जापानमा काेभिड- १९काे प्रकाेप र नेपालीहरूकाे अवस्था

0
37

-देबेन्द्र बस्याल, टोकियो (जापान) ।

कोभिड–१९ को महामारीका कारण जापान सरकारले पनि अप्रिल ७ तारिकदेखि टोकियो लगाएत अरु ६ राज्यमा संकटकाल लागू गरेको छ । त्यसैगरी आइची र क्योटो राज्यले पनि संक्रमणको अवस्था हेरी आफैँ संकटकाल घोषणा गरेका छन् ।

करिब १४ करोड जनसंख्या भएको जापानमा टोकियोमा मात्रै ४ करोड भन्दा बढी जनसंख्या रहेको छ भने विदेशीहरुको जनसंख्या ३५ लाख जती रहेको छ । विदेशीहरु मध्ये सवैभन्दा बढी चाइनीजहरु ९ लाख जती रहेका छन् । तर पनि जापानमा कोरोना भाइरस कोभिड–१९ अवस्था केही मन्दगतीमा बृद्धि भैरहेको अहिलेसम्मको आँकडाले देखाएको छ ।

अहिलेसम्म जापानमा ७ हजार ७ सय १३ भन्दा केही बढी कोरोना भाइरसबाट संक्रमित भएका छन । संक्रमितको संख्या दिनको १५० को दरले प्रतिदिन बढिरहेको छ । यहाँ कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १४५ पुगेको छ ।

जापानमा अहिलेसम्म नेपालीहरुको संख्या एकलाखको हाराहारीमा रहेको छ तर कोरोना भाइरसबाट २ जना नेपालीहरु विरामी परेको खबर आएको छ । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

जापानको लगभग सबै राज्य वा प्रान्तमा कोरोना भाइरस फैलिइसकेको छ तर त्यो तिब्र गतीमा भने बढेको पाइएको छैन । त्यसको मूल कारण या त चेकजाँच कम भएको हुनसक्छ या जापानमा पश्चिमा मुलुकहरुले जस्तो भेट हुँदा अँगालो मार्ने, किस गर्ने जस्तो सभ्यता जापानमा नभएका कारण पनि भाइरसले तिब्रता पाउन नसकेको हो कि भन्ने विज्ञहरुको आँकलन छ ।

अर्कोतिर सरकारले संकटकालको घोषणा त गरेको छ तर जनजीवन बाहिर सामान्य नै छ । रेल, बस, ट्याक्सी, साना, दोकान, रेष्टुरेन्ट, खाद्यन्नका पसलहरु सबै चलिरहेका छन् । भिडभाड उस्तै छ जस्तो पहिला हुन्थ्यो । तर सरकारले बारम्बार जनतालाई घरबाहिर नजान टीभी, एफएम, बजारमा एनाउन्स आदी माध्यमबाट भनिरहेको छ । ठूला, होटल, रेष्टुरेन्ट, शपिङमल, डिपार्टमेन्टल स्टोर जस्ता ठूला विजनेस केन्द्रहरु बन्द भएका छन् ।

अहिले कतिपय नेपाली, भारतीय तथा पाकिस्तानीहरुले चलाउँदै आएका रेष्टुरेन्टहरु पनि ग्राहक नआएका कारण बन्द गर्ने अवस्था आएको छ । अहिले कैयौं नेपाली कामदारहरु कोठामै बसेको अवस्था छ । सरकारले करिब १ करोड ५० लाख घरधुरीलाई ३ लाखको दरले राहात सहयोग दिने घोषणा त गरेको छ तर त्यो राहातकोषले नेपाली तथा अन्य विदेशी कामदार मजदुरहरुलाई छुन्छ की छुँदैन ? जापान सरकारको सहयोग कोषको दायरा कस्तो प्रकारको हो ? भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था छैन ।

टोकियोमा रहेका नेपालीहरुलाई सम्पर्क गर्दा इश्वर सापकोटा, अरुण श्रेष्ठ, शिव गिरी, देबेन्द्र बस्याल, गुरुप्रसाद मैनाली, बासु पौडेल लगायतका दर्जनौं नेपालीहरुले १५ दिन पहिला देखि रुममा बस्दै आएको कुरा जानकारी दिनुभएको छ । जापान जस्तो ठाउँमा, ७०/८० हजार कोठा भाडा, खानपान, विजुली, पानी, ग्यासको लगाएको घर खर्चको हिसाब गर्दा जिउन निकै कठिन हुने कुरा उहाँहरुले बताउनुभएको छ ।

जापान सरकारले आगामी मईबाट प्रदान गर्न लागेको राहात कोषले नेपालीहरुलाई छुनसके पनि त्यो प्रर्याप्त हुँदैन । कोरोना भाइरसको महामारी देशैभरी भर्खर फैलिने क्रम जारी रहेकोले मई ६ सम्म भनिएको संकटकाल अरु लम्बिन सक्ने कतिपयले बताउन थालेका छन् । त्यसरी संकटकाल अरु लम्बिएको खण्डमा समस्याहरु झन् थपिँदै जाने निश्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here