नविन बस्याल
जापानमा काम गर्ने कामदारहरुको भबिष्य कुनै पनि ब्यक्तिले दिनप्रतिदिन समय अनुसार जीबन यात्रालाई निरन्तर दिन सकियो भने राम्रो र जीबन सुन्दर पनि छ । अन्य मुलुकमा झैं मालिकहरुलाई कामदारको कामले कामदार प्यारो हुने गर्दछ भने यहाँको बाताबरण अन्य मुलुक भन्दा अझै मेहनत र आफ्नो काममा लगनशिल र ब्यभारिकता खोज्ने गर्दछन ।
हामी नेपालीहरुको अधिक्तम बानी अली आर्थिज अबस्था राम्रो हुँदै गयो भने बिभिन्न अनावश्यक खर्च गर्ने हुन्छ । नेपालको दुःखलाई बिर्सने घरपरिवारलाई बिर्सने लामो समयसँग घर न जाने जस्ता क्रियाकलापमा लागे भने यहाँको जीबन पनि अन्य देशका कामदार जस्तै हुन्न भन्न सकिन्न ।
तर सबै ब्यक्तीहरुमा त्यो प्रभावले नछुन पनि सक्छ । किनकी अन्य मुलुकहरु भन्दा जापान आउने नेपालीहरु अली बढी लागानी गरेर आएका हुन्छन् । त्यो लगानी आफ्नो पकेटबाट भन्दा बाहिरी ऋणबाट नै बढी भएको हुन्छ । त्यसकारणले र यहाँको ब्यस्तताले पनि कामदारहरुको बानी सुधारिएको पाइन्छ ।
जापानमा अन्य मुलुक जस्तै एक दिन काम नगरे केहि भएन, साथीकोमा खान्छु बस्छु भन्ने बाताबरण हुँदैन । यहाँको चलन बसेर खाने हुँदैन त्यसैले नेपालीहरु पनि त्यसरी परिवर्तन भएका छन ।
त्यसैले अधिकांस नेपालीहरुमा पनि एउटा हिन्दीमा मजाक गर्ने बानी हुन्छ “दोस्ती पक्की, खर्च अपना अपना” भने झै हामी नेपालीहरु पनि कतै भेट्डा कतै घुम्न ज्यादा ग्रुपमा सबैले आ–आफ्ना खर्च गर्ने बानी हुन्छ । सायद मेरो बिचारमा हामी नेपालीहरु यही यहाँको बाताबरण अनुरूप देश फर्केर मेहनत गर्यो र रही रह्यो भने जापानमा काम गर्ने नेपालीहरुको भबिष्य सुन्दर उच्च देखिन्छ ।