-शिव गिरी, जापान
जापान आफैमा विश्वको प्रतिष्ठित देशहरु मध्यको एक हो । यहाँको मौसम प्राय गर्मि भन्दा चिसो नै बढी हुन्छ । गर्मि समयमा सामान्य गर्मि बढे पनि जाडो सिजनमा प्रायजसो स्थानमा हिँउनै पर्छ । शसक्त पूँजीवादी व्यवस्था अंगिकार गरेको यो देशका मानिसहरु अतिनै अनुशासित र मिलनसार छन् । कुनै पनि ब्यक्तिले यहाँको नीति नियम र कानुनको बिपरित हुने काम गर्दैनन् । काम यिनिहरुको लागि कुनै पनि सानो ठुलो हुँदैन र कुनै पनि काम गर्दा काममा साहुर नोकर बिचमा पनि कामको विभेद हुँदैन । होटेल रेस्टुरेन्टहरुमा कामगर्दा पनि मालिकहरु आफै भाँडा माझ्ने सफाइ गर्ने गर्छन्, भने खाना खाने समयमा पनि को नोकर को मालिक भन्ने हुँदैन । सम्मान किसिम्कै व्यावहार हुन्छ ।
यहाँका मानिसहरु प्राय गरेर कहिले काहीँ होटेल तथा बिभिन्न ठाउँमा गएर सामुहिक भोजगरेपनि हिसाब तिर्ने समयमा आ–आफ्नो तिर्ने गर्छ्न भने यिनैहरु साना ठुला सबैले आ–आफ्नो स्तर अनुसार सम्मानजनक ब्यवहार गर्छन् र बाटो हिडदा पनि साना या ठुलाले समय अनुसारको सम्बोधन गर्न पछि पर्दैनन् भने बिदेशी नागरिकले यिनिहरुबाट सिक्नुपर्ने कुरा धेरैछन् ।
त्यस्तै गरेर यहाँ बिदेशि नागरिकको संख्या पनि अधिकतम छ इंडियन, भियतनाम, इंडोनेयसिया, फिलिपिन, चाइनिज, कोरियन, बंगालादेशी, नेपाली छन् । नेपालीहरुको संख्या ७० हजारको हाराहारीमा भएको सम्बन्धित पक्षहरुले बताएका छन् ।
नेपालीहरु बिभिन्न बिधामा जापान प्रवेश गरेका छ्न । इन्जिनियर, बिद्यार्थी, कुक, डिपेन्डेन्ट ब्यापारीक भिषामा नेपालीहरु व्यस्त छन् । भने यहा नेपालीहरुले प्राय ब्यापारीले होटेल ब्यबसायको पेशा नै बढी अपनाएको पाइन्छ । होटेले ब्यवसायमा संलग्न नेपालीहरुको नेपाली रेस्टुरेन्टबाट सामान्य कमाइ गरेता पनि उनीहरुले भिषाको कारोबारबाट मनग्य कमाइ गर्ने गरेको पाइन्छ । एकजनाको भिषादेखि १२ देखि १८ लाखसम्म उठाएर नेपाली कामदार ल्याउने गर्छन् ।
यहाँ नेपाली कुकको अवस्था भनेको अतिनै दयनियनै छ । एकत नेपालीदेखि जापान आउँदा कि त घरनै धितो राखेर आउने गर्छन् । कि त चर्को ब्याजदरमा ऋण लिएर, उनै मानवतस्कर दलालहरुलाई बुझाएर महिनाको लाखौं कमाउने सपना देखेर जापान छिरेका नेपालीहरु बिहान ८/९ बजे देखि राती १२ बजेसम्म कुक भनेर आएता पनि कुक हेल्पर जे भनेनि सबै २ जना मिलेर भाँडा माझ्नेदेखि लिएर ट्वाइलेट सफाईसम्म सबै कामगर्नु पर्छ । झण्डै दिनको १२/१३ घण्टा कामगर्नु पर्छ । हप्तामा आधा दिनमात्र छुट्टी पाइछ । महिनौंसम्म कामगरेर यहाँको रुल र नेपालदेखि आउँदा गरेको २०/२२ मान नेपाली २ लाख १० हजारमा संझौता गरेर आएता पनि यहाँ आउँदा ६०/७० हजारमा काम गराउँछन् । त्यहि ६०/७० हजार पनि समयमै दिंदिनन् । ४५ महिनामा दिने गर्दछन् । कहिंले काहीं कहि कतै ४/६ र महिना काम गराएर तलब नदिइ कामदेखि निकालदिने गरेका प्रस्तै उदाहरणहरु छन् । कुक भिषामा आएका कामदारहरुलाई निकै तल्लो स्तरको निच ब्यवहार गर्ने गर्दछन् । उनीहरुको खान बस्नको लागि त्यत्तिकै समस्या हुन्छ । सानो एउटा कोठामा ३/४ जना मिलेर बस्नुपर्छ ।
नेपालीहरुका समास्या समाधान गर्ने उदेश्यका साथ स्थापना भएका बिभिन्न संघ संस्थाका समाज सेवाको नाममा, संगठनको नाममा भिसा निकालेर श्रमशोषण गरेर ब्रम्हा लुट गर्ने गरेका तमाम उदाहरणहरु पनि पाइने गरेको छ । जापानका बास्ताविक कथा, ब्याथा, समस्याको समाधान के हो ? हामीले खोज्नै पर्ने हुन्छ ।
सर्वप्रथम नेपालदेखि जापान आउदा किर्ते कागजात मात्र नभै आफ्नो पेशा के हो त्यो बिषयमा राम्रोसँग सिप सिकेर या तालिम गरेर मात्र आउनु पर्दछ । जापान आइसकेका नेपाली श्रमिकहरुले साहु, पुँजीपति दलालहरुले आफुप्रति गरेका कुब्यवहारको बिरोध खुलेरै गर्न सक्नु पर्छ । ति साहुहरुको विरोध हुने किसिमको कुनै कृयाकलाप गरेको पाएमा कामदेखि नै निकालिदिन पनि सक्छन् । काम नभएमा र अर्को काम पनि नपाएमा अगामी बर्षको भिसा नलाग्न सक्नेहुन्छ र अर्को समस्या थपिन सक्ने संभावना उत्तिकै हुन्छ । तसर्थ सबै कुरालाई समयमै ध्यान दिन उत्तिकै जरुरत पर्दछ । हामीले त दु:ख पायौं, अन्य कुनै नेपाली श्रमिकले दु:ख नपाओस भन्नु नै मेरो यो लेखको उदेश्य हो ।
बास्ताबिक समस्याको प्रमुख समाधान भनेकै बैदेशिक रोजगारमा गएका हरेक देशका मजदुरहरु एकता बद्ध भएर मजदुर एकता बलियो बनाउँदै जानुपर्छ । शोषण, दमन, अन्याय, उत्पीडनका बिरोध गर्दै भण्डाफोर गर्दै जानुपर्ने अत्यन्तै टट्कारो आवश्यकता छ । संसारभरीका मजदुरहरुसँग सहकार्य गरेर नेपाल सरकार प्रराष्ट्र मन्त्रालय मार्फत आफ्ना मजदुरहरुलाई बैदेशिक रोजगारमा पठाउने ब्यबस्था गर्नका लागि दवाब दिनु आवश्यकताप्रति पनि सम्पूर्ण पक्षहरुले ध्यान दिनु पर्ने आवश्यकता छ ।