गजल

0
230
ङा गाउँलेनी

मेरै सालिक बनाएर चोकमा बसाल्नु छ मलाई ।
अनि कत्तिको रमिता बन्छु नियाल्नु छ मलाई ।

सुन्नुहोस् मानो छरी मुरी फलाउने कोसिस गर्दैछु।
किनभने गरीबहरुको फाटेको मन टाल्नु छ मलाइ।

पुग्नु छ कतै दूर गन्तव्य र मेटाउनु छ मेरा लक्ष्यहरु।
बिना चप्पल काडाँमा पनि कदम चाल्नु छ मलाई ।

चोरहरुको बिचमा सज्जन पनि चोर देखिँदो रहेछ।
नजरले आन्दाज गर्ने मान्छेको बानी पखाल्नु छ मलाई।

अब मैले मेरो मुटुको सल्यक्रिया गर्ने सोचमा छु।
किनभने निष्ठुरीका यादहरु काटेर फाल्नु छ मलाई।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here