गजल

0
160

दल बहादुर शाही, कैलाली

आफैले पनि जिउने तरिका जुटाउन सक्छौं।
परिवार पाल्नलाई पसिना छुटाउन सक्छौं।

जाबो शरिरमा कपडा दुई छाक खानालाई
आफ्नो स्वदेश भित्रै गिट्टी फुटाउन सक्छौं।।

त्यती कमजोर पनि नठान हामी महिलाहरु
चाहे पछी कसैको इत्जत लुटाउन सक्छौं।।

हामीलाई पैतलाको धुलो देख्न छोडेनौं भने
चुट्कीमा तिम्रो सम्बन्धलाई टुटाउन सक्छौं।।

लक्ष्मी र सरस्वतीको रुप धारण गर्नै पर्दैन
स्वयम नारीले नै चल्ने सास चुटाउन सक्छौं।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here