असार ५, काठमाडौं । नेकपा (मसाल) निकट रहेको अखिल अखिल नेपाल युवक संघ केन्द्रीय समितिले दोस्रो पुर्ण बैठक सम्पन्न पारेको छ । बैठक पछि संघका अध्यक्ष अनिकिशोर घिमिरेले प्रेस विज्ञप्ती जारी गरी जानकारी गराएका छन् ।
वर्ग संघर्ष अन्तर्गत “जागौ युवा लागौं युवा” भन्ने बिशेष अभियानका साथ असारदेखि भाद्रसम्म स्थानीय तहको अधिकार र विकास बजेट बृद्धि गर, महंगी भ्रष्टाचार र कालोबजारी नियन्त्रण गर भन्ने नारा तय गरी अभियानहरु संचालन गर्ने युवक संघले जनाएको छ । सोही विषयमा केन्द्र, प्रदेश र जिल्ला स्तरमा हुने अन्तरक्रियाको अन्तरक्रिया कार्यक्रम गरिने संघको विज्ञप्तीमा उल्लेख छ ।
संघर्षका कार्यक्रमहरु अन्र्तगत तत्काल भैरहेको मंहगी, कालोबजारी, भ्रस्ट्राचारका विरुद्धको कार्यक्रम तय गरेको छ । उल्लेखित विषयहरु र तात्कालिक राजनीतिक बिषयहरुलाई लिएर यहि असार १२ गते केन्द्रमा प्रधानमन्त्रीलाई र जिल्ला समितिहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई साथै असार १४ गते प्रदेश समितिहरुले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाइने जनाएको छ ।
त्यस्तै जिल्ला इन्र्चाजहरु संघको केन्द्रीय समितिले नै जारी गरेको छ । जसमा: आशिस जवेगु– इलाम, तेह्रथुम, पांचथर, ताप्लेजुन, संखुवासभा, सोलुखुम्वु र ओखलढुड्डा, शिव फुयाल– मोरड्ड, झापा, सुनसरी, भोजपुर, उदयपुर, खोटाड्ड र धनकुटा , मुकुन्दराज रोका– सप्तरी, सिराहा, धनुषा, सर्लाही, मोहतरी, रामबाबु शाह– बारा, पर्सा र रौतहट, निर्मल पौडेल– भक्तपुर, सिन्धुपाल्चोक र काभ्रेपलान्चोक, बिष्णु शर्मा– काठमाण्डौ ,दोलखा, ललितपुर र रसुवा दिलराज मोक्तान– मकवानपुर, रामेछाप र धादिड्ड, योगेन्द्र पौडेल– चितवन, सिन्धुली र नुवाकोट, भिमसेन वन– गोरखा र मुस्ताड्ड, लक्ष्मण पुन– बाग्लुड्ड, पियारी थापा– कास्की, जुनबिक्रम शाहि– म्याग्दी, बिरेन्द्र थापा– पर्वत, कृष्ण क्षेत्री– स्याड्डजा, लाल सिंह मल्ल– नवलपुर र लम्जुड्ड, बरुणध्वज मल्ल– बाँके र बर्दिया, डम्मर खड्का रोल्पा, चित्र एमसी– दाड्ड र कपिलवस्तु, कृष्ण खनाल– अर्घाखाँची, कमल थापा– पाल्पा, खगा राना– प्युठान, हरि योगी– रुपन्देही र नवलपरासी, उषा तरामु– गुल्मी, हुमलाल नेपाली– पुर्वी रुकुम, भक्त बि.क.– दैलेख, जुम्ला,मुगु, पश्चिम रुकुम र जाजरकोट, धर्म दानी– सुर्खेत, कालिकोट, हुम्ला, डोल्पा र सल्यान, बिरेन्द्र हमाल– कैलाली अछाम र बाजुरा, प्रशान्त थापा– डोटी, बैतडी र दार्चुला, धनीराम आचार्य– कंचनपुर, डडेलधुरा र बझाड्ड, रहनु भएको छ ।
संघको केन्द्रीय समिति अन्तर्गत विभिन्न विभागहरु समेत गठन गरिएको छ । जसमा: संगठन विभागको प्रमुख कृष्णराज पाण्डे, खेलकुद विभागको प्रमुख मुकुन्दराज रोका, संस्कृतिक विभागको प्रमुख पियारी थापा र स्वयंसेवक विभागको प्रमुखमा लक्ष्मण पुन रहेका छन् । त्यस्तै आर्थिक विभागको प्रमुख भिमसेन वन, प्रकाशन विभागको प्रमुख भक्त विक र प्रशिक्षण विभागको प्रमुख भने स्वयं अध्यक्ष अनिकिशोर घिमिरे रहेका छन् ।
संघले श्रावण महिना भरि देशव्यापी रुपमा संगठनात्मक कार्यहरु अन्र्तगत प्रदेश स्तरीय भेला र प्रशिक्षणको कार्यक्रम तय गरेको विज्ञप्तीमा जनाएको छ । जसअनुसार प्रदेश १, सुनसरी– श्रावण २५–२६ गते, प्रदेश २, सिमरा– श्रावण १७ गते, प्रदेश न. ३, काठमाडौं– श्रावण १४–१५, प्रदेश न. ४, म्याग्दी– श्रावण ११– १२ गते, प्रदेश न.५, बुटवल– श्रावण ८ –९ गते, प्रदेश न.६, सुर्खेत श्रावण २२–२३ गते, प्रदेश न.७, धनगढी– श्रावण २५ – २६ गते भेला र प्रशिक्षण कार्यक्रम गरिने छ । त्यस्तै भाद्र महिनामा जिल्लाहरुका बैठक, प्रशिक्षण, सदस्यता बितरण लगायतका कार्यक्रम गर्ने ठेगान गरेको छ ।
संघले भाद्र मसान्तसम्म नव युवा गर्जन प्रकाशन गर्ने ठेगान गरेको विज्ञप्ती मार्फत जनाएको छ । बैठक यहि असार २ र ३ गते इलामको फिक्कलमा अनिलकिशोर घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।