- पञ्चराम घर्ती मगर
किन मौन छौ तिमी
देख्दैनौ तिम्रो
मातृभुमीको अस्तित्व लुटेको
देख्दैनौ ति सुन्दर
पृकिति लाई ओसार पोसार गरेको
भन,,
जान्न चाहन्छन
निर्दोष ति ढुङ्गा
जान्न चाहन्छ
निर्दोष त्यो सिङ्गो गाऊँ
तिमी किन मौन छौं
र,,
बुझेर पनि किन बुझ पचाउदै छौं।
हिजो,,
पल्लाघरे माईलाबाको छोराले बिहे गर्दा
बाल बिबाहा,,
भनेर दमन उँठाउने तिमी
आज ,,
आफ्नै आखाँ अगाडि
पैसामा,,
आफ्नै जन्म भुमीको आस्तित्व लुतिदैछ
तिमी भने हेरेर बसेको छौ।