क्रिकेट रंगशालालाई चितवन समाज स्पेनले झण्डै दुई लाख पचास हजार रूपैयाँ सहयोग गर्ने

0
336

बार्सिलोना । चितवन समाज स्पेनले चितवनमा बन्दै गरेको अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई झण्डै दुइ लाख पचास हजार नेपाली रुपैयाँ सहयोग गर्ने भएको छ ।

समाजले धुर्मुस सुन्तली फाउन्डेसन द्वारा निर्मणाधिंन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला सहयोगार्थ नेपाली चलचित्र “सेन्टि भाईरस” गत २ मार्चमा बार्सिलोनामा प्रदर्शन गरेको थियो । चलचित्र प्रदर्शनमा प्राविधिक कमजोरी रहेको भन्दै चलचित्र आंशिक रुपमा मात्र प्रदर्शन गरिएको थियो ।

टिकट काटेर चलचित्र हेर्न हलभित्र बसेका दर्शकहरु आंशिकरुपमा मात्र चलचित्र प्रदर्शन हुँदा केही खल्लो महसुस गरेको थिए । यद्यपी विशुद्ध सामाजिक कार्यको लागि उक्त कार्यक्रम आयोजना गरिएको हुँदा दर्शकहरु चलचित्र पूरा हेर्न नपाए पनि रंगशालालाई सहयोग भएकोमा भने खुशी थिए ।

चलचित्र प्रदर्शनको क्रममा भएको सम्पूर्ण खर्च चितवन समाज स्पेनले आफै व्यहोर्ने आयोजकले जनाएको छ । चलचित्र प्रदर्शनको क्रमका भएको कमिकमजोरीका कारण दर्शकहरुमा पर्न गएको असुविधा प्रति आयोजकले  क्षमायाचना गरेको थियो ।

उक्त दिन केही दर्शकहरुको टिकटको रकम फिर्ता गरिएको भएपनि वाँकी टिकटबाट संकलित रकम दुई हजार युरो पुरै रकम गौतम बुद्ध अन्तराष्टिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ धुर्मुस सुन्तली फाउन्डेसन लाई प्रदान गर्न लागिएको हो । अव छिट्टै समाजको बैठक बसेर उक्त रकम नेपाल पठाइने पनि समाजका सचिव विनय अधिकारीले ई–मिसन खबरलाई जानकारी गराउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here