चार कम्यूनिष्ट पार्टीहरु एकताका लागि नजिक

0
407

काठमाडौं, ९ चैत्र । नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीको संयुक्त बैठक सम्पन्न भएको नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले बताउनु भएको छ ।

महामन्त्री सिंहले एक प्रेस विज्ञप्ती जारी गरी भन्नु भएको छः “बैठकमा पार्टी एकताका लागि आधार तयार पार्न छलफल र बहस गर्दै जाने र सहमति भएका विषयमा संयुक्त आन्दोलन गर्ने ठेगान भएको छ ।” आन्दोलनका ठोस कार्यक्रम बनाउन छिट्टै अर्काे बैठक बस्ने निर्णय भएको सोही विज्ञप्तीमा उल्लेख छ ।

देशमा विभिन्न राजनीतिक शक्तिहरुको धुर्वीकरण भइरहेको यो परिवेशमा क्रान्तिकारी शक्तिहरु पनि एकजुट हुन लागेको बैठकमा सहभागि एक नेताले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here