केरलाको कोट्टयाममा नेपाली एकता सम्मेलन सम्पन्न

0
409

कोट्टयाम, २५ मार्च ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टायम नगर समिति अन्तर्गत १२ एरिया समितिहरुको संयुक्त सम्मेलन सम्पन्न भएको छ ।

टिकाराम सुवेदीको सञ्चालन तथा रोमराज पौडेलको अध्यक्षताबाट अगाडि बढेको सो सम्मेलनमा उपस्थित जनसमुदायलाई मनोज जिसी र रक्तिमका कलाकारहरुले स्वागत गरेका थिए ।

केन्द्रीय समितिका सदस्य मदन शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सो सम्मेलनमा केन्द्रीय सल्लाहकार चोबनाथ शर्मा, दक्षिण भारत क्षेत्रीय सदस्य तुलबीर राना, बाबुराम नेपाली, कोट्टायम नस अध्यक्ष भद्रबहादुर श्रीस, महिला बिभाग कोट्टायमकी धनकुमारी केसी, तिरुवनन्तपुरम नगर समितिका बिष्णु चालिसे र तिरुवनन्तपुरम महिला बिभागकी चम्पा नेपाली, विद्यार्थी बिभागका बिपिना श्रीस लगायतले सम्मेलनमा आतिथ्यता गरेका थिए ।

सम्मेलनको विधिवत उद्घाटन प्रमुख अतिथि मदन शर्माले गरेका थिए । एरिया सम्मेलनले आसन्न नगर सम्मेलन अभियानलाई सफल पार्नका लागि महत्वपूर्ण योगदान रहने उद्घाटन मन्तव्यका क्रममा शर्माले बताए । बिष्णु सुवेदीले सम्मेलन सफलताको शुभकामना दिएका थिए । सम्मेलनद्वारा निर्वाचित समितिका नामावली क्षेत्रीय सदस्य तुलबीर रानाले घोषणा गरेका थिए ।

एट्मानुर एरिया समितिः
अध्यक्ष– धनकुमारी केसी, सचिव– नारायण कार्की, उपसचिव– भिमबहादुर कार्की र कोषाध्यक्ष– बिस्नु सुबेदी रहेका छन् । त्यस्तै सदस्यमाः तिल प्रसाद तिवारी रहेका छन् ।

काजिरापल्ली एरिया समिति
अध्यक्ष– झक राज शर्मा, उपाध्यक्ष– अमृत विक, सचिव– नवीन बिसि, कोषाध्यक्ष– बालिका देबि शर्मा रहेका छन् । सदस्यमा धर्मराज शर्मा रहेका छन् ।

हरिपाड एरिया समिति
अध्यक्ष– मेघ बहादुर पुन, सचिव– नारायण शर्मा र कोषाध्यक्ष– तुलबीर राना रहेका छन् । सदस्यमा राजु श्रीस, कौसिला राना, जङबहादुर केसी र धनबहादुर परियार रहेका छन् ।

चेङनासेरी एरिया समिति
अध्यक्ष– लालचन्द्र शर्मा, सचिव– टिकाराम सुवेदी, कोषाध्यक्ष– शेरबहादुर विक, सदस्यहरुमा नेत्र सुवेदी र कृष्ण परियार रहेका छन् ।

मावेलिकरा एरिया समिति
अध्यक्ष– खेम नाथ तिमिल्सिना, उपाध्यक्ष– श्याम खतिवडा, सचिव– तेजबहादुर सिंह, उपसचिव– प्रेम प्रसाद खतिवडा र कोषाध्यक्ष– प्रेम प्रसाद शर्मा रहेका छन् ।

कायमकुलम एरिया समिति
अध्यक्ष– सञ्जय क्षत्री, उपाध्यक्ष– सेते तामाङ, सचिव– डिलबहादुर राना र कोषाध्यक्ष– श्री प्रसाद थापा रहेका छन् । त्यस्तै सदस्यहरुमा मनोज जिसि, भद्र बहादुर श्रीस, कुमारी थापा, भिमप्रसाद आचार्य, भिमबहादुर जिसि, बैकल्पिक सदस्यहरूमा बिपिना श्रीस र आलोक म्याकमिलन रहेका छन् ।

पुदुपल्ली एरिया समिति
अध्यक्ष– उमादेबी, उपाध्यक्ष– नारायणप्रसाद शर्मा, सचिव– चोबनाथ शर्मा, उपससचिव– खुमादेबी शर्मा र कोषाध्यक्ष– बिष्णु बहादुर बानिया रहेका छन् । सदस्यहरूमा युबराज रेग्मी, हरिबहादुर भुजेल र सल्लाहकारमा केदारलाल केसी र धना दरै रहेका छन् ।

नालियाकुडी एरिया समिति
अध्यक्ष– एकराज पौडेल, सचिव– मिलन शर्मा र कोषाध्यक्ष– रुपा पौडेल रहेका छन् । त्यस्तै सदस्यहरुमा शिव चापागाईं र राजकुमार गुरुङ रहेका छन् ।

कट्टपना एरिया समिति
अध्यक्ष– रामबहादुर केसी, उपाध्यक्ष– हरि पाण्डे, सचिव– नेत्रप्रसाद पाण्डे, सहसचिव– ऋषि सापकोटा र कोषाध्यक्ष– भवानीप्रसाद पाण्डे रहेका छन् । सदस्यहरुमा कलाधार शर्मा र रिता पाण्डे रहेका छन् ।

बडाबातुर एरिया समिति
अध्यक्ष– हरिप्रसाद पौडेल, सचिव– टिकाराम सुवेदी र कोषाध्यक्ष– विश्वबहादुर खड्का, सदस्यमाः बलबहादुर थापा र अर्जुनप्रसाद पौडेल रहेका छन् ।

चेट्टिकलँगरा एरिया समिति
अध्यक्ष– दलबहादुर नेपाली, सचिव– गणेश परियार, कोषाध्यक्ष– बुद्धिमान नेपाली, सदस्यहरुमाः दिपक विक, जसबहादुर नेपाली, महेन्द्र नेपाली र सचिन शर्मा रहेका छन् ।

चेङनुर एरिया समिति
अध्यक्ष– केशवराज शर्मा, उपाध्यक्ष– नारायण पौडेल, सचिव– पुष्पादेवी शर्मा, सहसचिव– लक्ष्मी रिजाल र कोषाध्यक्ष– छवि शर्मा रहेका छन् । त्यस्तै सदस्यहरुमाः विष्णु आचार्य, डिल्लीराम रिमाल र एकनारायण शर्मा रहेका छन् ।

धनकुमारी केसी, भद्रबहादुर श्रीस, चम्पदेबी नेपाली, विष्णु चालिसे, तुलवीर राना, चोबनाथ शर्मा, बिपिना श्रीस र मदन शर्माले नयाँ निर्वाचित सम्पूर्ण समितिहरुलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रमको विचबिचमा रक्तिमका कलाकारहरुले रक्तिमका गित नृत्य प्रस्तुत गर्नुका साथै नेपाली पँचेबाजा बजाएर दर्शक दृर्घामा थप उर्जा र उत्साह प्रदान गरिएको थियो ।

विदाई कार्यक्रम

कोट्टयम नगर समितिमा रहेर काम गर्दै आउनु भएका रोमराज पौडेल सदाको लागि स्वदेश फर्किने भएकाले सोही सम्मेलन समारोह बीच विदाई गरिएको छ । उहाँले सँगठनमा दिएको योगदानप्रति धन्यवाद प्रकट गर्दै स्वदेशमा पनि सामाजिक र राजनीतिक कार्यमा निरन्तर खट्नु हुने अपेक्षा सहित बधाई तथा शुभकामना मन्तव्य दिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here