कविता: समाजवाद- जिन्दावाद !

0
214

– सागर कुँवर

हो यो बेला यस्तै हुन्छ ।
आपत विपतको वेला।
महामारीको बेला ।
संकटको वेला ।
किनकी यो पुँजीवाद हो ।
मानव अधिकारको नाममा ।
मानवको रगत चुस्ने पुँजीवाद ।
मानवता विरुद्ध ।
हतियारको व्यापार गर्ने पुँजीवाद ।
संकट मोचनको नाममा ।
मानवता विरुद्ध ।
प्रतिस्पर्धा गर्ने पुँजीवाद ।

थिचोमिचो गरेको छ बन्दाबन्दीले ।
मजदुरको मर्का बुझ्दैन सरकार ।
किसानहरुको कुरा सुन्दैन सरकार ।
आलिसान महलमा बस्नेहरुसङ्ग छ सरकार
हजारौं कोषको यात्रामा
निस्किएका मजदुरहरुको
पिडाले छोएन सरकारलाई ।
प्रसव पिडाले छटपटिएकी
महिलाको पिडाले छोएन सरकारलाई ।

यो बन्दाबन्दीमा
बाटो मै कुटिएका छन विरामीहरु ।
बाटो मै सुतेका छन मजदुरहरु ।
शहरका आलिसान महल
खडा गर्ने मजदुरहरुलाई ।
त्यही शहरले दुई छाक खान दिएन ।
त्यही मजदुरको पसिनामा ।
महल ठडाउनेहरुलाई ।
कुनै दया जागेन तिनिहरुप्रती ।
किनकि यो पुँजीवादी व्यवस्था हो ।
पुजीवादका रक्षकहरुले ।
मजदुरलाई चुसीरहन्छन ।
विपत्तिमा फ्याकिदिन्छन ।

कैयौं दिनदेखि एक मुठी सासको लागि ।
पैदल हिडेको ज्यामी दाइ ।
घर नपुग्दै बाटो मै विरामी भयो ।
चाहदैन सरकारको उसको उपचार गर्न ।
चाहदैन सरकार उसलाई घर पुर्‍याउन ।
किनकि यो पुँजीवाद हो ।

चुनावमा समाजवाद र समृद्धिको
सपना वितरण गर्नेहरु ।
मालिक छन सत्ताको ।
मालिकहरु पछिपछि लागेछन भत्ताको ।
के दुख्थ्यो र मालिकहरुलाई ।
मजदुरलाई चोट लाग्दा ।
के दुख्थ्यो र मालिकहरुलाई ।
किसानलाई चोट लाग्दा ।
किनकि यो पुँजीवाद हो ।
जनविरोधी व्यवस्था हो ।

दिर्घ रोगले ग्रस्त काले कि आमा ।
रातदिन ननिदाई छट्पटीरहेछिन ।
पैदल हिडेर घर आउने छोराको पर्खाइमा ।हर्के कि आमालाई पनि निद्रा छैन ।

विदेशमा भएको छोरालाई ।
भाइरसले समात्दा ।
तर पनि सरकार ।
सक्दैन समाधान गर्न ।
चाहदैन समाधान गर्न ।
किनकी ।
यो पुजीवादी व्यवस्था हो ।

यो विपतको वेला ।
दलालहरुको ।
तस्करहरुको।
कालोवजारियाहरुको।
लुटको खेती मौकाएको छ ।
सक्दैन सरकार नियन्त्रण गर्न ।
भित्रभित्रै सहमती भएको छ ।
किनकि ।
यो पुँजीवाद हो ।

महामारीको बेला ।
आयोगको नाटक गर्दै ।
सुकुम्बासीहरुको नाममा ।
नेता र कार्यकर्ता पोस्न।
राज्यको धन माथी रजाइ गर्न ।
मौकाको फाइदा उठाइरहेछ सरकार ।
किनकि यो पुँजीवादी हो ।

विपत्ति र संकटमा ।
रमिते बनिरहेको पुँजीवाद ।
मानवताको गला रेटिरहेको पुँजीवाद ।
लाई ।
ध्वस्त गर्नुपर्नेछ ।
ससारका मजदुरहरु एक भएर ।
संकटको सामना गर्न नसक्ने व्यवस्था ।
ढलाउनु पर्नेछ ।
किन्की यो पुँजीवाद हो ।
मानवता विरोधी व्यवस्था हो ।

प्रिय मजदुर किसानहरु ।
उठ्नुपर्छ हामी ।
जुट्नुपर्छ हामी ।
लड्नुपर्छ हामी ।
संकटमा साथ नदिने।
भोकमा गाँस नदिने ।
एकरात बाँस नदिने ।
ढलाउनुपर्छ पुँजीवाद ।
श्रमको मुल्य दिने।
समताको दियो ।
गाँस, बाँस र कपास।
शिक्षा, स्वास्थ्य र रोजगारी ।
मानवता र उज्यालो प्रकाश दिने ।
निर्माण गर्नुपर्छ समाजवाद ।
समाजवाद-जिन्दावाद ।

२०७७ वैशाख ५, पोखरा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here