गजल: महिँलाको उपहास भएको छ

0
140
सुरेशकुमार पान्डे

-सुरेशकुमार पान्डे

संसार मै पुँजिवादको हार भएकोछ,
नारीको तस्विरमा प्यापार भएकोछ।

सुन्दरी प्रतियोगिता र मोर्डलिङ्ग हेरौँ,
देश बिदेश भरी नै भरमार भएकोछ।

आधा आकासको उपहाश गरेरपनि,
धनिको योजना साहकार भएकोछ।

कट्पुत्लि जस्तै झन सिँगारे पछि ता,
मानवता नै आज तार तार भएकोछ।

आफ्नै अधिनमा राखेर पुरुश हरुले,
महिला माथि सधै हकदार भएकोछ।

छोरा छोरी कोई काखा र कोई पाखा,
छोरीलाई जिवन कारागार भएकोछ।

घरकै हेला अनि माईतिकै पनी हेँला,
मत्लव निक्ले बिषालु झार भएकोछ।

सम्पति बिना त चेलि बेटिहरुको यँहा,
जिन्दगीनै दुखैःदुख को घार भएकोछ।

महिला पुरुश बरा बरी हुँन तरपनि ता,
पुरुश प्रधान समाजले दरार भएकोछ।

समाजिक ब्यबहार लाई गहिररी हेरौँत,
महिला ढाल र पुरुश तरवार भएकोछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here