असौज ६, इलाम । “संघीयता, भ्रष्टाचार र शैक्षिक विकृतीका विरुद्ध हाम्रो आन्दोलन, जनवादी शिक्षा प्राप्तीका लागि प्रथम जिल्ला सम्मेलन” भन्ने मूल नाराका साथ अनेरास्ववियु (छैठौं) को ऐतिहाँसिक प्रथम इलाम जिल्ला सम्मेलन इलामको चुलाचुलीमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन युनियनका केन्द्रीय अध्यक्ष विमल पोखरेलले दीप प्रज्वलित गरि गर्नुभएको थियो ।
सम्मेलनमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेश इन्चार्ज क. सुरेन्द्र भण्डारी, छैठौंका केन्द्रीय सदस्य बबिन राई, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य शिव फुयाल, युवक संघ इलाम जिल्ला सचिव बुद्धिरानी लिम्बु, १ नम्बर प्रदेश सदस्य राज कुमार सम्बाहम्फे, अनेरास्ववियु छैठौंका केन्द्रीय सदस्य नविन पाण्डे, उमेश कंडेल, १नम्बर प्रदेश अध्यक्ष क. देवेन्द्र पौडेल, पूर्व जिल्ला अध्यक्ष बर्तकुमार राई, झापा जिल्ला अध्यक्ष आश्मा मगरले आतिथ्यता तथा सम्मेलन सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो । छैठौंका जिल्ला सहसचिव आशिस जबेगु लिम्बुको सञ्चालन तथा हर्क लावतीको अध्यक्षताबाट उद्घाटन शत्र अगाडि बढेको थियो ।
सम्मेलनले क. बबिन राईको अध्यक्षतामा ११ सदस्य कार्यसमिती चयन गरिएको छ । जसमाः उपाध्यक्ष– श्रेया राई, सचिव– सन बहादुर राई, सहसचिव– रोशन लावती र कोषाध्यक्ष– सुनिता लिम्बु रहेका छन् । त्यस्तै सदस्यमाः मिलन साम्बा, विश्व राई, हर्क मावो, मनिता देवान, सम्झना राई र सुनिता तमाङ रहेका छन् । नवनिर्वाचित अध्यक्षले प्रतिवद्धता प्रकट गर्नुभएको थियो ।