरपालिकाको जिम्मेवारको हैशियतले हत्यारालाई कर्वाही गर्न सबै एक भएर घटनाप्रति संविदशिल रहन समेत आग्रह गर्नु भयो ।
                उक्त श्रद्धाञ्जली सभामा राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य तथा कालीगण्डकी गाउँपालिका उपप्रमुख तारा थापा लगायतको टिम समेतको उपस्थित रहेको थियो ।
              मृतकका कन्छा बाबा नारायणप्रसाद पाध्याको अध्यक्षतामा शुरु भएको कार्यक्रमको सञ्चालन संजाल शर्माले गरेका थिए ।
             कार्यक्रममा बोल्दै मृतकका भाई हेमराज शर्मा, साला तुलसीराम पौडेल र दाई दयाराम पौडेलले मन्तव्यको क्रममा क्रूर ढंगले हत्या भएको भन्दै आशंका व्यक्त गरे । कर्तब्य हत्या भएकोले समाजले पिडीत परिवारले न्याय पाउनु पर्ने प्रमुख आबश्यकता रहेको बताए । घटनामा सामेल अपराधीलाई खोजी कारवाही गर्नु पर्ने सामुहिक अपिल समेत शर्मा परिवारले गर्यो ।
                साबिक जैदी १ र २ सुरक्षा समितिका अध्यक्ष हिरामणि चालिसे, समाज सेवी कमल गिरी, समाज सेवी शोभा प्रसाद शर्मा, ठाकुर शर्मा, हरिहर शर्मा लगायतले श्रद्धान्जली मन्तव्य दिनुभएको थियो ।
              शर्माको असोज १७ गते राती क्रुर ढंगले हत्या भएको स्थानीय प्रशासनले बताएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here