चिदाम्बरममा तीजि कार्यक्रम सम्पन्न

0
148

चिदाम्बरम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर महिला विभागको आयोजनामा २०७५ सालको तीजि कार्यक्रम भव्य र सानदार रुपमा सम्पन्न भएको छ । संगिता गन्धर्वको सञ्चालन तथा दुर्गा देवि हमालको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा अतिथिहरुको आसन ग्रहण पछि शहितहरुप्रति एक मिनेट मौनधारणा पश्चात बबिता गायकले स्वागत मन्तव्य दिनुभएको थियो ।

कार्यक्रमको उद्घाटन क्षेत्रीय सदस्य गोकुल बहादुर गायकले गर्नुभएको थियो । त्यस्तै जीवन पराजुली, सुर्यमान गिरी, देवेन्द आचार्य, नगर अध्यक्ष मोहराज शर्मा, रक्तिम क्षेत्रीय विभागका बालकृष्णा गायक, परिषद सदस्य हेम बहादुर गन्धर्वले महिलाहरुलाई तीजको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा महिलाहरुले समसामयिक राजनैतिक बिषय तथा महिला हक अधिकार र समानता सम्बन्धी प्रगतिशिल गितहरु र नृत्य प्रस्तुत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here