कोरोना भाइरस र विश्वव्यापी आर्थिक संकट

1
127

-अपत्य शर्मा
विश्वका अधिकांश मुलुकहरु सामाजिक, आर्थिक, राजनैतिक तथा सांस्कृतिक रुपले एक आपसमा अभिन्न रुपले गाँसिएका छन् । यसकारण एकअर्काको समृद्धि, पतन र टाट पल्टाईले अन्तर सम्बन्धित मुलुकहरुमा पनि ठूलो प्रभाव पार्छ । सन् २००८ को अमेरिकामा आएको आर्थिक मन्दीले यूरोप र अमेरिकालाई विशेष क्षति पु¥यायो । जब कि कोरोना भाइरस विश्वव्यापी हुँदैछ । यो भाइरस चीनको वुहानबाट उत्पत्ति भएर यो विश्व व्यापी हुनुमा प्रभावित क्षेत्रबाट आवतजावत गर्ने यात्रीहरुले गर्दा फैलिएको विश्लेषण गरिंदैछ । एकथरीले यो भाइरस प्रयोगशालाबाट चुहिएको बताउँछन् भने अर्काथरीले यो कोरोना भाइरस अमेरिकाले चीनको अर्थ राजनीतिलाई ध्वस्त गर्न प्रक्षेपण गरेको आशंका व्यक्त गरेका छन् । यसको वास्तविकता अँझै अन्धकारमै रहेको छ ।

कोरोना भाइरस एसियालीप्रति घृणा व्यक्त गर्ने हतियारको रुपमा पनि अमेरिकी तथा यूरोपेली मुलुकहरुले लिएका देखिन्छन् । अमेरिकामा गोराहरुले कोरोना ल्याउने भनेर एसियाली मूलका अमेरिकीमाथि नै आक्रमण गरेको समाचार पनि आउन थालेका छन् । अमेरिकामा कोरोनाको यति ठूलो त्रास फैलिएको छ कि केही ठूला राज्यमा संकटकाल नै लागु गरिएकोमा ट्रम्पले महाविपत कालकै घोषणा गरेका छन् । स्टोरहरुमा सामान रित्तिएका छन् भने मूल्यबृद्धि दोब्बर भन्दा बढी भएको छ । सुव्यवस्थित व्यवस्थामा चलेको बताइए पनि व्यापारीलाई पुँजीवादी स्वतन्त्रता भएकाले जसरी पनि नाफा गर्ने छुुट हुन्छ । किनभने बजारले बजारलाई नियन्त्रण गर्छ भन्ने पुँजीवादी मान्यता छ । कोरोनाको सन्त्रासले गर्दा अमेरिकामा पनि माक्सको अभाव हातलाई किटाणु रहित गर्ने स्टेरलाइजरको पनि अभाव हुनुमा मानिसहरुले माक्स र स्टेरलाइजरका ठूलो परिमाणमा खरिद गर्नु हो । अमेरिकी अर्थ बजारमा स्टक मार्केट सन् २००८ को स्तरमा झरेको छ । अमेरिकी बजारका मूल्यले अमेरिकामा यसै वर्ष आर्थिक संकट आउने र वर्षौंसम्म यसको असर रहने छ भनेर अर्थशास्त्रीहरुले विश्लेषण गरेका छन् । राष्ट्रपति ट्रम्पले अस्थायी रुपमा तलबमा लगाइएको कर कटौती गर्ने घोषणा गरेका छन् । निकट भविष्यमा अरु आर्थिक नियमहरुको घोषणा गर्ने छन् । फेडरल रिजर्भ बैंकले अल्पकालीन समयका लागि व्याजमा कटौतकिो घोषणा गर्ने छन् । एक प्रतिशतबाट ०।५४ मा झार्ने छ । फेडरल रिजर्भले सुन्यमा लगानीकतर्ताहरुले झार्ने आशा गरेका छन् ।

तेलको मूल्यमा आएको अवरोधले गर्दा तेलको उत्पादनमा समस्या ल्याएको छ । उपभोक्ताहरुले अमेरिकी तेल सस्तो हुँदा फाइदा नै पुग्छ तापनि सेल ग्याँस कारखाना बढेर उर्जा निर्यातक मुलुकक भएपछि यसको सन्तुलनमा परिवर्तन ल्याएको छ तर अमेरकी अर्थतन्त्रमा सस्तो भन्दा सस्तो उर्जा अर्थतन्त्रमा कस्तो असर पर्छ भन्ने कुराको निक्र्योल गरिएको छैन । सस्तो तेलले गर्दा उर्जाका उपकरणहरुको शेयरको मूल्य घट्दै गएको छ । कोरोना भाइरसले कतिसम्म क्षति पु¥याउँछ भन्ने तथ्य अनिश्चित छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीनको वुहानमा आएको कोरोना भाइरसले विश्व अर्थतन्त्रलाई आर्थिक संकटमा धकेलिदिएको छ । चीन नै विश्वलाई आर्थिक संकटको कारण भन्दै आफूलाई विश्वको सर्वश्रेष्ठ सभ्य भन्ने अमेरिकी साम्राज्यवादी तथा विकसित पुँजीवादी मुलुकहरुका जातिवादी असभ्य बर्बरताको विगतमा परिचय बनाएका र वर्तमानमा पनि अमेरिकी गोरा अन्धराष्ट्रवादीदेखि इस्किन हेडहरु जो नाजीवादका समर्थक जर्मनीदेखि अन्य मुलुकहरुमा पनि क्रियाशील छन् । यूरोपेली मुलुकहरुमा घोर दक्षिणपन्थीहरुले सत्ता समाल्दैछन् । यस्ता दक्षिणपन्थीहरुमा एसियाली, अफ्रिकाली तथा ल्याटिनी जनताप्रति बेला बेलामा जातिभेद, रंगभेद, नश्लभेदका आधारमा घृणा व्यक्त गर्दै बर्बर आक्रमणलाई बढाउँदै छन् । किनभने कोरोनाका कारण आएको आर्थिक संकटले गर्दा बेरोजगार हुन परेको अभियोग आप्रवासी एसियाली अफ्रिकाली आदिलाई लगाइरहेछन् ।

चीनदेखि ६ हजार माइल टाढा रहेको सिकागोको मुख्य एयरपोर्टको ओ हारे अन्तर्राष्ट्रिय विमानस्थल छ । त्यसका लागि यात्रुहरुका लागि पछाडि बोक्ने ९रुस साइट० झोला र टुरिस्टहरुका लागि पकेट पकेट भएका अगाडि भिर्ने र ओछ्यान आदि सामानहरु उत्पादन गर्ने स्मेरलिङ नोर्डस्ट्रोमराक र अमेजन –विश्वव्यापी हरेक किसिमका खुदा व्यापार गर्ने० का सामानहरुले गोदाम भरिएका छन् । हाल कोभिड १९ ले गर्दा जापान, दक्षिण कोरिया, यूरोप र अमेरिकालाई आर्थिक संकटको सामना गर्नु परेको छ । ठूलो कर्पोरेशनहरु जस्तै एपल, माइक्रो सफ्ट, एबि यन्बेभ र फिल्जर सबैमा आर्थिक संकट देखा परेको छ । चीनमा आएको आर्थिक संकटले गर्दा विश्वका अरबौं मानिसलाई संकटमा धकेलेको छ । कोरोनाले गर्दा चिलीका किसानहरु, थाइल्याण्डका टुर गाइडहरु, इन्डियन अटोमेकरहरु मंगोलियन ट्रक ड्राइभरहरु र असंख्य व्यापारहिरुलाई संकटमा पारेको छ ।

चीनको बारेमा विशेषज्ञता प्राप्त अर्थशास्त्री रोडनी जोन्स के भन्छन् भने एउटा अर्थतन्त्र गतिको विषय हो जसले थुप्रै कामहरुको एक अर्कासँग सम्बन्धित हुन्छन्ः जस्तै आपूूर्तिका श्रृंखलाहरु, जहाज आवाज जावात गर्ने ट्रान्सपोर्ट, मालहरुका गति । कसैले पनि कुन चीज कहाँ पुग्छ भन्न सक्दैन भन्दै अर्थतन्त्रलाई रोक्नु र फेरि शुरु गर्नु पागलपन हो ।

चीन विश्वको ठूलो मालसामान निर्यात गर्ने मुलुक हो र विश्वका अधिकांश मुलुकहरुमा चिनियाँ सामान पाइन्छ भने चनि विश्वको ठूलो उपभोक्ता पनि हो । जसले विश्वको घातु, तेल, खानेकुरा र अरु कच्चा पदार्थहरुको उपभोग गर्छ । अस्टे«लियाको खानी उद्योगमा २००,००० मजदुरहरुले काम गर्छन्, जुन उद्योग चीनमा निर्भर छ । त्यस्तै मंगोलियाको कोइलाखानीले चीनमा करिब आधा जसो निर्यात गर्छ र राजस्व प्राप्त गर्नुका साथै जनतालाई काम दिएको छ । ७० टिन कोइला बोकेका मंगोलियन ट्रक ड्राइभरहरुले ठूला कोइलाखानीबाट गोबी मरुभूमि जुन चीनको सीमासँग जोडिएको छ, त्यहाँबाट पानी जमेका ठूलो खाडल पार गरेर दुई लेनको राजमार्गबाट चीनमा बढ्दो कोइलाको माग पूर्ति गर्ने र कामले महिनामा १,६०० डलर कमाईलाई राम्रो मान्छन् । ड्राइभरहरु आफ्ना बालबच्चाहरु पालनपोषण गर्दै आएका थिए । यस वर्ष ट्रकको ऋण तिर्ने विचार गरेका ट्रक ड्राइभरहरुका सपना सबै ध्वस्त भए जब मंगोलियाले सीमा बन्द ग¥यो ।

चीन विश्वको सबैभन्दा ठूलो उपभोत्ता भएकाले चिनियाँहरुले अटो मोवाइलहरु, स्मार्टफोन र विलासिताका सामानहरु किन्छन् । दक्षिण कोरियाका उत्पादकहरुले चीनलाई सामानहरु बिक्री गरेर ४० प्रतिशत कमाई गरेका थिए । अब कोरियाली उत्पादनहरु गोदाममा थन्किएका छन् । विश्वमा अमेरिकी टुरिस्टको दाँजोमा दोब्बर चिनियाँ टुरिस्टहरु भ्रमण गर्छन् । थाइल्याण्डका करिब १०,००० टुरिस्ट गाइडहरुले कामबाट हात धुनु परेको छ । जब कोरोना भाइरस फैलियो सबै चिनियाँ टुरिस्टहरु घुम्न आउन बन्द भयो ।
कोरोना भाइरसलाई सामान्य रुपमा लिएका राष्ट्रपति ट्रम्पले अमेरिकामा इन्फ्लुएन्जाले नै पनि वार्षिक २०–२५ हजार मरेकोलाई सामान्य भनेका थिए । ट्रम्पले हाल आएर कोभिड १९ ले विकराल रुपमा विश्वमा देखा परेपछि अमेरिकी माल सामानका गोदामहरु खाली हुँदै अमेरिकीहरुको बढ्दो मृत्युदर र बन्द व्यापार चौपट भएपछि बाध्य भएर महाविपतको घोषणा गरेका छन् । कोभिड १९ ले हलिउडका कलाकारदेखि बेलायती स्वास्थ्यमन्त्री तथा फ्रान्सका संस्कृति मन्त्री पनि संक्रमित हुनुले यसको खतरा विशेष प्रकारको जटिल रहेको प्रष्ट छ । एसियाबाट शुरु भएर यूरोप, अमेरिका, ल्याटिन अमेरिका हुँदै अफ्रिकी महादेशमा पनि फैलिन लागेको छ । कोरोना संक्रमितको संख्या यूरोप र अमेरिकामा तीब्रता साथ फैलिंदै लागेको छ । कोरोना संक्रमितको संख्या यूरोप र अमेरिकामा तीब्रता साथ फैलिदै गएको छ ।

यूरोपेली देशहरुमा इटाली सबैभन्दा प्रभावित भएको छ । इटालीमा एक हजार भन्दा बढीको मृत्यु भइसकेको छ र यो मृत्यु दर बढ्दो छ र संक्रमितको संख्या पनि बढ्दै गएको छ । जर्मन चान्सलर मर्केलले ५ करोड ८० लाख मानिस कोभिड १९ को संक्रमणको जोखिमका रहेको बताएकी छिन् । यी विकसित पुँजीवादी मुलुकहरुले अधिकांश सार्वजनिक कार्यक्रमहरुलाई निषेध गरिसकेका छन् । विश्व स्वास्थ्य संगठनले विश्व व्यापी महामारी घोषणा गरिसकेको छ ।

विश्वमा जति पनि प्राकृतिक विपत्ति, भोकमरी, बाढी, पहिरो, आँधी र रोगहरुको संक्रमण, आर्थिक संकट, महंगी, अभाव र युद्धहरु हुन्छन् त्यसको कष्ट भोग्नेमा गरिब र मजदुरहरु नै हुन्छन् । हालको कोभिड–१९ ले पनि दैनिक ज्यालादारीमा बाँच्ने र बेरोजगारहरुलाई नै संक्रमित गर्दै गएको छ । तीन वर्ष पहिले हिपाटाइटिस रोग सान डियागो काउन्टीमा फैलियो । अमेरिका धनी अत्याधुनिक उपचार पद्धति भएको मुलुकमा हिपाटइटिससको निको पार्नु सामान्य हो । तर त्यही रोगले २० जना त्यही सान डियागोमा मर्नेहरु सबै जसो घरवारविहिनहरु थिए । यस्ता घरबारविहीनहरुले उपचार गर्न सक्ने कुरै भएन । पुँजीवादी व्यवस्था भनेको नै ठूला पुँजीपतिहरुको लागि नै सबै सुविधा सरकारले दिन्छ । मेडिकल रिसर्चरहरुका अनुसार अमेरिकामा ५,५०००० जनता घरवारविहिन छन् । यी घरबारविहीन जनता नै सबै भन्दा पहिले सजिलैसँग कोभिड–१९को सिकार बन्ने छन् । किनभने यी घरबारविहीनहरु सजिलैसँगे कोरोनाको शिकार हुनमा भिडभाड सेन्टरका क्वार्टरमा बस्छन् र एउटै भाँडाकुडा प्रयोग गर्नुका साथै सडकमै भाँडाहरु र हातहरु धुन्छन् । एकपल्ट संक्रमित भएपछि राम्रो भरपर्दो उपचार गर्न सक्दैनन् र चाँडै नै मृत्युको मुखमा पर्छन् । गत वर्ष गरिएको एउटा अध्ययनले के देखायो भने ३० प्रतिशत घरबारविहीनहरु कहिल्यै निको नहुुने फोक्सोका रोगी छन् । सबै भन्दा बढी घरवारविहिनहरु न्यूयोर्कमा छन् भने फोनिक्स, पोर्टल्याण्ड, ओरे, वासिंटन डिसी, अस्टिन टेक्सास, क्यालिफोर्निया जस्तै सान डियागोमा धेरै घरबारविहिन छन् । यस्ता बस्तीहरुमा रहेका घरबारविहिन नै कोरोनाका आहारा बन्ने हुन् ।

अमेरिका घरबारविहीनहरु खादारवाद गरेर ठूला व्यापारी केन्द्रका पानी बग्ने ढलको सुरुङमा सुत्छन् जहाँ मुसाहरु भरिएका हुन्छन् । यिनै मुसाहरुले विभिन्न रोगहरु सार्छन् । यस्ता घरबारविहीन आवाजविहीन अमेरिकीका कष्टका विवरण असंख्य छन् ।

विश्वव्यापी आर्थिक संकटको प्रभावले नेपाल जस्तो परनिर्भर मुलुकमा पनि आर्थिक संकटको कालो बादल मडारिन थालेको छ । सम्पूर्ण निर्माण उपकरण र निर्माण सामग्री आयात गर्ने, दिनप्रतिदिन बढ्दो व्यापार घाटामा रहने सधै पुँजीगत खर्च ज्यादै न्यून खर्च गर्ने, चरम भ्रष्टाचारमा डुबेको, विदेशी मुद्रा आर्जन गर्ने दुईटा मात्रै स्रोत भएको अर्थात् नेपाली युवाको रगत पसिनाले आर्जन गर्ने रेमिटान्स र पर्यटन मात्र भएको मुलुकका दुवै स्रोत बन्द हुँदै छन् । किनभने नेपाली बेरोजगार युवाका रोजगारीका गन्तव्यहरुलाई पनि कोरोना र आर्थिक संकटको मारले रोजगारीमा जानबाट रोकिंदैछन् । दोस्रो, विदेशी मुद्राको स्रोत भनेको पर्यटन हो तापनि त्यो पनि करिब ठप्प जस्तै छ । अग्रीम होटेल बुकिङ गरिएका पर्यटकहरुले पनि सबै बुकिङ फिर्ता गर्दैछन् ।

दलाल नोकरशाही पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने भ्रष्टाचारमा डुबेको तथाकथित नेकपाको सरकारले नेपालमा बेरोजगार युवाहरुलाई रोजगारीका अवसरहरु बढाउन ठूलो परिमाण उद्योगहरुको विकास गर्न स्वदेशी पुँजीपतिहरुलाई विशेष सुविधाहरु दिएर लगानी नडुब्ने विश्वास दिलाउन सकेको छैन । यदि विश्वास दिलाउन सके स्वदेशी पुँजीपतिवर्ग लगानी गर्न उत्साहित भएर लगानी गर्ने थिए । वर्षेनी ४५ सय बेरोजगार युवा उत्पादन हुँदै जाँदा त्यसले भविष्यमा विकराल रुप लिनेछ र सही सर्वहारावादी सिद्धान्तले निर्देशित भएर क्रान्ति गरे भने नेपालका शोषक शासक मालिक वर्गको सत्तालाई चकनाचुर पारेर नयाँ सत्ताको सुनौलो विहानको उदय हुनेछ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here