जापान नेपाली एकता समज टोक्योले भेटघाट कार्यक्रम सम्पन्न गऱ्यो ।

0
407

२०१९ नोभेम्वर ११, जापान नेपाली एकता समाज टोक्योले भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । टोक्यो शहरको गिन्जा स्थित एभरेष्ट डाईनिङ रेष्टुरेन्टमा नेपालबाट जापान भिजिटको लागि आउनुभएका अखिल नेपाल कर्मचारी संघ बाग्लुङ्गका अध्यक्ष तथा सयपत्री बहुउद्देश्य सहकारी संस्था लिमिटेड गलकोट नगरपालीका ४, संचालक समितिका अध्यक्ष समेत रहनुभएका श्री चिन्तामणी शर्मा गैरे सँग एकता समाजले भेटघाट तथा चियापान कार्यक्रमको आयोजना गरेको थियो । एकता समाजका अध्यक्ष देबेन्द्र बस्यालको अध्यक्षतामा शुरुभएको कार्यक्रम धनराज गौतमले संचालन गर्नुभएको थियो । अतिथि चिन्तामणी शर्मा ज्युले आतिथिको आसन ग्रहण गरेपछि परिचय कार्यक्रम भयो । परिचय कार्यक्रम पछि समितिका सचिव बाशु शर्मा पौडेलद्वारा उपस्थित साथीहरुलाई स्वागत मन्तव्य दिने काम भायो । त्यसैगरी समितिका कोषाअध्यक्ष शालिकराम सापकोटा, बिष्णु के.सी.ले पनि आ–आफ्ना मन्तव्य राख्नुभएको थियो । त्यसैगरी अन्तमा अतिथि श्री चिन्तामणी शर्मा गैरेले बोल्दै भन्नु भयोः हामी नेपालीहरु देशमा गास, बास, कपासको समस्या भन्दा पनि योग्यता अनुसारको काम र दाम देसमा नपाएका कारण हामी नेपालीहरु विदेसमा भौंतारिनु परेको छ । जति पनि हामी नेपालीले विदेशमा सिकेका शिपहरुलाई देशमा लगेर प्रयोग गर्नुपर्छ भन्नु भयो । विश्मा तिव्र विकास भैरहेको अवधिमा नेपालमा राणा सासन तथा पंचायती व्यवस्था भएकोले नेपालमा विकास हुन नसकेको धारणा उहाँले राख्नु भयो । नेपालमा पार्टीहरु आ–आफ्ना स्वार्थहरुलाई पन्छाएर देस र जनताको लागि काम गरेको खण्डमा नेपालको विकास हुन बेर नलाग्ने कुरा पनि बताउनु भयो । उहाँले अरु अगाडी भन्नु भयोः पार्टीहरु जनतासँग एकाकार भएर काम गर्न नसकेका कारण जनतादेखि टाढिदै गैरहेका छन भन्नु भयो । अन्तमा अतिथि चिन्तामणी शर्मा तथा उपस्थित सबै साथीहरुलाई कार्यक्रम सफल भएकोमा धन्यवाददिंदै कार्यक्रमका अध्यक्षले कार्यक्रम समापन गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here