गुडगाव,२३– २४ जुन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले मुलुक संघीयतामा गएता पनि काँग्रेस, एमाले, माओवादीलाई समेत मन नपरेको बताउनु भएको छ । केसीले २३–२४ जुनका दिन गुडगावमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको १५ औं नगर सम्मेलनको प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै सो अभिव्यक्ति दिनुभएको छ ।
“काँग्रेसलाई संघीयता मन परेको छैन, एमालेलाई पनि मन परेको छैन” केसीले भन्नु भयो । “उनीहरुले संघीयता हुन्न किन भन्दैनन् भने विदेशीहरुले बोकाएको भारी उनीहरुले हुन्न भन्न सक्दैनन्, मुख्य कुरा ।” किन आफू उनीहरुसँग कैयौं वर्षदेखि साथसाथै काम गर्दैआएकोले उनीहरुको कम्जोरी पत्तो पाएको समेत केसीले दावी गर्नु भयो ।
“हाम्रो पार्टी मात्रै हो विदेशीको भरिया नहुने, तपाईलाई मैले गफ लाएको होइन् । राष्ट्रिय जनमोर्चा मात्रै हो त्यस्तो पार्टी जो विदेशीको भरिया हुन मरे पनि मान्दैन । जति सुकै तपाइले डर देखाउनुस्, जतिसुकै धम्की देखाउनुस्, जतिसुकै लोभलालच देखाउनुस् ।” संघीय प्रणाली कांग्रेस, एमाले, रापे कसैलाई चाहिएर ल्याएको नभई छिमेकलाई चाहिएर ल्याएको केसीले बताउनु भयो ।
संघीय प्रणाली लागु गरे तपाईलाई थाहा भयो । राष्ट्रिय जनमोर्चा मात्रै एउटा पार्टी हो जसले यो मुलुकमा संघीय प्रणाली हुनै सक्दैन भन्दै आइरहेको छ । अब अहिले हेर्नुस् त ६०१ ज्ना सांसद धेरै भयो भन्यौं हामीले त्यसको जवाफमा ८५० जना सांसद छन् । ५०–६० जना मन्त्री धेरै भयो भन्यौं हामीले, अहिले १५० मन्त्री । केन्द्रको एउटा सरकार, प्रदेशको एउटा सरकार, स्थानीय एउटा सरकार । ल भन्नुस् तपाई हामीले यहाँबाट पठाएको पैसा, अरबबाट आएको पैसा, युरोपबाट नेपालीले पठाएको जुन पैसा हो, त्यसले त अहिले साधारण खर्च पुग्दैन नेपाल सरकारलाई । साधारण खर्च भनेको सेनाका जागिर, पुलिसको जागिर, सांसदहरुको जागिर, मन्त्रीहरुको जागिर एक लाख कर्मचारी थिए अब संघमा गए पछि २ लाख कर्मचारी हुने भए । हामीले यहाँबाट पठाउने पैसाले सरकारले उद्योगधन्दा खोल्न सक्दैन, पैसै छैन । सरकारसँग खुदै पैसै छैन । जति पनि नेपालीहरुले यहाँबाट रेमिटेन्स पठाउँछन्, त्यो रेमिटेन्सले बढिभन्दा त्यहाँका सेना पाल्ने हो । प्रहरी पाल्ने हो । सांसद पाल्ने हो । मन्त्रीहरु पाल्ने हो । अनि देशमा खानी, उद्योग धन्दा, कलकारखाना के पैसाले खोल्नु हुन्छ भन्नुस् त ?
यस प्रकारका गतिविधिहरुमा संलग्न मधेशका जनता होइनन् त्यहाँका पृथकतावादीहरु हुन् एवं तिनका अगुवा भन्नेहरु, मधेशका नाम बेच्नेहरु, मधेशको नाम बेचेर मुलुक खानेहरु उनीहरुले अहिले पनि पूर्व झापाबाट पश्चिम कञ्चनपुरसम्म पहाडबाट मधेशलाई अलग गराउनु पर्दछ भनिराखेका छन् । ८ वटा जिल्ला त पहाडबाट अलग भैसक्यो, बाँकि रहेका जिल्लालाई संविधान संशोधन गरेर अलग गराउनु पर्दछ भनिराखेका छन् । अब आउने संशोधन प्रस्ताव त्यसैमा हुन्छ ।
ओली प्रधानमन्त्री छँदा सरकारले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बनाउनु पदर्छ भनेर संशोधन प्रस्ताव राख्यो, राष्ट्रिय जनमोर्चा पनि सरकारमा थियो मैले मानिन, यो हुन सक्दैन । हिमाल पहाड त्यत्रो भूभागलाई छोडेर संविधानमा भुगोललाई आधार बनाएर निर्वाचन क्षेत्र बनाउनु पर्छ भन्ने तयारी थियो भएन । ओलीहरु–काँग्रेसहरु कहाँ चुके भनेर भन्दाखेरी, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धाण गर्दाखेरी भारत खुसी हुन्छ भनेर पहिलो संशोधन गरे संविधानमा । राष्ट्रिय जनमोर्चा सरकार भएर पनि त्यो प्रस्तावको विपक्षमा मतदान गरेका केसीले बताउनु भयो ।
विपक्षमा मतदान गरेको भन्दै सत्ता पक्ष र विपक्षले मलाई संसदबाट कार्वाही गर्नु पर्दछ भनेको थिए तर मैले ‘आमालाई पोइल लगाएर जारी खाने मान्छे होइन म, सक्छौ भने निकाल भनेर भनेको थिएँ, केसीले विगतलाई कोट्याउनु भयो । राष्ट्रिय जनमोर्चा २०५१ सालदेखि लगातार संसदमा रहँदै आएता पनि कहिंकतै भ्रष्टाचारमा नपरेको केसीले दावा गर्नु भयो । अन्यपार्टीका कैयौं सांसदहरुलाई रातो पासापोर्ट समेत बेचेर खाएको अभियोग लागेको तर राष्ट्रिय जनमोर्चालाई कहिं कतै भ्रष्टाचारको छिंटा नपरेको समेत केसीले बताउनु भयो ।
एमाले र माओवादी मिसिएर एउटा पार्टी भएकोमा केसीले भन्नु भयो– “तिमिहरु मिलेर काँग्रेसलाई भित्तामा बसाल्छौ, ठिकै छ भनेका छौं । तर उनीहरुलाई जिताउने ठूला व्यापारी, ठेकेदार, एनजीओ, आइएनजिओ छन्, त्यसका साथै काला बजारीहरु छन्, उनीहरुलाई कारवाही कसरी गर्छन् ? यिनीहरुलाई परेको अप्ठ्यारो त्यही हो ।”
मेट्रो रेल र पानी जहाजको कुरा गरिराखेका छन्, काठमाडौंमा खानेपानी छैन । मेलमची खोलाको पानी ल्याउने भनेको २७ वर्ष भयो, यो अवधिमा २५ सरकार बने, विदेशी कम्पनीहरुले अरबौं रुपैय लगेर ठेका खाए । अहिले दश दिनमा काठमाडौंमा पानी आउँछ भन्छन् तर आउँदैन । काठमाडौंमा धुलो मैलो छ, जनताकौ दैनिकी अत्यन्तै कठिनाइपूर्ण छ । त्यसकारणले केसीले आफूहरुको आन्दोलन जारी भएको बताउनु भयो ।
दुई पार्टीहरु मिसिए पछि आफूहरुलाई पनि त्यसैमा मिसिन र समृद्धीको लागि लाग्नु पर्छ भन्ने सवालमा केसीले भन्नु भयो– “समृद्धि केले गर्ने ? तीन तहका सांसदहरु, मन्त्रीहरु र कर्मचारीहरुलाई केले खुवाउनु हुन्छ तलब ? केले खोल्नु हुन्छ कलकारखाना ?” यो सबैको समाधान संघीयता खारेज हुनु पर्ने केसीले दावा प्रस्तुत गर्नु भयो ।
उनीहरुको सरकारले गाडी वालाहरुको सिंडीकेटलाई भत्काएको छ, ठिक त्यस प्रकारले नेपालमा चलेका विभिन्न एनजीओ आइएनजीओलाई पनि तह लगाउनु पर्ने केसीले बताउनु भयो । वर्तमान सरकारले एनजिओ आइएनजिओमा जागिर खानेहरुको सम्पत्ती सार्वजनिक गर्न भनिरहेको छ, गरिब गुरुवा नेपालीहरुको नाममा विदेशबाट पैसा ल्याउने ४५ हजार एनजिओ छन् तिनले कहाँ के काम गर्दछन् सरकारलाई थाहा नभएको समेत केसीले बताउनु भयो । दुई ढाइसय आइएनजिओ छन्, जसले नेपालको प्रत्येक कुराहरुमा हस्तक्षेप गर्दछन् यहाँसम्मकी सरकारमा समेत हस्तक्षेप गर्दछन्, संसदमा हस्तक्षेप गर्दछ, कानुन बनाउने कुरामा हस्तक्षेप गर्दछ । अनि विभिन्न ठाउँहरुमा कर्मचारी नियुक्ति गर्ने कुराम समेत हस्तक्षेप गर्दछ । त्यसकार अहिलेको सरकारले आइएनजीओ हट्नु पर्दछ भनिरहेको छ, यो राम्रो कामको थालनी भएको केसीको भनाई थियो । “यो सरकारले राम्रो काम गर्दा हामीले समर्थन गर्दछौं, नराम्रो गर्दाखेरी यिनीहरुले नाम कम्यूनिष्ट राखेर भनेर हामी झुक्किनु हुँदैन ।” वहाँले भन्नु भयो “एक पैसा नभएका मान्छेले पनि नाम धनबहादुर राख्न सक्छ, आँखै नदेख्ने मान्छेले नाम नजरमान राख्न सक्छ ।” एमाले र माओवादी कम्यूनिष्ट नभएको कुरा राष्ट्रिय जनमोर्चाले भन्दै आएको केसीले उल्लेख गर्नु भयो ।
संघीयता खारेज गरेर केन्द्रबाट सञ्चालित अझै अधिकार प्राप्त स्थानीय निकाय गाउँपालीका र नगरपालीका कायहुनु पर्ने, यो प्रदेशको लफडा गर्नु पर्ने केसीले बताउनु भयो । “प्रदेश खारेज नगरिएमा, यही संघीय प्रदेश चलाउन नसकेर मुलुक असफल राष्ट्र हुन्छ ।” केसीले भन्नु भयो– “आर्थिक रुपले टाट पटिन्छ ।, “रिक्तो ढुकुटीले संघीय सरकार कसरी छल्छ ?” वहाँले अगाडि भन्नु भयो– “त्यसकारणले हामीले संघीयता खारेजीका लागि संघर्ष गरिरहेका छौं ।”
प्रवासी नेपालीहरुले नेपालमा चल्ने प्रजातान्त्रिक आन्दोलनलाई, वामपन्थी आन्दोलनलाई हरेक क्षेत्रबाट मद्दत गरेको केसीले बताउनु भयो । “हामी दुनीयाँको जहाँ सुकै रहेता पनि सक्रिय राजनीतिमा आवद्ध हुनु पर्दछ ।” केसीले भन्नु भयो “राष्ट्रियता, जनतन्त्रको पक्षमा लगातार संघर्षरत हुनु पर्दछ ।” । त्यस कारणले मैले यहाँहरुलाई सुझाव दिने भनेको कुरा के हो भने देखिन्, हामी मूल प्रवाहमा सामेल हुने भनेको हाम्रो मुक्ति हो, परिवारको मुक्ति हो, गाउँको मुक्ति हो, जिल्लाको मुक्ति हो, राष्ट्रको मुक्ति हो । यस संगठनलाई मद्यत गर्नु पर्दछ, संगठनमा लाग्नु पर्दछ विना सर्त । संगठनमा २–४ वर्ष, १०–२० वर्ष बसेर संगठनलाई हतियार बनाएर फेरी अर्को संगठनमा, अर्को पार्टीमा जाने दलालहरु पनि जन्छन् यहि पार्टीमा । त्यसकारण यसबाट पनि हामी सतर्क हुनु पर्दछ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत गुडगाव नगर समितिको १५ औं सम्मेलनको घोषणा सभालाई सम्बोधन गर्दै केसीले सो अभिव्यक्ति दिनु भएको हो ।
सुरज गतराजको अध्यक्षता तथा गोपाल भट्टराईको सञ्चालनबाट अगाडि बढेको सो घोषणा सभामा मूल प्रवाहका केन्द्रीय सचिव ठाकुर खनाल, सदस्य मतीराज गौतम, क्षेत्रीय सचिव बि शंकर पराजुली, सहसचिव सालिकराम आचार्य, के पार्षद सुरेशकुमार पाण्डे, के महिला बिभाग शारदा खनाल, जनजाति क्षेत्रीय विभागका बल बहादुर रेश्मी, समता क्षेत्रीय विभागका रेशम बिक, सांस्कृतिक क्षेत्रीय बिभागका धर्म खनाल, विद्यार्थी क्षेत्रीय सचीव शिव राज पाण्डे, नेपाली समाचार साप्ताहिकका सहसम्पादक धनवीर पुन लगायतको आतिथ्यता रहेको थियो ।
रक्तिमका कलाकारहरु र घनश्याम कोइरालाको स्वागतबाट अगाडि बढेको सो घोषणा सभामा नवनिर्वाचित समितिको घोषणा क्षेत्री समितिका सचिव बि शंकर पराजुलीले गर्नुभएको थियो । जसमा अध्यक्ष– रण बहादुर थापा, उपाध्यक्ष राम बहादुर बिक, सचीव– सुरज गतराज, सहसचिव–घनश्याम कोइराला र कोषाध्यक्ष गोपाल भट्टराई रहेका छन् । त्यस्तै सदस्यमा: राम बहादुर गौतम, अमर कार्की, जित बहादुर विक, समुन्द्र सिंह गौतम, दल बहादुर जिसी, कमल रायमाझी, चेत बहादुर राना, शिवकुमार तिवारी, सुदेव पाण्डे, विष्णु नेपाली, प्रकाश गतराज र शिव थापा रहेका छन् । त्यस्तै वैकल्पिक सदस्यमा: विष्णु विक, जित बहादुर परियार, गोपाल खनाल, सुमित्रा थापा र दिल बहादुर विक रहेका छन् । सम्मेलनले शेर बहादुर थापा, रितमान सुनारी, प्रेम नेपाली, खुम बहादुर सुनार, सुरज कुमार पाण्डे, जुवाखर घिमिरे, चन्द्र थापा, महेन्द्र आचार्य र धर्म केसीलाई सल्लाहकारमा चयन गरेको छ ।
नवनिर्वाचितहरुलाई दिल्ली नसका बोम बहादुर बिक, सोनीपत नसका वासुदेव खनाल, भिवानी नसका मणीराम अधिकारी, फरिदाबाद नसका बाबुराम बिष्टले बधाई दिनुभएको थियो ।
उद्घाटन समारोहको अध्यक्षता सुरज गतराज र संचालन घनश्याम कोइरालाले गरेका थिए । समारोहमा प्रमुख अतिथि चित्र बहादुर केसी, मूल प्रवाहका ठाकुर खनाल, लालचन्द पंथ, सेरबहादुर थापा, राम बहादुर बिक, सुमित्रा थापा, विष्णु बिक, शिव राज पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।
एक मिनेट मौन धारण पछि शिवकुमार तिवारीले स्वागत मन्तव्य दिनुभएको थियो । सम्मेलनको उद्घाटन प्रमुख अतिथि चित्र बहादुर केसीले दिप प्रज्वलित गरी गर्नुभएको थियो ।
केसीको संक्षिप्त मन्तव्य तल प्रस्तु गरिएको छ:
हिमाल र पहाडबाट तराइलाई अलग गर्नको लागि यो छिमेकलाई चाहियो संघीयता । मगर राज्य, राईको राज्य, लिम्बुको राज्य बनाएर जातिय काटाकाट गराउनलाई युरोपलाई चाहियो संघीयता नेपालमा । त्यसो हुनाले उनीहरुले जातिय संघीयता गराउन सकेनन् । अहिले पनि त्यो प्रयत्न छोडेका छैनन् । त्यसकारणले राष्ट्रिय जनमोर्चाले अहिले पनि संघीय प्रणाली खारेज गर्नु पर्दछ भनेर हिंडिराखेका छौं । संघीय प्रणाली खारेज गर्नुपर्दछ भनेर उनीहरुलाई रिस उठ्दैन अहिले पनि । उनीहरुले आफूले स्वीकार गरेको प्रणाली होनी संघीय प्रणाली । राष्ट्रिय जनमोर्चाले संसद भित्र, सार्वजनिक ठाउँमा, मिडियामा, संघीय प्रणाली खारेज हुनु पर्दछ भन्दा काँग्रेसलाई रिस उठ्दैन, एमालेलाई पनि रिस उठ्दैन, माओवादीलाई पहिला पहिला उठ्थ्यो अब उसलाई पनि उठ्दैन । उनीहरुले के देखिसके भने यो संघीयता सेतो हात्ती नेपालले धान्न सक्दैन भन्ने कुरा उनलाई महशुस भइसक्यो । १५ सालदेखि संसदीय शासन छ नेपालमा केन्द्रको संसदको बैठक बस्ने संसद घर अहिलेसम्म पनि छैन । अहिले पनि भाडामा एउटा घर लिएर नयाँ बानेश्वरको संसद भवन तपाई देख्नु हुन्छ टिवीमा १५ करोड बार्षिक तिर्नु पर्छ नेपाल सरकारले । संसदको बैठक बस्नलाई केन्द्रको एउटा हल अहिलेसम्म बनाउन नसक्नेहरुले सातवटा संसद चलाउनु पर्दछ, ७ ठाउँ सरकार चलाउनु पर्दछ, ७ ठाउँ मन्त्रीमण्डल पाल्नु पर्दछ । त्यसो हुनाले यहि संघीयता कै आवरणमा ८वटा जिल्लालाई अलग गर्यो हिमाल र पहाडबाट छिमेकीले ।
२००७ सालमा राणा गए त्यसको ठाउँमा राजा आए । राजा त आए राणाले जसरी शोषण गरेका थिए त्यसरी नै शोषण गर्दै गए । त्यस पछि २०६२–६३ सालमा राजा पनि गए । देशमा गणतन्त्र आयो । गणतन्त्र आए पनि हामीलाई सामान्य नेपालमा सभा, संगठन गर्न, पार्टी खोल्न, पत्रिका निकाल्न, सरकारको विरोध गर्न त्यतिसम्म अधिकार भयो । तर हामीलाई भ्रष्टाचारबाट बच्ने अधिकार भएन, महंगीबाट बच्ने अधिकार भएन, हाम्रोले रोजगारी पाउने अधिकार भएन । विमारी हुँदा उपाचार पाउने अधिकार भएन । र अहिले पनि तपाई नेपालको काठमाडौं जानु हुन्छ भने जोसँग धेरै पैसा छ, उसको उपाचार हुन्छ । मलाई भन्दा पनि तपाईहरुलाई अनुभव होला । त्यसो भएको हुनाले हामी कुनै संगठनमा लाग्नु भनेको, हामी मूल प्रवाहमा लाग्ने भनेको, कसैका लागि लागिदिने होइन । हामी मूल प्रवाहमा लाग्ने भनेको त्यहाँ भित्र मुक्ति लुकेको छ । समग्र गाउँको मुक्ति, जिल्लाको मुक्ति समग्र राष्ट्रको मुक्ति लुकेको छ । त्यसैकारणले हामीले अहिले पनि लागेनौं भने, अहिले पनि संघर्ष गरेनौं भने, हाम्रा छोरा नाती झन् दास हुँदै जानेछन्, झन् विदेशीको कमरा भएर जाने छन् । त्यसकारणले हामीले के बुझ्नु पर्दछ भन्दाखेरी संगठित शक्तिले मात्रै राणा शासन फालेको हो । संगठित शक्तिले मात्रै राजतन्त्र फालेको हो । संगठित शक्तिले मात्रै पञ्चायत व्यवस्था फालेको हो । अहिले पनि जनता संगठित भएर मात्रै कांग्रेसलाई भित्तामा पुर्याइदियो । २०४६ सालदेखि लगातार सत्ताको रसास्वादन गरेको काँग्रेसलाई जनताले भित्तामा पुर्याई दिइ । हेर्नुस् है.. अब अहिले जुन शक्तिहरु सरकारमा आएका छन्, यो सरकार अहिलेसम्मको सबभन्दा बलियो सरकार हो । यो सँग दुई तिहाई बहुमत छ । दुई तिहाई बहुमत भएको हुनाले यसले ठूलठूला निर्णय गर्न सक्छ । अब विदेशीहरुले पनि त्यति हेप्न सक्दैनन् यिनीहरुलाई । तर समस्या के छ भनेर भन्दाखेरी यिनीहरु पनि हिंजो सत्ताको रसास्वादन गरेकै मान्छेहरु परे फेरी । २०४८ देखि नेपाली कांग्रेस मात्रै होइन् एमाले पनि सत्तामा छ । २०६२–६३ पछि माओवादी पनि सत्तामा आएको छ । त्यसो हुनाले तपाइहरुले मलाई त चिन्नु भो, मलाई त देखिरहनु भाछ । म तिन पटक सांसद भएँ, सिंहदरबार गएँ । ९ महिना म उपप्रधानमन्त्री भएर क्याविनेटमा बसें । नेपालमा राजनीति गर्ने भनेको के रहेछ भने– सांसद भएपनि मन्त्री भएपनि पहिला आफूलाई । आफ्नो बन्दोवस्त, त्यसपछि आफ्नो परिवारको बन्दोवस्त, आफ्नो नातागोताको वन्दोवस्त, त्यसपछि गएर आफ्नो पार्टीको त्यसमा पनि पहिला आफ्नो गुट भित्रको बन्दोवस्त, त्यो रहेछ । राणा गए पनि, राजा गए पनि, पञ्चायत गए पनि शासन गर्नेहरुको चाहे कर्मचारी होस्, चाहे राजनीतिक नेताहरु हुन् उनीहरुको प्रवृत्ती बदलिएन । पाँच पाँच वर्षमा जिल्ला वा क्षेत्रमा जान्छन्, जनताले फेरी उनीहरुलाई लाइसेन्स दिएर पठाउँछन् ।
काठमाडौंमा तपाईहरुलाई सुन्दा पनि अचम्म लाग्ला, काठमाडौंका जनताले खाने दूधमा युरिया भेटियो । ४२ वटा डेहरीमा सरकारले छापा मारेको ४०वटा डेरीमा लुगाधुने साबुन बनाउने सोडा । नेपाली जनताले खाने दूधमा सोडा, युरिया, नून दूधमा भेटियो । सरकारले आफैले लगेर ल्याप्प तानि राखेको छ । अहिले यहाँ तपाईहरुले देखिरहनु भएको छ, तपाईहरु कहाँ मिडिया छ । लगातार सुन चोरहरुको लाइन । एरपोर्टमा कसैले चोरी गरेर ल्याउनु पर्छ भनेर त्यहाँ छेक्न बसेका छन् । यतापट्टिबाट पुलिसका लाइन नै सब सुन चोर । सुन चोरे र विदेशमा पठाउने, त्यहाँ कसैले चोरी गरेर सामान ल्याउँछ कि भनेर हेर्न बसेकाहरु उनीहरुले नै सुन पास गर्दछन् । भने पछि यो देशका जनता वेवारिस भयौं कि भएनौं तपाई हामीहरु ? जसले देशमा शान्ति सुरक्षा कायम गर्दछ, गर्न भनेर बसेको हुन्छ, जसले देशलाई सहि शासन दिन जनतालाई खबर गर्दछ, उनीहरु नै भ्रष्टाचारी हुने, उनीहरुले नै बदमासी गर्ने, अपराधिक गतिविधि गर्ने भएसी अनि अब एमाले र माओवादीको सरकार बनेको छ, उनीहरुले अहिले भन्ने गरेका छन्– अब त राजनीतिक क्रान्ति सकियो, अब त समृद्धि हो भनिरहेका छन् उनीहरुले । कसरी सकियो राजनीतिक क्रान्ति ?
मैले तपाईहरुलाई संझाउँछु एक पालि फेरी २०११ सालमा महेन्द्र बाउ त्रिभूवन थिए राजा । मातृका प्रसाद थिए प्रधानमन्त्री । पूर्वको सबभन्दा ठूलो नदी कोशी १९९ वर्षको लागि कन्यादान दिए इंडियालाई । कुशको औंठि लाएर जग्गेमा छोरीलाई जसरी १९९ वर्षको लागि कोशी दिए, बुझाई दिए । २०१५ सालमा चुनाव भयो, नेपाली कांग्रेसको दुई तिहाई बहुमत आयो ९९ वर्षको लागि गण्डकी दिए भारतलाई । अहिले पनि गण्डकबाट भारतले कति उपयोग गरेको छ, नेपालले के पाएको छ भन्नुस् त ? त्यस पछि बहुदल आएपछि ०४६ साल पछि महाकाली सन्धी भयो, एमाले कांग्रेस सत्तामा थियो । एमाले र कांग्रेसको मिलिमतोमा महाकाली पनि दिए भारतलाई । अपरकर्णाली दिए, १० वर्ष भयो अपरकर्णाली दिएको । त्यहाँ अपरकर्णालीका जनताले भारतीय कम्पनीलाई रोकेर राखेका छन् । यसपाली अरुण तेश्रो दिए मोदी काठमाडौं आएको वेलामा । भारतबाट विजुली लिएर लोडसेडिङ हटाउने, १०६ वर्षमा नेपालमा विजुली निकालेको जम्मा ६०० मेघावाट । ल भन्नुस् अब । भने पछि तपाई राजनीतिकमा लाग्नु भाछ, संगठनमा लाग्नु भाछ र मैले यो तपाइहरुलाई यीनी कुरा सुनाएँ, सुनाउन पाएँ मैले । तपाई संगठनमा नभएको भएर यि कुरा सुन्ने कुरा आउने थिएन । त्यसकारणले अहिले पनि राजनीतिक क्रान्ति पुरा भएकै छैन । अहिले पनि देश विदेशीहरुको दमनमा छ ।
संघीय प्रणाली लागु गरे तपाईलाई थाहा भयो । राष्ट्रिय जनमोर्चा मात्रै एउटा पार्टी हो जसले यो मुलुकमा संघीय प्रणाली हुनै सक्दैन भन्दै आइरहेको छ । अब अहिले हेर्नुस् त ६०१ ज्ना सांसद धेरै भयो भन्यौं हामीले त्यसको जवाफमा ८५० जना सांसद छन् । ५०–६० जना मन्त्री धेरै भयो भन्यौं हामीले, अहिले १५० मन्त्री । केन्द्रको एउटा सरकार, प्रदेशको एउटा सरकार, स्थानीय एउटा सरकार । ल भन्नुस् तपाई हामीले यहाँबाट पठाएको पैसा, अरबबाट आएको पैसा, युरोपबाट नेपालीले पठाएको जुन पैसा हो, त्यसले त अहिले साधारण खर्च पुग्दैन नेपाल सरकारलाई । साधारण खर्च भनेको सेनाका जागिर, पुलिसको जागिर, सांसदहरुको जागिर, मन्त्रीहरुको जागिर एक लाख कर्मचारी थिए अब संघमा गए पछि २ लाख कर्मचारी हुने भए । हामीले यहाँबाट पठाउने पैसाले सरकारले उद्योगधन्दा खोल्न सक्दैन, पैसै छैन । सरकारसँग खुदै पैसै छैन । जति पनि नेपालीहरुले यहाँबाट रेमिटेन्स पठाउँछन्, त्यो रेमिटेन्सले बढिभन्दा त्यहाँका सेना पाल्ने हो । प्रहरी पाल्ने हो । सांसद पाल्ने हो । मन्त्रीहरु पाल्ने हो । अनि देशमा खानी, उद्योग धन्दा, कलकारखाना के पैसाले खोल्नु हुन्छ भन्नुस् त ?
मैले तपाईहरुलाई संझाउँछु एक पालि फेरी २०११ सालमा महेन्द्र बाउ त्रिभूवन थिए राजा । मातृका प्रसाद थिए प्रधानमन्त्री । पूर्वको सबभन्दा ठूलो नदी कोशी १९९ वर्षको लागि कन्यादान दिए इंडियालाई । कुशको औंठि लाएर जग्गेमा छोरीलाई जसरी १९९ वर्षको लागि कोशी दिए, बुझाई दिए । २०१५ सालमा चुनाव भयो, नेपाली कांग्रेसको दुई तिहाई बहुमत आयो ९९ वर्षको लागि गण्डकी दिए भारतलाई । अहिले पनि गण्डकबाट भारतले कति उपयोग गरेको छ, नेपालले के पाएको छ भन्नुस् त ? त्यस पछि बहुदल आएपछि ०४६ साल पछि महाकाली सन्धी भयो, एमाले कांग्रेस सत्तामा थियो । एमाले र कांग्रेसको मिलिमतोमा महाकाली पनि दिए भारतलाई । अपरकर्णाली दिए, १० वर्ष भयो अपरकर्णाली दिएको । त्यहाँ अपरकर्णालीका जनताले भारतीय कम्पनीलाई रोकेर राखेका छन् । यसपाली अरुण तेश्रो दिए मोदी काठमाडौं आएको वेलामा । भारतबाट विजुली लिएर लोडसेडिङ हटाउने, १०६ वर्षमा नेपालमा विजुली निकालेको जम्मा ६०० मेघावाट । ल भन्नुस् अब । भने पछि तपाई राजनीतिकमा लाग्नु भाछ, संगठनमा लाग्नु भाछ र मैले यो तपाइहरुलाई यीनी कुरा सुनाएँ, सुनाउन पाएँ मैले । तपाई संगठनमा नभएको भएर यि कुरा सुन्ने कुरा आउने थिएन । त्यसकारणले अहिले पनि राजनीतिक क्रान्ति पुरा भएकै छैन । अहिले पनि देश विदेशीहरुको दमनमा छ ।