गजल
- सुरेशकुमार पान्डे
एम सीसी को बिरुद्धको सोर छ जताततै,
जनतामा आक्रोशनै घनघोर छ जताततै।
जनताले देश को लागि लडेका हुँन्छन तर,
सरकारको एम सीसीमा जोर छ जताततै।
अंग्रेज साम्राज्यवाद ले नयाँ जाल फाल्यो,
यसभित्र लुकेको नियती फोर छ जताततै,
बिस्तारै देश लाई गुलाम बनाउँने रण नीति,
त्यसैको लागि बलियो यो डोर छ जताततै,
छैनन् कोई शाधु संत आ-आफ्नै स्वार्थमा,
जनता जागा बसे लुटेरा चोर छन जताततै।