किसान  आन्दोलनकारीहरुद्वारा भारत सरकारलाई चेतावनी

0
220
नई दिल्ली । भारतको राजधानी नई दिल्लीमा देशका विभिन्न राज्यहरुबाट आएका किसानहरुले आफुहरु माथि उपेक्षा र अव्यावहारिक कृषि नीति भएको बताउँदै सरकारका विरुद्ध आन्दोलनमा उत्रिएका छन् । हिंजो शुक्रबार किसान आन्दोलनकारीहरुले आफ्नो मागको आवाज सरकारसम्म पुर्योउने उदेश्यका साथ हजारांै मीलको यात्रा पार गरेर राष्ट्रिय राजधानी दिल्लीमा पुगि वृहत आन्दोलन गरेका थिए । यसभन्दा पहिला पनि चार पटक किसान आन्दोलनकारीहरुले आन्दोलन गरेता पनि धोका खाइसकेका छन् ।
                    तर यस पटक भने किसान आन्दोलनकारीहरुले सरकारलाई निंधबाट जगाउने खोजेको बताएका छन् । यदि नजागेमा २०१९ मा हुने लोकसभाको चुनावमा किसानहरुले आफ्नो ताकत देखाई दिने चेतावनी समेत दिए ।
                   सो किसान प्रदर्शनलाई २१ राजनीतिक दलका नेताहरुले समर्थन जनाएका थिए । किसान “मुक्ति मोर्चा” विगतको किसान आन्दोलनभन्दा केही फरक भएको बताइएको छ । यसैको कारण राहुल गांधी, अरविंद केजरीवाल, सीताराम येचुरी देखि लिएर मेधा पाटकर, जिग्नेश मेवाणीसम्मका विपक्षका नेताहरुले सो आन्दोलनलाई समर्थन जनाएको बताइएको छ ।
                 किसान नेता तथा सामाजिक कार्यकर्ता आशीष सागरले भने– “२०१९ को चुनावभन्दा पहिले किसानहरुको यो आन्दोलन निकै महत्वपूर्ण रहेको छ र यदि सरकारले पछिल्लो केही किसान आन्दोलनलाई जस्तै सामान्य रुपमा लिने कोशिस गर्यो भने ठूलो भूल हुनेछ ।” सागरले अगाडि भने– “किनकी यस पटक सिधा सरकारको सत्ता परिवर्तन हुनेछ ।”
यसभन्दा पहिला पनि महाराष्ट्रको मुम्बईमा भारतका विभिन्न राज्यहरुबाट आएका किसानहरुले आफ्नो आन्दोलनको ताकत प्रर्दशन गरि सकेका छन् ।
                  हेरौं भारत सरकारले किसानहरुमाथि भएका अन्याय तथा भेदभावको रवैयालाई कसरि लिन्छ । संसारको राजनीतिक सत्ता परिवर्तनमा किसान, मजदुर तथा श्रमजिवी वर्गको नै ठूलो हुने गरेको इतिहास छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here