कहाँ–कहाँ हुँदैछन् भोली मूल प्रवाहको तीजी कार्यक्रम

0
1866
नयाँ दिल्ली, ११ सितम्बर । भारतस्थित नेपालीहरुको सबैभन्दा ठूलो छाता संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतका विभिन्न शहरहरुमा तिजी कार्यक्रम विगतका वर्षहरुमा जस्तै धुमधामका साथमा सम्पन्न पार्ने हाम्रा सहयोगीहरुले विभिन्न स्थानबाट रिपोर्ट पठाउनु भएको छ । नेपाली संस्कृति अनुसार महिलाहरुको महान चाडको रुपमा मनाईंदै आएको तीज यो वर्ष पनि भारत व्यापी नै मनाईंने भएको प्राप्त रिर्पोट अनुसार जानकारी हुन आएको हो । कतै प्रगतिशित त कतै नेपाली भाषा तथा संस्कृतिको संरक्षणको नाममा पूरानै बुर्जुवा सैलीमा तीज मनाइंदै छ ।
              प्राप्त जानकारी अनुसार एकता समाजले दक्षिण भारतको कन्याकुमारी, तिरुवनन्तपुरम्, कोचिन र कोट्टयाममा तिजी आयोजना नगरिएको बताइएको छ । गत एक महिनादेखि निरन्तर वर्षाका कारणले जनजीवनमा पर्न गएको समस्याका कारण यो वर्ष तिजी कार्यक्रम स्थागित गरिएको महेन्द्र बस्यालले हामीलाई फोनसम्पर्कबाट जानकारी दिनुभएको छ । वस्यालका अनुसार तिर्ची, निलगिरी, इरोड, कोयम्बटोर, पाण्डेचेरी, चिदाम्बरम, चेन्नईमा भने तिजी कार्यक्रम धुमधामले मनाइने छ ।
                त्यस्तै कर्नाटकाको राजधानी शहर बेंगलोर उत्तर, बेंगलोर दक्षिण, आन्ध्रा प्रदेशमा विशाखापटनम्, ओरंगल, एल्लुरु, तेलांगानाको राजधानी हैदरावाद र नालगोण्डामा तिजी कार्यक्रम हुने हाम्रा सहयोगी रामप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।
                  महाराष्ट्रको चंगलपेठ, चन्द्रपुर, वर्धा, नागपुरमा भोली अर्थात १२ सितम्बरको तिज मनाइने भएको छ भने अलिवाग, रायगढ, मुम्बई र तारापुरमा तिज १३ सितम्बरका दिन मनाइने छ । गुजरातको सिल्वासा, दमन, सरगाम, वापी, सुरत र अहेमदावाद कार्यक्रम तय भएको श्रीधर शर्माले जानकारी दिनुभएको छ ।
                  राजस्थानको जोधपुर, विकानेर, जैसल्मेर, जयपुर, श्रीगंगानगर, हनुमानगढमा धुमधामसँग तिजी पर्व मनाउने तयारी रहेको वेलबहादुर रजालीले जानकारी दिनुभएको छ । भिवाडीमा ९ सितम्बरका दिन तिजी कार्यक्रम सम्पन्न पारिसकिएको छ ।
                     त्यस्तै हरियाणमा रिवाडी, गुडगाव, रोहतक, भिवानी, हिसार, सिरसा, टोहना, सोनीपत, पानीपत, करनाल, कुरुक्षेत्र, अम्वाला, डब्बावाली र डेरावासीमा तिजी कार्यक्रमको लागि व्यापक तयारी रहेको खिमराज चालिसेले बताउनु भएको छ । त्यस्तै चालिसेको अनुसार पञ्जावमा चण्डीगढ, रोपड, मण्डी गोविन्दगढ, खन्ना, लुधियाना सिटी, लुधियाना फोकल प्वइन्ट, जालन्धर, पटीयाला, संगरुर, नवाशहर, मानसा, भठिण्डा, होशियारपुर, अमृतशर लगायतका शहरहरुमा तिजी कार्यक्रम हुनेछ ।
                    त्यस्तै फरीदावाद, ओखला, नई दिल्ली, पुरानी दिल्ली, पूर्वी दिल्ली, गाजियावाद, नोएडा, हापुड, भोपाल, इन्दौर, पिथमपुर, सिंगरौली, आगरा, मेरठ, अलिगढ, कानपुर, इल्लाहवाद, गोरखपुर, वारणसी र लखनऊमा धुमधामसँग तिज मनाइने ठाकुर खनालले जानकारी दिनु भयो ।
                      त्यस्तै हिमाचलको मण्डी, कुल्लु, मानाली, सिमला, भून्तर, सोलन, प्रवाणु–काल्का, रामपुर, कुमारसैनको नारकण्डा, भावानगर सुंग्रा, रिकंङपिओमा तिजी कार्यक्रम सम्पन्न हुने बताइएको छ । त्यस्तै पश्चिम बंगालको कोलकाता, सम्वलपुर, झारखण्डको राँची, कटक, ब्रम्हापुर र पुरी, उत्तराखण्डको देरादून र वडकोटमा पनि तिजी कार्यक्रमको आजैदेखि व्यापक तयारी चलिरहेको समाचार प्राप्त भएको छ । उडिसाको भूवनेश्वरमा भने तिजी कार्यक्रम ९ सितम्बरका दिन नै सम्पन्न पारि सकिएको छ ।
                     त्यस्तै पूर्वोत्तर राज्यमा गुहाटी, सिलाङ, आइजोल, कोहिमा, कार्विआङलोङ, जवाई, उम्लाफेर, लाडरुम्बाई, इटानगर, खाण्डुली लगायतको शहरुहरुमा तिजी कार्यक्रम हुछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here