कृष्णनगरदेखि लुधियाना जाँदै गरेको बस पिलभितमा दूर्घटनाग्रस्त, यात्रुहरुको विचल्ली

0
3332

पिलिभित, ८ जनवरी । उत्तर प्रदेशको पिलिभितमा राती 2:30 वजे नेपाली यातायात व्यावसायीहरुद्वारा संचालित दुई वसहरु बीच आपसमा ठोकिन पुग्दा दुर्घटना ग्रस्त हुन पुगेका छन् ।

हामीलाई यात्रुहरु संदिप चौधरी र विनोद नेपालीले दिएको जानकारी अनुसार बाबा वस नं PB 11 BY 2312 लाई पछाडीबाट आइरहेको ओमप्रकाश वस सर्विस लुधियानाले सञ्चालनमा ल्याएको संधु वस नं PB 13 AL 9521 ले टक्कर मार्दा कैयन यात्रुहरुलाई चोटपटक लागेको छ । गम्भीर चोट भने नलागेको र सबैयात्रुहरु सुरक्षित रहेको समाचार छ ।

तर सो स्थानमा दुर्घटना पछि बाबा वस आफ्नो गन्तव्य स्थानमा दिउँसो 3 वजे पुगे पनि ओमप्रकाश वस सर्विस लुधियानाले सञ्चालनमा ल्याएको तथा ठेकेदार प्रकाश परियार रहेको पिवि PB 13 AL 9521 संन्धु वस भने अझै दुर्घटना स्थल मै रहेको छ । सो वसमा सवार करिव 60 जना यात्रुहरुको विचल्लीमा परेका छन् । घटनास्थलबाट यात्रु विनोद नेपालीले मूल प्रवाहको केन्द्रीय कार्यालयमा दिएको जानकारी अनुसार सो स्थानको नजिक खानपानको अभाव रहेकोले यात्रुहरु झनै विचल्लीमा परेका छन् । गाडिमा 2 जना पंजाबी ड्राइवरहरु वाहेक सो गाडि सञ्चालकका १ जना पनि स्टाफ नभएको हुँदा यात्रुहरुलाई सम्वन्धित स्थानमा कस्ले र कहिले पुराउने भन्ने चिन्ताले सताइरहेको छ ।

एकल व्यावसायीद्धारा सञ्चालित यस्ता व्यावसायीहरुले यात्रुहरुको विषयमा ध्यान दिन नसक्दा कैयन यात्रुहरुलाई यस्तै समस्या हुने गरेका छन् । हामीले लुधियानामा मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष हिरासिंह चन्दसँग सम्पर्क गर्दा घटना स्थल टाढा परेकोले समयमा वस सञ्चालकबाट यात्रुहरुको उद्धार हुन नसके पनि मूल प्रवाहको दवावमा लुधियानाबाट विहानै वस घटना स्थल तिर प्रस्थान गरेको वस सञ्चालकलाई उधृत गर्दै वताउनु भएको छ ।

बस हिंजो साँझ ६ बजे कृष्णनगर देखि लुधियानाको लागि प्रस्थान गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here