काठमाडौँमा स्मार्ट डस्टबिन सुरु

0
144

कठामाडौं । काठमाडौँ महानगरपालिकाको सहकार्यमा निजी कम्पनीले काठमाडौँ उपत्यकाका ७० स्थानमा स्मार्ट डस्टबिन (आधुनिक फोहर सङ्कलन गर्ने भााडो) राख्न सुरु गरेको छ ।

कृष्ण सप्लायर्स प्रालिले प्रतिवटा छ लाख पर्ने फोहर सङ्कलन गर्ने आधुनिक भााडो मानिसको अत्यधिक चाप हुने स्थानमा राख्न सुरु गरेको हो । आवश्यकता र माग दुई सय स्थानका लागि भए पनि पहिलो चरणमा काठमाडौँका बढी र ललितपुरका केही स्थानमा भााडो राख्ने तयारी गरिएको छ ।

अहिले माइतीघर मण्डल, बिजुली बजार, वानेश्वर, कोटेश्वर, गौशाला, चाबहिल लगायत स्थानमा स्मार्ट डस्टबिन राखिसकिएको छ । आगामी एक हप्ताभित्रमा पहिलो चरणमा राख्ने भने जति ७० वटै स्थानमा राखिसक्ने सप्लायर्सका निर्देशक शैलेश कुावरले जानकारी दिए । चीनबाट ल्याइएको डस्टबिनको प्रभावकारिता हेरी दोस्रो चरणमा काठमाडौँ उपत्यकोका बााकी स्थानमा र बाहिरी जिल्लाका मुख्य शहरमा पनि यसको प्रयोग विस्तार गरिने कुावरले जानकारी दिए । काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सधौ कठिन परेकाले सानो सहयोग होस् भनेर सुरु गरिएको कुावरले बताए। पहिलो चरणमा ७० वटै स्थानमा राख्ने काम सकेछि विद्यालयका बालबालिकालाई पनि यसबारे जानकारी दिन कार्यक्रम सुरु गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here