कालन्तरमा भारतमा गाभ्ने गुरुयोजना अन्तर्गत भारत सरकारले काम गरिरहेको छ : दुर्गा पौडेल

0
1344

सुवाश संयम

बैशाख २९, काठमाडौ। आज राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयको आयोजनामा काठमाडौमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण तथा नेपालको मेघा प्रोजेक्ट अरुण तेस्रोको भारत सरकार सङ नेपाल सरकारले गरेको सम्झौताको विरुद्धमा बिरोध सभा तथा कालो झण्डा प्रदर्सन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा सांसद दुर्गा पोडेलले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण र आरूण तेस्रो सम्झौता नेपालको राष्ट्रियता, सार्बभौमिकता र भौगोलिक अखण्डता बिरुद्दको प्रहार भएको भताउनु भयो। देश भुकम्पले थिलो थिलो भएको बेला छिमेकीको साथ र सहयोगको अपेक्षामा बसिरहेका जनताको विरुद्धमा नाकाबन्दी गरेर नेपाली जनतामाथी घोर अमानवीय ब्याबहार प्रदर्शन गरेको कुरा स्मरण गर्दै संसद पौडेलले तिनै विस्तारबादी सरकारका नाइके नरेन्द्र मोदीलाई नेपालमा स्वागत गरिनु हास्यास्पद र सरकारको लम्पसारबादी नीति भएको कुरा भताउनु भयो।

नेपाललाई कालान्तरमा भारतीय संघमा सामेल गर्ने उसको योजना अनुरुप भारत सरकारले काम गरिरहेको कुरा औल्याउँदै प्रदेश न २ बाट नेपाल भ्रमण गरिनु नेपाल बिखण्डन गर्ने योजनाको, फिल्म प्रदर्शन हुनुपुर्बको कास्टिङ जस्तै भएको कुरा पौडेलले बताउनुभयो। उहाले बेलैमा जनता सचेत भइ संघीयताको बिषबृक्षलाई उखेलेर नफाले यसले देशलाइ नै खारेज गर्ने भएकोले संघीयताको बिरुद्द आन्दोलनमा जुट्न जनतालाइ अपिल समेत गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका सचिब हिमलाल पुरीले धार्मिक तिर्थाटनका नाममा देशमा छिर्ने र नेपालका नदि कुम्लाएर जाने नरेन्द्र मोदीको कथित नागरिक अभिनन्दनको घोर भ्रत्सना गर्नुभयो। उहाले केपि ओलि सरकारले जनताको बिचमा राष्ट्रबादी सरकारको नाम बेचेर कथित राष्ट्रघात गरेको कुरा बताउनुभयो।

कार्यक्रमलाई जनजाति सम्मेलनका केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकी र बुद्दिजिबी संघका केन्द्रीय महासचिव समीर सिंहले समेत सम्बोधन गर्नुभएको थियो भने संचालन राष्ट्रिय जनमोर्चाका कार्यालय सचिब घनश्याम पौडेलले गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here