चित्र बहादुर केसीको ओलीलाई प्रश्न : लिम्पीया धुराबारे चीनमा किन मौन बस्नु भो ओली ज्यू ?

0
1062
नयाँ दिल्ली, १ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नयाँ दिल्ली–ओखला संयुक्त नगर सम्मेलन सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसीले दिप प्रज्वलित गरि सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।
         केसीले उद्घाटन मन्तव्यमा राष्ट्रियताबारे बोल्दै केसीले विगत लामोदेखि भारतले नेपाललाई आफ्नो संघमा गाभ्ने कोशिस गरिरहेको बताउनु भयो । “सरदार बल्भव पटेलले हिमालको काखमा भएका तीनवटै राजतन्त्रात्मक देशहरुलाई भारतको संघमा गाभ्ने कसरत गरेका थिए । जस मध्य उनी सिक्किमलाई भारतको राज्यमा परिण गराउन सफल भए, भुटानलाई बफर स्टेटको रुपमा परिणत गरे तर नेपाललाई सकेनन् ।” केसीले भन्नु भयो “विगतमा पत्यक्ष हस्तक्षेपबाट असफल भएको भारतले हालका दिनहरुमा पनि विभिन्न बहनामा नेपाललाई आफ्नो संघमा गाभ्न खोजिरहेको छ ।” केसीले भारतले आफ्नो राज्य बनाउन गरेको कसरत फिलहाललाई टरेको समेत बताउनु भयो ।
          सन १९४८ देखि नै भारतले नेपाललाई आफ्नो संघमा समाबेस गर्ने कोशिस गर्दै आएको केसीले बताउनु भयो । “त्यतिवेलाका उपप्रधानमन्त्री बल्लभभाई पटेलले हैदरावाद र कश्मिरलाई जस्तै हतियारको भरमा नेपाललाई पनि निल्ने कोशिस गरेका थिए तर जवाहरलाल नेहरुको लोएल राजनीतिक दृष्टिकोणका कारण भारत पछि हटेको थियो ।” केसीले अगाडि भन्नु भयो “नेपालको पूर्व काकडभित्तादेखि पश्चिम कञ्चनपुरलाई एक मधेश, एक प्रदेशको माग अन्तर्गत अलग्याउने पृथकतावादीहरुको माग भारत कै इसारामा भएको थियो ।”
             नेपाललाई तीन तीरबाट भारतीय भूमिले घेरेको र त्यसैको दूरुपयोग गरेर भारतले नेपालको अर्थतन्त्रमा समेत नोक्सान पुर्याउँदै आएको केसीले बताउनु भयो । “संसारको कुनै पनि देशमा जानका लागि नेपाललाई भारतसँग व्यापार तथा पारवाहन सन्धि गर्नु पर्ने हुन्छ, तर उसले आफ्नो फइदालाई हेरेर मात्रै पारवाह सझौता गर्दछ । त्यसले गर्दा नेपाल भारतसँग मात्रै निरभर हुनुपर्ने भएको छ ।” केसीले भन्नु भयो “कलकत्ता बन्दरगाहमा हजारौं टन सामानहरु विदेशबाट आउँछ, तर बन्दरगाहमा समेत भारतले अवरोध पैदा गर्ने गरेकाले समयमा सामानहरु नेपाल नपुग्ने अवस्थाले नेपालको अर्थतन्त्रलाई समेत नोक्सान पुर्याउँदै आएको छ ।”
           पटक पटक नाकाबन्दी जस्तो अमानवीय कार्य गर्दै आएको भारतले अहिले पनि नेपालमा विभिन्न चलखेल गर्दै आइरहेको केसीले बताउनु भयो । भारत र चाइनाको बीच नेपाली भूमि लिम्पीया धुरालाई अन्तर्राष्ट्रिय व्यापारीक ट्रान्जीट बनाउने सझौता गरेका छन्, त्यसले बारे प्रधानमन्त्री ओलीले चीनीया राष्ट्रपति सिजिपिङसँग कुरा उठाउन नसक्नु राम्रो पक्ष नभएको केसीले बताउनु भयो । प्रम ओलीको चीन भ्रमणको सन्दर्भमा दुई देश बीच विभिन्न सम्झौताहरु भएका छन् त्यो कार्य राम्रो रहेको केसीको भनाई थियो । केसीले दुई देश बीच भएका सम्झौताहरु र हाल भएका सम्झौताहरु कार्यान्वयन भएमा भारतको हस्तक्षेप समेत कम हुने केसीको आंकलन थियो ।
            केसीले राष्ट्र सानो हुँदैमा कुनै फरक नपर्ने बताउनु भयो । राष्ट्रले अंगाल्ने नीति तथा कार्यक्रम र राष्ट्रियता सम्बन्धि अन्तर्राष्ट्रिय स्तरको खेल्नु पर्ने महत्वपूर्ण कुटनैतिक पहलमा नै भरपर्ने बताउनु भयो ।
          “श्रमजीवीहरुको नेतृत्वमा जबसम्म सरकार बन्दैन तबसम्म श्रमजिवी जनताको अपेक्षा पुरा हुँदैन ।” केसीले भन्नु भयो– “श्रमजिवी वर्गको नेतृत्वमा सरकार गठन हुनका लागि नयाँ जनवादी क्रान्ति सम्पन्न हुनु पर्ने आवश्यकता छ ।” निः शुल्क स्वास्थ्य, शिक्षा, रोजगार र आवासमा जनताको पहुँच अनिर्वाय सर्त रहेको समेत केसीले जोड दिनु भयो ।
            प्रवासमा भावनात्मक राजनीति गर्ने तपाईहरु स्वदेशमा पुगेर प्रत्येक्ष राजनीतिक संघर्ष गर्न सक्नका लागि भारत प्रवासमा संगठनलाई अझै मजबुत बनाएर लौजानु पर्ने नेता केसीले बताउनु भयो । “तपाईले कमाएको सम्पत्ती तपाईको मात्रै हुन्छ । तर संगठनमा पुर्याएको योगदान जनताको मुक्तिका लागि महत्वपूर्ण योगदान हुन्छ ।”
            विगतमा संगठन माथि विभिन्न अवसरवादीहरुले गर्दै आएको प्रहारलाई एकता समाजका कार्यकर्ताहरुले परास्त गरेको केसीले बताउनु भयो । “अहिले पनि संगठन माथि कालो बादल मडारिन सक्छ, कार्यकर्ताहरु चनाखो हुन पर्दछ ।”
             उद्घाटन कार्यक्रमको सञ्चालन तिलक पाण्डेले र अध्यक्षता शिव केसीले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई पहलसिंह परियारले स्वागत गर्नुभएको थियो ।
           केन्द्रीय समितिका सल्लाहकार हरि आचार्य, सचिव ठाकुर खनाल, सदस्य मतिराज गौतम, लालचन्द पन्त, क्षेत्रीय समितिका विशंकर पराजुली, महिला विभागका शारदा खनाल, नेपाली समाचार साप्ताहिकका सहसम्पादक धनवीर पुन लगायतको आतिथ्यता रहेको थियो ।

नयाँ दिल्ली नगर समिति :

           अध्यक्ष– बिन बहादुर केसी, उपाध्यक्ष– तिलक खनाल, सचिव–  बिष्णु खनाल, सहसचिव– सालिकराम पौडेल र कोषाध्यक्ष– राम बहादुर जिएम रहेका छन् । त्यस्तै सदस्यमाः शिव केसी, मुक्ती भुसाल, पहल सिंह परियार, टेक बहादुर थापा, झबिलाल खनाल, निरज पुन, इन्द्रमणी भुसाल, सन्दिप भाट, सीता केसी र मनबहादुर पुन । बैकल्पिक सदस्यहरुमाः बालकृष्ण पुन, कुलमान सारु, कृष्ण पाण्डे, ओम प्रकाश केसी र करण पुन रहेका छन् । त्यस्तै सम्मेलनले शिबलाल आचार्य, प्रेम जिएम, यमबहादुर केसी, आरबी रायमाझी, श्याम खड्का, लाल बहादुर कुँवर, राजु परियार, दिनेश पन्थी र दिपक भुसाललाई सल्लाहकार चयन गरेको छ ।

ओखला नगर समितिः

अध्यक्ष– बिजय खनाल, उपाध्यक्ष– केशब थापा, सचिव– कन्या गुरुङ, सहसचिव– रिम कुमार जिएम र कोषाध्यक्ष– नर बहादुर रेश्मी रहेका छन् । त्यस्तै सदस्यहरूमाः प्रविण गुरुङ, गोपाल चौधरी, गिता पौडेल, ज्ञान बहादुर खड्का, बिक्रम केसी, ज्ञानेन्द्र पौडेल, हरि ज्ञवाली, बैकल्पिक सदस्यमाः सञ्जु नेपाली, सुरज परियार र भिम गुरुङ रहेका छन् । त्यस्तै सम्मेलनले नरेन्द्र प्रसाद भुसाल, तिलक पान्डे दिपमाला गुरुङ, अर्जुन खड्का र वीर बहादुर बुचालाई सल्लाहकार चयन गरेको छ । सल्लाहकारको एक स्थान रिक्त राखिएको छ ।
          घोषणा सभाको अध्यक्षता तिलक पाण्डेले र सञ्चालन शिव केसीले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई मुक्ति भुसाल र रक्तिमका कलाकारहरुले स्वागत गर्नुभएको थियो ।
मूल प्रवाहका केन्द्रीय सल्लाहकार तथा पूर्व सांसद हरि आचार्य, केन्द्रीय सचिव ठाकुर खनाल, सदस्य मतिराज गौतम, नारायण शर्मा, लालचन्द पन्त, सल्लाहकार सूर्य बहादुर क्षेत्री, क्षेत्रीय समितिका सचिव विशंकर पराजुली, महिला विभागबाट शारदा खनाल, जनजाति विभागबाट बल बहादुर रेश्मी, समता विभागबाट राम बहादुर विक, रक्तिम विभागबाट धर्म खनाल, नेपाल रेमिटेन्सका अनर देबेन्द्र कुंवर, नेपाली समाचार साप्ताहिकका धनवीर पुन, नेपाल वानका इन्द्रकमल जैरु, अर्घाखाँची डटकमका बाबुरोका, विद्यार्थी संघका अजय रेश्मी, मध्य पश्मिचोत्तर महिला विभागबाट कृष्टी राई, जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।
            गुडगावका रणबहादुर थापा, फरीदावादका बाबुराम विष्ट, रोहतकका रेशम विक, पुरानी दिल्लीका रामु धमाला, भिवानीका दिल बहादुर भट्टराई, गाजीयावाद हरि जिएम, भिवाडीका किशोर राई, रेवाडीका ज्ञानप्रसाद भुसाल, पूर्वी  दिल्लीका चक्रसिंह केसी लगायतले नवनिर्वाचित समितिलाई बधाई दिनुभएको थियो ।
              कार्यक्रमको अन्तमा रक्तिमका कलाकारहरु द्वारा भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here