कविता: संगित

0
185

-टंकराज ढकाल

सङ्गीत शक्ति दिलको पिर शान्त पर्ने
सङ्गीत गीत जनले रसपान गर्ने
खोला विशाल छहरा धुन धेर छर्ने
छाँगा लता र लतिका गुणगान गर्ने |१

हावा बहन्छ नजिकै सुनसान ठाउँ
सङ्गीत भर्छ सहसा मृदुगान गाउँ
हावा हुरी छ मनमा चुपचाप लाउँ
बर्षे झरी छ किन यो बलवान् छ गाउँ |२

चट्याङ दिन्छ नभमा अवतार नौलो
चम्किन्छ बादल जहाँ दिलदार धौलो
दु:खान्त सामल यहाँ पथमा सुनौलो
बज्दैछ मादल कहाँ अवसान मौलो |३

नाच्दैछ पात रुखको धुन दिन्छ ऐले
हाँस्दैछ काण्ड किन हो धुनसाथ कैले
बग्दै समीर नभको पदचाप मैले
सुन्दैछु प्रात पख भो दिलदार जैले |४

वाचाल भित्र मनको दिलदार बन्ने
आकार लिन्न जसले सुरताल बुन्ने
आकाश हुन्छ जलमा मनसाथ सुन्ने
सङ्गीत हुन्न र कहाँ बुझकार भन्ने |५

बाजा स्वभाव छ दिने दिलदार छानी
नाता प्रभाव छ भने मनबाट जानी
जाँदैन भाव मनको तनबाट नानी
सप्रिन्छ नाद सुन हरे अवसाद हानि |६

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here