गायक पशुपति शर्मा माथि अभद्र व्यबहार

0
3372

सरोज न्यौपाने, प्युठान ,
प्युठान उद्योग वाणिज्य संघको आयोजनामा संचालन भइरहेकोे स्वर्गद्वारी-प्युठान चौथो महोत्सवमा अतिथि कलाकारका रूपमा सहभागी चर्चित लोक दोहोरी गायक तथा सर्जक पशुपति शर्मामाथि दुर्ववहार भएको छ ।

भ्रष्टाचार विरुद्ध सिर्जना गरिएको “लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपाल मै हो छुट” बोलको गीत प्रस्तुत गरिरहेका बेला नेकपाबाट निर्वाचित जनप्रतिनिधि, विगतमा उद्योग वाणिज्य संघको नेतृत्व गरेका व्यक्तिको निर्देशनमा उक्त गीतलाई रोक्न लगाइएको थियो । यसलाई दर्शक दिर्घामा बसिरहेका दर्शकले कडा रूपमा विरोध एवं उक्त कायर् गतिविधिको प्रतिकार गर्न खोजेका थिए ।

माहोल सामान्य बनेपछि शर्माले उहि गीत -लुट्न सके लुट…… पुनः सुरु गरे । साथै जसले आफ्नो गीत प्रस्तुत गर्नबाट रोक्ने प्रयास गरेका थिए, उनीहरुप्रति लक्षित गर्दै आफ्नो गीत रोक्न खोज्नेहरु सामाजिक अपराध भ्रष्टाचारमा जोडिएको हुनसक्ने भन्दै सार्वजनिक रूपमा मंचबाट आक्रोश पोखे ।

हामीलाई स्मरण छ, अहिलेको प्युठान उद्योग वाणिज्य संघ र महोत्सव मुल आयोजक समितिको संयोजक नेकपा निकट व्यक्ति हुनुहुन्छ । आफ्नै अध्यक्षले अतिथि कलाकारको रूपमा निमन्त्रणा गरेका कलाकारलाई पार्टीका जननिर्वाचित जनप्रतिनिधि, विगतमा संगठनको नेतृत्व गरेर आएका व्यक्तिहरु कै संलग्नतामा अपमान गरिनु अत्यन्तै निन्दनीय र भत्सर्नायोग्य कदम हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here