चेन्नई पश्चिममा महिला नगर विभाग गठन

0
243
चेन्नई, २९ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति चेन्नई पश्चिम अन्तर्गत महिला नगर विभागको भेला सम्पन्न भएको छ । भेलाको अध्यक्षता चन्द्रिका पौडेलले र सञ्चालन पुष्पा पौडेलले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई सुनिता बस्यालले स्वागत गर्नुभएको थियो ।
            भेलाको विधिवत उद्घाटन केन्द्रीय सदस्य मदन शर्माले गर्नुभएको थियो । लक्ष्मी पन्थी, कुल बहादुर थापा, देवी रिजाल, मायाँ थापा, दयाराम खनाल, अर्जुन केसी, शारदा खनाल र भिमा खनालले भेला सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।
             भेलाले चन्द्रिका पौडेलको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । जसमाः सचिव– पुष्पा पौडेल, कोषाध्यक्ष भिमा खनाल रहेका छन् । त्यस्तै सदस्यमाः मायाँ थापा, सुनिता बस्याल, तारा नेपाली, सिता घिमिरे, लिला केसी, सरिता केसी, देवी रिजाल, पार्वती केसी, लक्ष्मी नेपाली, भगवती शर्मा, मैना अधिकारी, शारदा खनाल, कमला शर्मा, जमुना केसी, शान्ता रसाइली, चन्द्रीका रिजाल र सिता परियार रहेका छन् ।  नयाँ समितिको घोषणा लक्ष्मी पन्थीले गर्नुभएको थियो ।
            नयाँ समितिलाई केशमान नेपाली, दुर्गा सुवेदी, पदम पौडेल, नेत्रलाल शर्मा, राजु अधिकारी, जुना शर्मा, पशुपति शर्मा र काशीराम शर्माले बधाई मन्तव्य दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here