छैठौंको गण्डकी प्रदेशले गर्यो “संघीयता विरुद्धको बिद्यार्थी मार्च” कार्यक्रमको उद्घाटन

0
261

१९ मंसिर, तनहुँ । राष्ट्रिय जनमोर्चाको बिद्यार्थी संगठन अखिल (छैठौं) को “संघीयता विरुद्धको बिद्यार्थी मार्च” कार्यक्रम अखिल (छैठौं) गण्डकी प्रदेशले आज आदिकवि भानुभक्त क्याम्पसबाट उद्घाटन गरेको छ । प्रमुख अतिथि युनियनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज क. गणेश अधिकारीले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

अधिकारीले उद्घाटन मन्तव्यमा नेपाल जस्तो सानो, पिछडिएको, आर्थिक दृष्टिकोणले कमजोर, विभिन्न विविधताले भरिपुर्ण रहेको देशमा संघीयताले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा गम्भीर क्षति पुराउने र जनतालाई एकआपसमा बिभाजन गराई देश नै बिखण्डन गर्ने हुँदा बिद्यार्थी बर्ग सचेत बर्ग भएको हुँदा बिद्यार्थी बर्गबाटै नै संघीयता खारेजको लागि दबाब सिर्जना गर्नुपर्ने कुरा बताउनु भयो ।

युनियनका बै. केन्द्रीय सदस्य क. प्रताप पौडेलको सञ्चालनमा अघि बढेको कार्यक्रमको अध्यक्षता युनियनका तनहुँ जिल्ला सचिव क.पुष्पा थापाले गर्नुभएको थियो । कार्यक्रममा बिद्यार्थी भेटघाट, पर्चा वितरण तथा अन्तत्र्रिmया सहित आदिकवि भानुभक्त क्याम्पसको विविस प्रथम वर्षका विद्यार्थीहरु बीच संगठन निर्माण समेत गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here