चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पश्चिम नगर समिति अन्तर्रग अम्बातुर एको २३औ, अम्बातुर सि को १९औं, किल्पाकको २१औं, कोयामवेडुको दोश्रो र चेटपेट एरिया समितिको २१औं संयुक्त एरिया सम्मेलन सम्पन्न भएको छ ।
सर्बहारा बर्गका महानगुरू लेनिनको १४९ औं जन्म दिन र नेकपाको ६९ औं स्थापना दिवसको अवसर पारेर चेन्नईको आन्नानुरमा सम्मेलन सम्पन्न भएको हो । किल्पाक एरिया समितिका अध्यक्ष नेत्र शर्माको अध्यक्षता र पदम पौडेलको कार्यक्रम सञ्चालनबाट अगाडि बढेको सो सम्मेलनमा उपस्थित जसमुदायलाई कोयामवेडु एरिया समितिका सचिव राजु अधिकारी र रक्तिमका कलाकारहरुले स्वागत गरेका थिए ।
सयुंक्त सो सम्मेलनको उद्घाटन चेन्नई पश्चिम नगर समितिका अध्यक्ष केशमान नेपालीले तालीको करतालमा दीप प्रज्वलित गरेर गर्नुभएको थियो । सम्मेलनले क्रमस नया समितिको चयन गरेको छ ।
कोयामवेडु एरिया समिति
अध्यक्ष– कृष्ण ढकाल, उपाध्यक्ष– भूपि पौडेल, सचिव– राजु अधिकारी, सहसचिव– दिननाथ शर्मा, कोषाध्यक्ष– एकादेव शर्मा रहेका छन् । त्यस्तै सदस्यहरुमा: पुष्पराज शर्मा, रमाकान्त शर्मा, शिव शर्मा, किशोर शर्मा, चान्ताराम शर्मा, हेमराज रिजाल, बैकल्पिक सदस्यहरुमा बल बहादुर पाठक, महेन्द्र बस्याल र कृष्ण रिजाल रहेका छन् । सम्मेलनले धन बहादुर थापा, चन्द्रेश्वलर शर्मा, तेजेन्द्र बहादुर क्षेत्री, चोभनाथ शर्मा र अर्जुन हमाललाई सल्लाहकार चयन गरेको ।
चेटपेट एरिया समिति
अध्यक्ष– कृष्ण डोल बहादुर नेपाली, उपाध्यक्ष– पूर्ण परियार, सचिव– जीवन अधिकारी, सहसचिव– कमल नेपाली र कोषाध्यक्ष– सरिता केसी रहेका छन् । त्यस्तै सदस्यमा: लंक नेपाली, सुरज नेपाली, डील बहादुर नेपाली, लक्ष्मी नेपाली बैकल्पिक सदस्यहरुमा कर्ण बहादुर बस्याल र बुद्ध गुरुङ रहनुभएको छ । त्यस्तै गुरू प्रसाद शर्मा र हिमाल बिकलाई सम्मेलनले सल्लाहकार चयन गरेको छ ।
अम्बातुर सि एरिया समिति
अध्यक्ष– प्रेम नेपाली, उपाध्यक्ष– टेक बहादुर थापा, सचिव– मोहराज चालीसे, सहसचिव– नबीन बस्या र कोषाध्यक्ष धनिश्वर शर्मा र रहेका छन् । त्यस्तै सदस्यमा: हिरामणी शर्मा, सिता घिमिरे, माया थापा, भिम बहादुर थापा, बैकल्पिक सदस्यहरुमा मन्दीप राई र ओम बहादुर विक रहेका छन् । सम्मेलनले पूर्णकला चालीसे र दुर्गा बहादुर राईलाई सल्लाहकार चयन गरेको छ।
अम्बातुर ए एरिया समिति
अध्यक्ष– अर्जुन केसी उपाध्यक्ष– चन्द्रीका पौडेल, सचिव– पदम प्रसाद पौडेल, सहसचिव– डिलबहादुर जीएम, कोषाध्यक्ष– पुष्पा पौडेल रहेका छन् । त्यस्तै सदस्यमा: दुर्गा बहादुर रायमाझी, तिलक शर्मा, चिन्तामणी शर्मा, चन्द्र बहादुर लुंगेली बैकल्पिक सदस्यहरुमा पदम माया नेपाली र मनिलाल नेपाली रहेका छन् । सम्मेलनले केशमान नेपाली र सुनिल बिक सल्लाहकार चएन गरेको छ ।
किल्पाक एरिया समिति
अध्यक्ष– याम कुमार नेपाली, उपाध्यक्ष– भीमा खनाल, सचिव– पशुपति शर्मा, सहसचिव– कृष्ण खनाल र कोषाध्यक्ष– नेत्रलाल शर्मा रहेका छन् । त्यस्तै सदस्यमा: तारा नेपाली, युवाराज शर्मा, जीवन सुनार, दयाराम खनाल बैकल्पिक सदस्यमा ओवीराम र सरिता रहेका छन् । त्यस्तै सम्मेलनले इन्द्र नेपालीलाई सल्लाहकार चयन गरेको छ भने एक स्थान रिक्त रखेको छ ।
नव निर्वाचित पदाधिकारीहरूको घोषणा नगर समितिका कोषाध्यक्ष बुद्दीराम पौडेलले गरेका थिए । मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष देवबहादुर लामिछाने, केन्द्रीय सदस्य महेन्द्र बस्याल, भिम बहादुर थापा, मदन शर्मा, मोहराज चालिसे, क्षेत्रीय प्रतिनिधि दयाराम खनाल, लक्ष्मी पंथी, उमानन्द शर्मा, ज्योतीनारायण शर्मा र नगर सदस्य हरी लगायतले सम्मेलन नव निर्वाचितहरुलाई वधाई दिनुभएको थियो ।