कैलालीको घटना अत्यन्त निच : राजमो

0
202

काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिकामा राधा चौधरीमाथि बोक्सीको आरोपमा निर्मम र अमानवीय कुटपिटको घटनाले नेपालमा महिलामाथि हुने गरेको पारिवारिक हिंसाको अत्यन्त निच प्रकारको घटना भएको राष्ट्रिय जनमोर्चाले बताएको छ । पार्टी प्रवक्ता दुर्गा पौडेलद्वारा हस्ताक्षरित एक विज्ञप्तीमा त्यो घटनालाई खाली व्यक्तिगत र स्थानीय घटनाको रूपमा मात्र लिनु सही हुने बताइएको छ ।

“त्यो एउटा गम्भीर प्रकारको सामाजिक र राष्ट्रिय समस्या पनि हो । त्यसकारण त्यस प्रकारका घटनाहरूप्रति देशका सबै राजनीतिक पार्टी, सामाजिक सङ्घसंस्था, मानवअधिकारवादी र सरकार समेतको गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ ।”

विज्ञप्तीमा उल्लेख छ “यहाा यो उल्लेखनीय छ कि कैलालीको घोडाघोरीको त्यो घटना हुने बेलामा जनताको ठूलो समूह त्यहाा उपस्थित थियो र ६ घण्टासम्म त्यसरी कुटपिट गर्ने काम गरिएको थियो । तर उनीहरूले त्यस प्रकारको कुटपिटलाई रोक्ने प्रयत्न गरेनन् । पछि त्यसबारे पुलिसलाई रिपोर्ट गर्दा पनि कुनै कारवाही गरेन र दोषिलाई बिना कारवाही रिहा गरियो । पछि नगरपालिकाका मेयरद्वारा त्यति गम्भीर प्रकारको घटनालाई मेलमिलाप गराई टुङ्गाउने प्रयत्न गरियो । उक्त विषयमा राष्ट्रिय स्तरमा आवाज उठेपछि नै दोषिलाई पक्रेर अनुसन्धान सुरु गरिएको छ । त्यस प्रकारको कुटपिट हुादा उपस्थित जनसमुहले रोक्ने प्रयत्न नगर्नु, प्रहरीले कुनै कारवाही नगर्नु र नगरपालिकाका प्रमुखले समेत त्यो मुद्दालाई मेलमिलाप गराएर टुङ्गाउने प्रयत्न गर्नु, सामान्य कुरा होइनन् । यी कुराहरूप्रति हाम्रो गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ ।

कैलालीको त्यो घटनाको दोषिलाई कडा सजाय दिन, कुटिएकी युवतीको उपचारको आवश्यक ध्यान दिन र उनलाई क्षतिपूर्ति दिन प्रभावशाली कदम उठाउन हामीले सरकारसित अनुरोध गर्दछौ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here