चेन्नई, ६ नोभ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पूर्व, पश्चिम, उत्तर र दक्षिण नगर समितिको संयुक्त आयोजनामा प्रगतिलिशी भैलो आन्नानुरको रेलवे हलमा भव्य साँस्कृतिक कार्यक्रम सहित सम्मपन्न भएको छ ।
नेपाली कला संस्कृतिलाई प्रगतिशील ढंगमा परिमार्जित सहित देश र जनताका मर्महरूलाई गित र नृत्यमा प्रस्तुत गरि कलाकारहरूले अत्यान्तै मार्मिक ढंगमा भैलो प्रस्तुत गरेका थिए । उक्त भैलोकार्यक्रमलाई आर्थिक नैतिक र भौतिक सहयोग गर्न ठूलो संख्यामा उपस्थित जनमानसले हल खचाखच भरिएको थियो ।
सो भैलो कार्यक्रमका प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष तथा क्षेत्रीय समितिका अध्यक्ष देव बहादुर लामिछानेले पानसमा बत्ति जलाएर भैलो उद्घाटन गर्नुभएको थियो ।
लामिछानेले उद्घाटन मन्तव्यमा प्रवासमा छरिएर रहेका आमनेपाली जनताको एक मात्र अविभावकीय संगठन मूल प्रवाहले उनीहरूलाई संगठित मात्र नभएर नेपाली कला संस्कृतिको प्रगतिशील ढंगबाट भव्य र सव्य रूपमा जगेर्ना गर्न पनि सिकाएको औंलाउनुका साथै दुइतिहाई समर्थन प्राप्त सरकारले देश तथा बिदेशमा रहेका नेपाली जनताका जल्दाबल्दा समस्याहरू समाधान गर्न असमर्थ रहेको बताउनु भयो ।
त्यस्तै मूल प्रवाह केस भिम बहादुर थापा, मदन शर्मा, मोहराज चालीसे, विद्यार्थी केन्द्रीय उपाध्यक्ष बिक्रम केसी, क्षेत्रीय सदस्य ज्योतिनारायण सुवेदी, काशीराम शर्मा, केशमान नेपाली, बोमलाल बसेल, क्षेत्रीय प्रतिनिधि दयाराम खनाल, राजमो बर्दीया जिल्ला अध्यक्ष युवराज ढकाल, युवक संघ रूपन्देही जिल्ला सचिव गणेश थापा, नगर प्रतिनिधि तिलकराम जिटी, उत्तर नगर सदस्य फूलमाया केसी र पश्चिम नगर सदस्य पुष्पा पौडेलले भैलो कार्यक्रमलाई शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रमको अध्यक्षता पश्चिम नगर समितिका अध्यक्ष हेमराज रिजालले र स्वागत भाषण पूर्व नगर सचिव कोटी प्रसाद पोख्रेलले गर्नुभएको थियो । संगितबाट रक्तिमका अभियानका कलाकारहरूले स्वागत गर्नु भएको सो भैलो कार्यक्रममा आर्थिक नैतिक तथा भौतिक सहयोग पुराउने संमाननीय आम नेपाली जनता तथा कार्यक्रम सफल पार्न सकृयभूमिका खेल्नुहुने सम्पूर्ण टिमलाई दक्षिण नगर समितिका सचिव लोकेन्द्र पौडेलले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रम संचालन उत्तर नगर अध्यक्ष उमान्नद आचार्यले गर्नु भएको थियो ।