कालिका मन्दिरकाे अायाेजनामा सम्मान कार्यक्रम सम्पन्न

0
231

विनोद गैरे
अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ८ नुवाकोट ताराखसे स्थित श्री ताराखसे कालिका भगवति मन्दिर व्यवस्थापन समितिको आयोजनामा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

नव निर्मित श्री ताराखसे भगवति मन्दिर निर्माणका क्रममा आफ्नो चौसासी पुजामा लाग्ने फजुल खर्च कटौती गरी मन्दिर निर्माणमा ५२ हजार सहयोग गर्नुहुने भूमिकास्थान नगरपालिका वडा नं. ८ नुवाकोट ताराखसेका यमलाल भुसाल र ५१ हजार सहयोग गर्नुहुने वडा नं. ७ नुवाकोट बादुकाका खिम बहादुर खत्रीलाइ कार्यक्रमका प्रमुख अतिथि भुमिकास्थान नगरपालिका ८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले टिका, माला, खादा तथा प्रशंसा पत्रले सम्मान गर्नुभएको थियो ।

सहयोग दाताहरुलाई सम्मान गर्दै अध्यक्ष श्रेष्ठले मठ मन्दिरहरु हाम्रा सास्कृतिक धरोहरहरु भएकोले यिनीहरुको संरक्षण र समवद्र्धन गर्नु हामी सबको दायित्व भएको उल्लेख गर्दै आफ्नो चौसासी पुजामा लाग्ने खर्च कटौती गरी मन्दिर निर्माण जस्तो पवित्र कार्यमा सहयोग गर्नुभएकोमा सहयोगदाताहरुको मुक्त कण्ठले प्रशंसा गर्नुको साथै उहाँहरुको सु स्वास्थ्य तथा दिर्घायूको कामना गर्नुभएको थियो ।


कार्यक्रममा मन्तव्य राख्दै नेपाल पत्रकार महासंघ अर्घाखाँचीका कोषाध्यक्ष विनोद गैरले मन्दिर निर्माण गर्नु मात्र ठुलो कुरा नभई यसको संरक्षण र सम्वद्र्धन गरेमा मात्र सार्थकता हुने उल्लेख गर्दै मन्दिर निमार्णमा आर्थिक नैतिक तथा भौतिक रुपमा सहयोग गर्नुहुने स्थानीय वासी तथा बैदेशिक रोजगारीमा रहेका युवाहरुलाई धन्यवाद दिनुभएको थियो ।


कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरु तथा स्थानीयको उपस्थिती रहेको थियो ।


कार्यक्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण पौडेलको अध्यक्षता, मन्दिर निर्माण समितिका सदस्य लिलामणि उपाध्यायको स्वागत तथा सचिव प्रेमलाल भुसालको संचालनमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here